site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कार्यकारी राष्ट्रपतिका लागि सडकबाटै दबाब दिउँ 
Sarbottam CementSarbottam Cement

नेपालमा यति लामो संघर्ष गरेर संविधान बनायौं । त्यो कार्यान्वयनको निम्ति अत्यन्त कठिन जटिलताहरु पैदा भएका छन् र अहिले संविधान संशोधन गरेर सर्वस्वीकार्यता बनाउने चर्चा चलिरहेको छ । यसले अहिले एउटा प्रमुख मुद्दा संघीयतालाई सम्बोधन गर्ने गरी संशोधन गर्ने भन्ने छ । यो सँगसँगै शासकीय स्वरुपको प्रश्न पनि महत्वपूर्ण छँदै्छ । यो बहसले राष्ट्रिय स्वरुप लिन आवश्यक छ । यसैले मेरो प्रस्ताव के छ भने नेपालमा विविध कारणले स्थिरताको निम्ति, स्वाधिनताको निम्ति, सम्वृद्धिको निम्ति, सुशासनको निम्ति प्रत्यक्ष कार्यकारी नै आवश्यक छ ।  
प्रणाली सकेसम्म राष्ट्रपतीय नभए अन्य कुनै प्रणाली तर प्रत्यक्ष त्यो कार्यकारी प्रणाली अनिवार्य छ भन्ने अधिकतम जनताको मत र विभिन्न राजनीतिक पार्टीभित्र पनि अत्यन्त प्रवल रुपमा यो बुझाई छ ।
अहिले संविधान संशोधनको प्रसंग चलिराखेको बेलामा संघीयता र अन्य विषय सँगसँगै कार्यकारी प्रणालीको शासकीय स्वरुपमा संविधान संशोधन गर्नको निम्ति सहकार्य गरौं । आवश्यक पर्छ भने यसका समर्थकहरुसहित हामी सडकमा पनि जनदबाब दिन अगाडी बढौँ भन्ने प्रस्ताव सबै पार्टी समक्ष राख्न चाहन्छु । नयाँ शक्ति पार्टीले यसलाई अभियानको रुपमा लाने सोचेका छौं । तर एउटाले मात्र यो विषय उठाएर संविधान संशोधन जस्तो महत्वपूर्ण विषयमा खासै अर्थ राख्दैन । यसका लागि दुई तिहाई मत आवश्यक पर्छ ।

हामी अहिले सदनमा पनि छैनौं । यसैले संसदमा हुने दलहरु खासगरी नेपाली कांग्रेस जसको सदनमा एक तिहाई मत रहेको छ जसको सहमतिविना संविधान संशोधन हुन सक्दैन । यसैले प्रत्यक्ष प्रणालीमा उभिनुभएका चन्द्र भण्डारी लगायतका साथिहरुलाई पार्टीभित्र पहल गर्न विशेष आग्रह गर्दछु । र, अन्य पार्टीहरुले पनि संसदमा यो विषयलाई उठाउनुहोस् । सडकमा हामी पनि सहकार्य गरौं । यसो गर्ने हो भन्ने यो बहस सार्थक रहन्छ । 
यहाँ कुरो संविधान निर्माणको बेलामा कहाँ चुक्यौं भन्ने पनि आउँछ । हो हामी चुक्यौं । तर के हुन्छ भने क्रान्तिद्वारा संविधान आउँदा जनताले आफ्नो संविधान आफै बनाउँछन् । यस्तो बेलामा राज्य पुनःसंरचनाको कुरा आउँछ । क्रान्ति भनेकै पुरानो राज्यलाई पुनःसंरचना गर्ने हो । राज्य पुनःसंरचना भनेर हामीले संघीयतालाई मात्र बुझेका छौं । तर राज्य पुनःसंरचना भन्नाले शासकीय स्वरुप, प्रशासकिय स्वरुप, न्यायिक स्वरुप, शासकीय प्रणाली लगायतका राज्यका सबै निकायको पुनःसंरचना हुनुपर्ने हो । त्यस हिसाबमा राज्यको शासकीय स्वरुप पनि राज्यको पुनःसंरचनाकै अङ्ग हो । 
क्रान्ति पूर्णतामा टुङ्गिएको अवस्थामा शासकीय स्वरुप प्रत्यक्ष शासन प्रणाली हुने कार्यकारी चुनिने रहेछ । जुन ठाउँमा क्रान्ति सम्झौतामा टुंगियो त्यस्तोमा संसदीय प्रणाली हुँदोरहेछ । यस्तो परिपाटी देखियो । यसर्थ नेपालमा पनि सम्झौतामा क्रान्ति टुंगिए । सात सालको क्रान्ति पनि हामीले सम्झौतामा टुङ्ग्यायौं । ४६ को सालमा पनि त्यस्तै भयो । र सबभन्दा ठूलो क्रान्ति पनि जुन १० वर्षे जनयुद्व थियो त्यो पनि सम्झौतामै टुङ्ग्यायौं । क्रान्ति नेपाली जनताले गर्ने तर अन्तमा सम्झौता गर्ने बेलामा बाह्य शक्ति पनि मुछिने अवस्था नेपालमा देखा परेको छ । जुन सात सालदेखिको परिपाटी बस्यो ।

यसकारणले गर्दा पनि हामीले पूर्ण स्वाधिनता र सार्वभौमसत्ताको प्रयोग गर्न सकेनौं । सायद जरो यो हो भन्ने हामीलाई लाग्छ । यसो भएको हुनाले यतातिर सोचौं । जहाँसम्म तत्कालीन एमाओवादी, एमाले र उपेन्द्र यादव नेतृत्वको फोरम लगायतका दलहरुले प्रत्यक्ष कार्यकारी प्रणालीमै मत माग्नु भएको हो । बहुमतको कुरा गर्ने हो भने बहुमत प्रत्यक्ष कार्यकारीकै पक्षमा थियो । पहिलो संविधानसभामा त अत्यधिक बहुमत थियो । दोस्रोमा पनि बहुमत थियो । तर अन्त्यमा गएर किन छोडियो मुख्य प्रश्न त्यो हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मलाई मिति पनि याद छ । म संवाद समितिको सभापतिको हैसियतले मैले प्रयत्न नगरेको हैन । २०७१ साल कात्तिक १७ गते कांग्रेस र एमालेले ९ बुँदे सहमति गर्दा एमालेले आफ्नो प्रत्यक्ष निर्वाचित प्रणाली छोडेर कांग्रेसको धारमा गयो । एमालेले छोडेपछि प्रत्यक्ष कार्यकारी पक्षधरमा धेरै मत घट्यो । त्यसपछि माओवादीले किन छोड्यो ? त्यहाँनिर प्रश्न छ । २०७१ साल माघ ५ गते जुन बेला संविधान जारी गर्ने भन्ने रस्साकस्सी चलिरहेको थियो । संविधान निर्माणको रस्साकस्सी चलिरहेको बेला माओवादीका अध्यक्ष प्रचण्डले अकस्मात ‘ल मैले यो माग छोडिदिएँ’ भन्नुभयो । कांग्रेस, एमालेसँग वार्ता चलिरहेको थियो । यस्तो बेलामा उहाँले यस्तो भन्नुभयो । यस विषयमा पार्टीमा छलफल पनि भएको थिएन । नारायणकाजीलाई मैले ‘प्रचण्डले छलफल नभई’ छोडिदिनुभयो भनेर भने । यति महत्वपूर्ण मुद्दा छोड्नु परे पनि यति सजिलै छोड्नु हुँदैनथ्यो । यो प्रश्न मैले प्रचण्डसँग पनि गरें । तर के गर्नु यही नेताहरुको ताल मुख्य नेताले अडान छाडेपछि अरु नेताले अलिकति भन्ने मत राख्ने अनि छोड्दिने त हो ।

यसरी हामीले संविधान निर्माणको क्रममा महत्वपूर्ण मुद्दा छोड्यौं । यसमा हाम्रो त्रुटि भएकै हो । हामी ऐतिहाँसिक उपलब्धि प्राप्त गर्नबाट चुकेकै हो । हामीले फ्रान्सेली जस्तै क्रान्ति गर्न नसकेको अथवा सम्झौतामै क्रान्ति टुङ्गिएको हुनाले हामी संसदीय व्यवस्थामा जान बाध्य भएका हौं । यसको मूख्य कारण भनेको भूराजनीति नै हो । यो भूराजनीति पनि अत्यन्त जटिल हुन्छ ।

Global Ime bank

यो नेपालमा पटक पटक समस्याकै रुपमा देखिएको छ । सात सालमा पनि क्रान्ति नेपालीले नै गरेका हुन् । तर समझौता दिल्लीमा भयो । वीपी कोइरालाले पनि लेख्नुभएको रहेछ । राजा त्रिभुवन भारतीय दूतावास जानुको साटो उहाँलाई पाल्पा लगेर राख्न पाएको भए । वीपीले यस्तो लेख्नुभएको रहेछ । मलाई पनि त्यस्तो लाग्यो । १२ बुँदे सम्झाता पनि हामीले यही बनाएको थियौं ।

तर प्राविधिक कारणले मात्र गिरिजा प्रसाद कोइरालाले सुुरक्षाको कारणले रोल्पा आउन नसक्ने भएँ भनेपछि मात्र हामीले बाहिर गएर अन्तिम रुप दिएका थियौं । तर के पर्न गयो भने यो पनि दिल्लीले नै गराएको भन्ने पर्न गयो । यसरी जनताले क्रान्ति गरे पनि परिवर्तन चाहिं अरुको निर्देशन भयो भन्ने पर्न गएको छ । लोकतन्त्र, गणतन्त्र र अहिले संघीयता पनि भारतको एजेण्डा हो भन्ने एउटा ठूलो तप्कालाई पर्न गएको छ । यसबाट पनि हामीले पाठ सिक्नुपर्छ ।

यसकारण जुन भूजटिलता र हाम्रो पार्टीको नेतृत्वको असावधानि पनि एउटा कारण रहन गयो । यसैले अहिले संविधान सम्शोधन गर्दा संघीयता र शासकीय स्वरुपको मुद्दा अन्र्तसम्बन्धित छ । शासकीय स्वरुप पनि राज्य पुनःसंरचनाकै पक्ष हो । यसलै शासकीय स्वरुपलाई पनि जोडेर संविधान संशोधन गर्यौं भने उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ । 

नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले मंगलबार राष्ट्रिय युवा अभियानले काठमाडौंमा गरेको कार्यक्रममा राखेका धारणाको अंशः
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७३  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC