site stats
बाह्रखरी :: Baahrakhari
सहर
Nabil BankNabil Bank
६ जना महिलालाई करणी गरेर हत्या गर्ने बुढाथोकी २० वर्षपछि पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रृखलाबद्ध रुपमा बलात्कारपछि ६ महिलाको हत्या गर्ने बारा डुमरवाना ६, खोर गाँउका ५० वर्षिय मानबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भारतीय प्रहरीको सहकार्यमा बुढाथोकीलाई भारतको दिल्लीबाट पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई आवशयक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको सीआईबीका प्रवक्ता एसपी विपेस लोहनीले बताए ।

एसपी लोहनीले भने, “बुढाथोकीले श्रृखलाबद्ध रुपमा महिलाको करणी पछि हत्या गदै आएको खुल्यो”, उनले भने, “छ जना महिलालाई बलात्कार पछि हत्या गरेको खुलेको छ । घटना अझै थप हुन सक्छ हामीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

६ जना महिलालाई करणी पछि हत्या गर्ने बुढाथोकी २० वर्ष देखि फरार थिए । उनी पछिल्लो समयमा भारतको विभिन्न शहरमा लुकेर बस्दै आएको सूचना पाएपछि ब्यूरोको टोली भारत प्रस्थान गरेको थियो । बुढाथोकीले श्रृखलाबद्धरुपमा २०५२ देखि महिलाको बलात्कार पछि हत्या गर्दै आएका थिए ।

बुढाथोकीले २०५३ साल असार ९ गते महोत्तरी बर्दिबास १ की २० वर्षीया शारीरिक रुपमा असक्त युवतीलाई करणी पछि हत्या गरेका थिए त्यस्तै उनले २०५२ साल फागुन २४ गते धनुषा बेगाडाबर गाविस बडहरी बजारबाट जमुना गाउँतर्फ जाँदै गरेकी एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेका थिए ।

Global Ime bank

त्यस्तै २०५२ साल चैत २३ गते धनुषा ढल्केवर देखि उत्तरतर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकैको जंगलमा एक महिलालाई करणी पछि हत्या गरेका थिए । बुढाथोकीले २०५३ साल जेष्ठ ६ गते ढल्केवर देखि पूर्वतर्फ रहेको जंगलमा बाख्रा चराएर आउँदै गरेकी महिलालाई पनि करणी पछि हत्या गरेको ब्यूरोले जनाएको छ ।

त्यस्तै उनले २०५३ साल असार अन्तिममा पनि बर्दिबासबाट पश्चिमतर्फ बनपाले अफिस नजिकै जंगलमा पात टिप्न लागेकी एक महिलालाई करणी पछि हत्या गरेका थिए ।

२०५३ साल साउनमा धनुषा लालगढको जंगलमा एक जना, २०५३ साल असार ९ गते महोत्तरी जिल्लाको बर्दिबास जंगलमा घास काट्न गएकी महिलालाई करणी पछि हत्या गरेको सीआईबीले जनाएको छ ।

बुढाथोकीले असक्त र बुढी महिलालाई बढी निसाना लगाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ६ जना महिलाको हत्या गरेको बुढाथोकीले स्वीकारेको ब्यूरोले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC