site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सोल, ४ साउन । उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जानकारी प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी मङ्गलबार पुनः यो परीक्षण गरेको हो ।

उसले मङ्गलबार बिहान तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । ती मध्ये दुई वटा कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए ।

त्यस्तै अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ ।  दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको जानकारी दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिणले पाएको सूचना बमोजिम नै उसले मङ्गलबार एकै पटक तीनवटा क्षेप्यास्त्र हानेको हो । छोटो दुरीका ती क्षेप्यास्त्र परीक्षणका बारेमा उत्तरले भने केही बताएको छैन । दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिए ।

त्यसैगरी गएको आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योडोले उत्तर कोरियाका केही सङ्कास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्काे परीक्षणको तयारी गरेको बुझिएको समाचारमा जनाएको थियो ।  

Global Ime bank

उक्त परीक्षणपछि दक्षिण कोरियाले मङ्गलबार गरेको पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका एकजना अधिकारीले सो घटनाको विरोध र निन्दा पनि गरे ।  उनले उत्तर कोरियाले जारी राखेका यी क्षेप्यास्त्र परीक्षणका अभियानहरु अरु केही नभएर दक्षिण कोरियाको राष्ट्रिय सुरक्षालाई धम्की दिनका लागि गरिएको बताए ।

तर यस्ता उत्तेजक क्रियाकलापबाट दक्षिण कोरिया कहिल्यै पनि नतर्सिने जानकारी पनि दिए । उत्तर कोरियाको उत्तरी हावागेई प्रान्तमा ती परीक्षण गरिएको बताइएको छ । मङ्गलबार बिहान ५: ४५ र ६:४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षामन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ ।

यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो । हालैका दिनमा उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गर्ने बताउदै आएका छन् ।  उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले यदि त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेमा आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ । 

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको उत्तर कोरियाले रोकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् ।

मङ्गलबारको यस परीक्षणपछि भने अमेरिका र संयुक्त राष्ट्रसंघको कुनै प्रतिक्रिया आएको छैन । साथै उत्तरले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC