site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।  माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले भूकम्प र त्यसपछि गएको पहिरोको व्यवस्थापन र सडक निर्माणका बारेमा निर्णय गर्न आयोजनालाई सुझाएको छ ।
 
चीनबाट आएको गेजुवाको एक टोलीले पहिरो हटाउने र सडक निर्माणको विषयमा थप निर्णय गरेपछि मात्र आयोजनाको निर्माण तालिका दिने भनेको छ । ठेक्का सम्झौताभन्दा बाहिरको काम भएकाले नेपाल विद्युत् प्राधिकरणले निर्णय लिनुपर्ने जिकिर गेजुवाको छ । आयोजना प्रमुख फडिन्द्र जोशीले गेजुवाका अधिकारीसँगको छलफलमा पहिरो व्यवस्थापन र पहुँच सडक निर्माणको विषयमा निर्णय गरेपछि काम सुचारु  गर्ने भनेको जानकारी दिए । 
 
भूकम्पले आयोजनाको प्रवेश मार्ग, मुहानलगायत विभिन्न संरचनामा गरेको क्षतिको लागत विश्लेषण गर्न विद्युत् प्राधिकरणको सञ्चालक समितिले गठन गरेको स्वतन्त्र विज्ञ समूहको अध्ययन प्रतिवेदन एक साताभित्र आउने उनले बताए । सो प्रतिवेदन सञ्चालक समितिबाट पास भएपछि आयोजनाको काम सुचारु हुने जोशीको भनाइ छ । उनका अनुसार ५ किलोमिटर सडक भूकम्पले ध्वस्त पारेकाले तलबाटै संरचना निर्माण गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । 
 
निर्धारित समयमा पनि आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार गेजुवाले चार वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । गेजुवाले एक वर्ष मर्मत र तीन वर्ष आयोजाको बाँकी काम सम्पन्न गर्न समय मागेको छ । म्याद थपको विषयमा प्राधिकरणले निर्णय भने गरेको छैन । आयोजनाको ६५ प्रतिशतमात्र काम सकिएकाले म्याद थप्नुको विकल्प छैन । म्याद कति वर्ष थप्ने भन्ने विषयमा प्राधिकरणले निर्णय लिन बाँकी छ । 
 
६० मेगावाट क्षमताको आयोजनाको ऋण म्याद ५ वर्ष थप गर्न नेपालले चाइना निर्यात–आयात (एक्जिम) बैंकलाई पुनः अनुरोध गरिसकेको छ । २०७३ असार १५ गतेसम्ममा सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । गत वर्ष वैशाखमा भूकम्प जानुअघि आयोजनाको ६५ प्रतिशत काम सकिएको  थियो । ढिलाइले आयोजनाको समय र लागत दुवै बढ्ने भएको छ । परामर्शदाता र ठेकेदारले सुरुङलगायत अन्य निर्माण भइसकेको संरचनाको प्रारम्भिक अध्ययनले आयोजनाको बाहिरमात्र ठूलो क्षति भएको तर भित्र नभएकाले काम सुरु गर्न सकिने प्रतिवेदन दिएको छ । 
 
क्षतिग्रस्त ५ किलोमिटर लामो सडक पुनर्निर्माण, २ वटा ठूला पहिरो व्यवस्थापन, नगद प्रवाह बढाउन, आयोजनाको म्याद थप र ऋण सम्झौताको काम तत्काल सक्नुपर्ने भएको छ । परामर्शदाताले एक वर्षदेखि काम गरेको रकम भुक्तानी भएको छैन । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।
सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार गरिएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC