site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब फोटोमा लोकमानको कालो अनुहार देखियो...
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

\"\"कुनै कार्यक्रममा जानु छ भने पत्रकारलाई सधैँ हतार नै हुन्छ । नपुग्दै कार्यक्रम छुट्यो जस्तो लाग्छ । कार्यक्रम सकियो कि, केही भइहाल्यो कि भन्ने हुन्छ । 
त्यस्तै अलि विशेष रिपोर्टिङ पर्यो भने अझै बढी हतारो हुन्छ ।  बिहीबार त्यस्तै हतार गर्दै म सर्वोच्च अदालत छिर्न खोजेँ । मोटरसाइकल बिमा संस्थानको परिसरमा पार्किङ गरेर छिर्नुपर्नेमा झुक्किएर सर्वोच्चको गेटमै पुगेंछु । अनि सर्वोच्चकोे गेटमा बसेका सुरक्षाकर्मीले मलाई ‘बाइक’ पारी भनेपछि पो याद भयो । 
अरु दिन त त्यहाँ मोटरसाइकल पारी कटाउन पनि निकै गाह्रो हुन्थ्यो । तर, बिहीबार विप्लव माओवादी, वैद्य माओवादी र मोहनविक्रम सिंहको पार्टीले गरेको बन्दको दिन । सजिलै बिमा संस्थानको पार्किङमा बाइक पुर्याएँ र पार्किङ गरेँ । अनि सर्वोच्चको गेटदेखि नै सुरु भयो चेकिङ ।
सर्वोच्चको गेटमा हुने चेकिङमा सामान्य सोधपुछपछि आफू रिपोर्टिङका लागि आएको बताएपछि मलाई सहजै भित्र प्रवेश दिइयो ।
भित्र माहोल रोचक र चहलपहल बाक्लो थियो । वकिल, पत्रकार, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको उपस्थिति बाक्लै थियो ।
कुरा आ–आफ्नै । गुनासा फरक–फरक । तर, चासो एउटै । आफ्नो मुद्दा तारेखमा आएकालाई पनि परिसरभित्रको माहोलले फरक बनाएको थियो । यता बार दिवस मनाइरहेका वकिलहरु पनि आफ्नो उत्सवभन्दा अदालतको जारी बहसमा बढी रुची दिएका थिए । कारण थियो, बिहीबार सुरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको मुद्दा माथिको छलफल ।    
अधिवक्ता ओम प्रकाश अर्यालले लोकमानविरुद्ध दायर गरेको मुद्दामाथि पक्षधरले बहस गर्दै थिए । सधैँ अदालतको बहस हेरेका पत्रकारलाई बेन्चमा जान नदिँदा उनीहरु व्यवस्थापनप्रति पनि थप आक्रोशित थिए । केही पत्रकार भने पहिले नै भित्र छिरेका थिए । हामी भित्र जान नपाएकाहरु बाहिर बस्दै थियौं । अर्याल पक्षधर ११ वकिलले बहस गरिरहेका थिए ।  अन्य वकिलहरु पनि त्यहीँ वरपर घुम्दै थिए । सुरक्षाकर्मी, मिडिया र वकिलहरुको  बाक्लो उपस्थिति देखेर सोध्दै थिए, “आज के छ ?” 
“लोकमानको बहस,” हामी मध्ये कसैले जवाफ दिन्थ्यौं ।
त्यसपछि उनीहरु सानो स्वरमा ‘ए...’ भन्दै हिँड्थे । 
बहस चलुन्जेल सबैको ध्यान अन्त गएन । 
कुरा हुन्थ्यो– कसरी टुंगिएला, आज कति जनाको सकिएला । फैसला कहिले होला ? लोकमान सिंह पक्षका वकिलले बहस गर्लान् कि नगर्लान्, यस्तै यस्तै ।
अनि कतिबेला कतिबेला कुरा हुन्थ्यो, ‘आज लोकमान पनि तारेख बुझ्न आउँदैछन् ।’ 
यसरी कुरा गर्दै गर्दा साढे तीन बजिसकेको थियो । मुद्दा पक्षधरको बहस सकिएर सरकारी वकिलको प्रतिरक्षाको बहस सुरु भयो । पत्रकारबीच समाचारकै कुरा भइरहेका थिए ।
कतिले समाचार र हेडलाइनकै कुरा गरेका थिए ।
त्यतिकैमा लोकमान तारेख बुझ्न कतिबेला आउँछन् त ? हाम्रो ध्यान त्यता गयो । 
कुरा गर्दै गर्दा ३ः५५ बजिसकेको थियो । सबैजना लोकमान आएर पेसी बुझेपछि मात्रै निस्कने भन्ने तयारीमा थियौं ।
त्यसपछि लाग्यौं लोकमान तारेख बुझ्न आउने ८ नम्बर कोठातिर ।
त्यहाँ फोटो र भिडियो खिच्न तम्तयार अवस्थामा बसेका फोटोपत्रकार साथीहरु थिए । त्यस्तै अन्य पत्रकार, वकिलहरु, सर्वोच्चका अन्य कर्मचारीहरु लोकमानकै प्रतीक्षामा थिए ।
तर, लोकमान ४ः१० बजेसम्म पनि आएनन् । हामी उनी आउने भनेपछि कुरिरह्यौं ।
सर्वोच्च परिसरमै चर्चा सुनियो, लोकमान आउने भनेपछि यतिबेर कुरिएको हो । सामान्य मान्छे भएको भए ४ बजिसक्यो भनेर फर्काइदिन्थे ।
उनी आएनन् भने के हुन्छ ? केहीको जिज्ञासा पनि थियो । ‘जसरी पनि आउनैपर्छ’ एक वकिलले बीचमै भने ।
\"\"सवा ४ बजेतिर एउटा निलो नम्बर प्लेटको गाडी आयो । त्यसबाट ओर्लिए लोकमानका ज्वाइँ । 
त्यसपछि उनलाई चिनेका पत्रकारबीच कानेखुसी चल्यो । 
उनीहरुले भने, “ज्वाइँ आएपछि त कार्की आउने कन्फर्म भयो ।”
ज्वाइँ यताउता घुमिरहेका थिए । पत्रकारहरु उनलाई बेला बेला हेर्थे । ज्वाइँ फोन गर्थे बेला–बेला, कसलाई हो थाहा भएन । 
भित्र कर्मचारी भने उनी आउने थाहा पाएर होला, कागज तयार पारेर बसेका थिए । लोकमान गेटबाट छिरेपछि ज्वाइँ ८ नम्बर ढोकातर्फ आए । क्यामेरा तयार पारेर बसेका थिए साथीहरु । 
सबैको प्रतीक्षाको घडी पूरा भयो, लोकमान आए कालो सिसा भएको सेतो गाडी चढेर । अनि निस्किए सेतो कोटमा ठाँटिएका लोकमान । 
क्यामेराका अगाडि दुई हात जोड्दै भित्र छिरेका उनलाई सुरक्षाकर्मीले घेरेर भित्र पुर्याए । 
उनी भित्र छिर्नेबित्तिकै दुई युवा नारा लगाउँदै निस्के, ‘नेकपा माओवादी जिन्दावाद, ‘भ्रष्टचारीलाई कारबाही गर’, ‘ज्यानमारालाई कारबाही गर ।’ 
एकछिन सबै अलमलमा परियो । 
ती युवा मोटरसाइकाल निकालेर भाग्न खोजे । त्यहाँ कर्मचारी र पुलिसले उनीहरुलाई समाए । तर, उनीहरुले नारा लगाउन छाडेनन् ।
हामीलाई छिर्न गाह्रो भएका ठाउँमा उनीहरु कसरी मोटरसाइकलसहित आए ? 
लोकमान ८ नम्बर कोठाभित्रै थिए । भित्रबाट ढोका लगाइयो । झ्यालबाट पानी दिइयो । 
हामी एकछिन अन्योलमा पर्यौं । 
के भयो ? 
कहाँबाट आए यस्ता केटा ?
कोठाभित्रै थिए कि कता ? 
पत्रकारलाई छेउ लगाएर राखिएको ठाउँमा उनीहरु कसरी कोठाभित्र गए ? अचम्म !
एकछिन हल्ला मच्चियो । केही मान्छे यताउता भागे पनि ।
हामी भने अन्योलमा परेर त्यहीँ बसिरह्यौं । 
लोकमान बाहिर निस्केपछि फोटो खिच्न थाल्यौं । 
ठेलमठेलका बीच लोकमान गाडीभित्र पसे र गाडी हुइँकियो । 
अब सबैमा कौतूहल भयो, नारा लगाउने केटाले के गरेछन् भन्ने । भित्रबाट एकजना कर्मचारीले कालो प्लास्टिक निकाले । ओहो ! केटाहरुले त कालो मोसो पनि लिएर आएका रैछन् । 
कतै लोकमानलाई नै मोसो लगाएनन् ? 
केटाहरूले भित्रै पसेर मोसो दल्नसमेत भ्याएछन् । झ्यालबाट त लोकमानको अनुहारको कालो धुन पो पानी पास गरिएको रहेछ । 
सबैको समाचारको हेडलाइन फेरियो, ‘लोकमानलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलियो ।’ 
त्यसपछि कुरा रह्यो, कालोमोसो दल्ने केटाहरुको । उनीहरू कतिबेला त्यहाँ आएर बसे भनेर कसैले याद गरेका थिएनन् । कर्मचारीहरु हामीलाई कराउन थाले, “तपाईंहरु आईडी कार्ड भिरेर बसेको भए त यस्तो हुन्थेन ।” दोष त हामीलाई पो छ बा !

एकछिनमा मोबाइलमा खिचेका फोटोहरु हेर्दै जाँदा एउटा फोटोमा उनीहरु देखिए । वास्तवमा उनीहरु अगाडिदेखि नै त्यहाँ आएर उभिएका रहेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७३  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC