site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसुङको नयाँ फोन बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं
सामसुङले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधि सहित उपभोक्ताका लागि ग्यालेक्सी जे टू स्मार्टफोन सार्वजनिक गरेको हो । यी प्रविधि पहिलो पटक सामसुङले नै स्मार्टफोनमा प्रयोग गरेको कम्पनीको दावी छ । 
सन् २०१५ मा सार्वजनिक गरिएको ग्यालेक्सी जेटू कै परिस्कृत भर्जनका रुपमा कम्पनीले ग्यालेक्सी जेटू २०१६ सार्वजनिक गरेको हो । यो स्मार्टफोन अहिलेपनि नेपाली बजारमा उत्तिकै लोकप्रिय रहेको छ । नयाँ फोन समासुङका फोरजी सपोर्ट गर्ने स्मार्टफोनको पोर्टफोलियोमा समेत नयाँ मोबाइलका रुपमा सार्वजनिक गरिएको हो । 
कम्पनीका अनुसार ग्यालेक्सी जेटू २०१६ लाई उपभोक्ताको सहजतालाई दृष्टिगत गर्दै रि–इञ्जिनियर्ड, रि–डिजाइन्ड र टर्बो स्पिड टेक्नोलोजी (टीएसटी) र स्मार्ट ग्लो लगायत नयाँ फिचर्सका साथ रिलोडेड गरिएको छ । यसमा रहेको टर्बो स्पिड प्रविधिले स्मार्टफोनको प्रयोगकर्तालाई तिब्र गति तथा कार्य क्षमता सहितको उत्कृष्ट अनुभव प्रदान गर्छ  । कम्पनीका अनुसार यो प्रविधिले दोब्बर ¥याम सहितका स्मार्टफोनका तुलनामा साधारणतया एप लोड हुन लाग्ने समयलाई झण्डै ४० प्रतिशतसम्म कम समयमा लोड गर्न सहयोग पु¥याउँछ । त्यसैगरी स्मार्ट ग्लो नयाँ पुस्ताको एलईडी नोटिफिकेसन प्रणाली हो ।
यसले सञ्चालन प्रणाली (ओएस) र हार्डवेयरको अप्टिमाइजेशन (अनुकुलन) गरी ‘बेष्ट इन क्लास’ कार्यक्षमताको प्रदर्शन गर्छ । सामसुङ ग्यालेक्सी जेटू २०१६मा स्मार्ट ग्लो नोटिफिकेशन प्रणालीपनि सम्मिलित छ । कार्यगत हिसाबमा उपलब्ध गराउने सहजताका साथै यसले उपकरणको डिजाइनमा समेत नयाँपन दिएको सामसुङ नेपालको एचएचपी विभागका प्रमुख प्रणय रत्न स्थापितले भने । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC