site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘वान सट मुभी’बाट विश्व रेकर्डको प्रयास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अराव केशवले सात वर्षअगाडि एउटा सपना देखे, वान सटमा चलचित्र खिच्ने र वल्र्ड रेकर्ड कायम गर्ने । सपना देख्न सजिलो हुन्छ तर, पूरा गर्न कठिन । अराज केशवलाई पनि त्यस्तै भयो । सपनालाई विपनामा परिणत गर्न कठिन भयो । उनी आफ्नो योजना अरुलाई सुनाउँथे र निर्माणका लागि सहकार्य गर्न आग्रह गर्थे । तर, उनको योजनालाई हावादारी भनेर सबैले उडाउँथे । तर पनि उनले आफ्नो योजनाको घाँटी निमोठेनन्, बरु बचाइरहे । 
 
त्यही सपना र योजनालाई साकार बनाउन आज उनी कम्मर कसेर लागेका छन् र घोषणा गरेका छन्, वान सट मुभी ‘जालो’ निर्माणको । उनीसँगै छन्, चर्चित संगीतकार मोहित मुनाल । मोहित र अराज केशव दुवैले सोमबार काठमाडौंको मण्डला थिएटरमा पत्रकार सम्मेलन गरेर चलचित्र निर्माणको घोषणा गरे । साँझ बानेश्वरस्थित आफ्नै स्टुडियोमा भेटिएका मोहित र अराज केशव आफ्नो ड्रिम प्रोजेक्ट सफल हुनेमा ढुक्क हुँदै बाह्रखरीसँग गफिए ।
 
“केही नयाँ गरेर देखाउनुपर्छ भन्ने लाग्थ्यो । सुरु–सुरुमा कुनै पनि नयाँ काम गर्दा सबैले पागलपन भन्छन्, हाम्रो समाज नै यस्तै छ,” मोहितले भने, “चुनौती मोलेर गरेपछि र सफल भएपछि सबै पछि लाग्छन्, हाम्रो चलन नै यस्तै छ ।”
 
मोहित र अराज केशवलाई मैले सोधें ? एक सटमा चलचित्र खिच्ने भन्नुभएको छ, कसरी यो सम्भव हुन्छ ? 
हो, यही त हो चुनौती । हामीले मोल्न खोजेको चुनौती पनि यही हो । हामी ‘जालो’ र ‘जालो रिटन्र्स’ नामक दुइटा चलचित्र बनाउँदैछौं । यी दुवै चलचित्र एकै सटमा खिच्छौं । 
 
एकै पटक दुइटा चलचित्र कसरी खिचिन्छ ? 
हामीसँग ५५ जना कलाकार छन् । उनीहरू अभिनय गर्दै जान्छन् । हामी त्यसलाई खिच्दै जान्छौं । ‘जालो’ सकिन्छ तर क्यामेरा अफ हुँदैन । सँगै ‘जालो रिटन्र्स’ सुरु हुन्छ र त्यो त्यही सटमा सकिन्छ । क्यामेरा अफ हुन्छ । कुनै दृश्य पनि दोहोर्याएर खिच्ने अवसर हुने छैन । मोसनको काममात्रै हुन्छ । साउन्डको कम भने हुन्छ । 
मोहित अगाडि थप्छन्, “हाम्रो चलचित्रमा मध्यान्तर पनि हुन्छ । तर, त्यहाँ ग्याप भने हुँदैन । मात्र बे्रक लेखिएको हुन्छ । चलचित्र सुरु भइहाल्छ । चार घण्टापछि हलबाट बाहिर निस्किने हो । तर, हामी दर्शकदाई बोरिङ फिल हुन भने दिँदैनौं । चलचित्र पूरै व्यावसायिक हुन्छ । नर्मल चलचित्रलाई भन्दा पनि धेरै बजेट लाग्नेछ । 
 
एकै सटमा सकिने चलचित्रलाई पनि कसरी अरुभन्दा धेरै बजेट लाग्छ ?
हामीले सुरुमा गरेको प्लानिङ पनि यही हो । यसमा कलाकारको संख्या पनि निकै धेरै हुनेछ । चलचित्र सुरु हुनुभन्दा पनि पहिले हामी सबै कलाकार क्लोज क्याम्पमा बस्नेछौं । यसले पनि खर्च बढाउँछ । हाम्रो चलचित्र ‘अब्जर्भ’ गर्न आउने गिनिज बुक अफ दि वल्र्ड रेकर्डसको टोली पनि आउँछ । उसको खर्च पनि हामीले नै बेहोर्नुपर्छ । 
सुरुमा त मलाई पनि लागेको थियो, दुई दिनका लागि क्यामेरा भाडामा लिउँला, दुई दिनका लागि प्राविधिक भाडामा लिउँला, खर्च नै धेरै लाग्दैन । तर, ठिक्क उल्टो भयो ।”  
 
चलचित्रको कथावस्तु कस्तो हुन्छ ?
‘फ्ल्यासब्याक’, रहस्य, द्वन्द्व, गीत र नृत्य आदि सबै समावेश गरिनेछ । व्यावसायिक भएकाले अरु चलचित्रभन्दा कम हुँदैन । त्योभन्दा राम्रो नै गर्ने प्रयासमा छौं । 
 
चलचित्र बनाउनुको उद्देश्य के हो ?
पहिलो, हाम्रो सात वर्षअघिको योजना र सपना हो । दोस्रो, हामीले नेपालबाट विश्वकै वान सट मुभी बनाउँदैछौं । तेस्रो, यो चलचित्र युट्युबमा राख्नेबित्तिकै विश्वले सर्च गर्छ । नेपाली चलचित्र भनेर थाहा पाउँछ । कलिउडको प्रमोसन पनि हुन्छ । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता भएपछि यसै पनि नेपाली चलचित्रका लागि राम्रो नै हुन्छ । 
 
५५ जना कलाकारले अभिनय गर्ने चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, वर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य र भीष्म जोशीले अभिनय गर्ने टुंगो लागिसकेको छ भने अन्य कलाकार पाइपलाइनमा छन् । 
 
चलचित्रको सुटिङ यही असोजमा सुरु हुँदैछ । यसका लागि ‘जालो’को निर्माण युनिटले गिनिज बुकलाई खबर पनि गरिसकेको छ । लोकेसन काठमाडौं नै छानिएको छ । चलचित्र यही वर्ष रिलिज गर्ने मोहितले बताए । चलचित्रको निर्माता मोहित मुनाल हुन् भने कार्यकारी निर्माता धनी गिरी रहेको चलचित्रमा कथा लेखन तथा निर्देशन अराज केशवले गर्नेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC