साहित्य
एजेन्सी, पप संगितका राजा माइकल ज्याक्सनले रंगिन र विवादास्पद जीवन बिताएको बारेमा कुनै शंका छैन । उनको जीवनको यस्तै विवादास्पद घटनाहरु मध्येको सर्वाधिक रोचक र पछिल्लो तथ्य बाहिर आएको छ ।
कोनराड मुरेले लेखेको पुस्तक ‘दिस इज इट’ ले माइकल ज्याक्सनले ह्यारी पोर्टरको स्टार इमा वाटसनलाई उनी ११ वर्ष मात्र भएको समयमा विवाह गर्न चाहेको खुलासा गरेको छ । पुस्तक लेखनका लागि पैसा प्रेरणा नभएको विषयमा लेखकले जोड दिएका छन् । ज्याक्सनको २००९ मा ओभरडोजका कारण ५० वर्षको उमेरमा निधन भएको थियो । ज्याक्सन इमाको प्रेममा फसेका थिए र उनी ११ वर्षको उमेरमा भएको अवस्थामै उनलाई श्रीमती बनाउन चाहेका थिए । आफ्नो पुस्तकले माइकल ज्याक्सन को थिए भन्ने बारेमा जानकारी गराएको र माइकल ज्याक्सनले उनको कथा आफू मार्फत् विश्वलाई बताउन चाहेको मुरेले पुस्तकमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३ १६:२६
प्रतिक्रिया दिनुहोस्