site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नवौं अन्तर्राष्ट्रिय नेफ्टा अवार्ड कात्तिक २५ गते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चलचित्र प्राविधिक संघद्वारा आयोजित नवौं अन्तर्राष्ट्रिय नेफ्टा फिल्म अवार्ड कात्तिक २५ (नोभेम्बर १०) मा हुने भएको छ । 
 
यसपटक पनि अवार्ड विदेशमै आयोजना हुने अध्यक्ष पुष्कर लामाले बताए । अवार्ड आयोजना स्थलको घोषणा भने उत्कृष्ट पाँच मनोनयन सार्वजनिकको अवसरमा प्रकाशमा ल्याइने जानकारी उनले दिए ।
 
जुरीहरूले यसै सातादेखि मूल्यांकनका लागि चलचित्र हेर्न सुरु गर्नेछन् । ०७२ वैशाख १ देखि चैत मसान्तभित्र प्रदर्शनमा आएका चलचित्रलाई अवार्डमा सहभागी गराइनेछ ।
 
यसका लागि निर्माताले साउन २१ भित्र आफ्नो चलचित्र नेफ्टाको बागबजारस्थित कार्यालयमा बुझाइसक्नुपर्नेछ । नेफ्टाले यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरिसकेको छ ।
 
नवौं संस्करणमा नेफ्टाले अवार्डको नाममा ‘अन्तर्राष्ट्रिय’ शब्द थपेको छ । “यो अवार्डलाई हामीले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा आयाम थप्ने अवसरको रूपमा लिँदैछौं,” अध्यक्ष लामाले भने । 
 
यसपटक सयभन्दा बढी नेपाली कलाकार, प्राविधिक, फिल्म निर्माता, पत्रकारलगायत अवार्डमा सहभागी हुने नेफ्टाले जनाएको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC