site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनोजका ती धम्की, गिरिजाले भने–मेरो पालो कहिले आउँछ ?
Ghorahi CementGhorahi Cement

धम्की नं. १

 

तत्कालीन राजा ज्ञानेन्द्रको भेषमा एडीसीसहित मनोज मञ्चतर्फ जाँदै थिए । पृष्ठभूमीमा गीत बजिरहेको थियो, ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो...’

Agni Group

पहिलो ‘पन्च’ दर्शकलाई के हान्ने ? डाइलगहरु के भन्ने दिमागमा दौडाइरहेका थिए । हेर्दा भख्खरको ह्यान्ड्सम केटाले कानैमा आएर भन्छ,“मा...तैले यो के गरेको ? तँलाई यहीँ सिध्याइदिउँ ?” ।

मनोज छक्क पर्छन् ।

Global Ime bank

उनलाई त्यही केटाले उनीसँगै अगाडी बढ्दै कानैमा फेरि भन्छ, “मु...तँ किन जान्ने हुन्छस् बाँच्ने मन छैन ?”

२०६४ मा न्यूर्योकमा भएको एक विशाल कार्यक्रममा तत्कालीन राजा ज्ञानेन्द्र बनेर दर्शकको बीचबाट दर्शकलाई हँसाउन एडीसीसहित स्टेजतर्फ जाँदै गर्दा ‘अन द स्पट’ मनोजलाई आएको धम्की थियो यो ।

मनोजका दिमागमा केही कुरा खेले । केही अप्सन् छन् म सँग ? उनले सोचे ।  

नं. १, म विचलित भएर भाग्नुपर्छ,

नं. २, त्यहीँ उसलाई प्रतिक्रिया दिनुपर्छ,

नंं.३, मञ्चमा पुगेर को र किन मलाई धम्कि दिएको सबैलाई जानकारी दिँदै सुरक्षा निकायलाई खबर गर्नुपर्छ ।
तर, यी तीनवटै विकल्प उनलाई जायज लागेनन् ।

उनले सोचे यो संसारकै शक्ति सम्पन्न सुरक्षित मुलुक अमेरिका हो । यहाँ दिउसै सार्वजनिक कार्यक्रममा जिन्दगी सिध्याउन सोचेजस्तो सजिलो पनि छैन ।

त्यसैले उनले रोजे चौथो विकल्प

स्टेज चढ्ने । दर्शकलाई हँसाउने । मनोज स्टेज उक्लिए । मज्जाले हँसाए ।

स–शरिर हँसाएपछि पालो आयो ‘स्ट्यान्ड अप’ कमेडीको । त्यहाँ उनले नेपालमा त धम्कीले चलेन, अब अमेरिकामा के को धम्की ? प्रश्न गरे । दर्शकले त्यसलाई व्यंग्य सम्झिए होलान । तर, त्यो वास्तिवकता थियो । त्यो पनि त्यही समयको ।   

कार्यक्रम सकियो आयोजकलाई आफूलाई धम्की आएको जानकारी गराए । उनीहरुले भने, “राजा ज्ञानेन्द्रका कोही आसेपासे तथा शुभचिन्तक हुन् । केही लछारपाटो लगाउन सक्तैनन् ।” मनोजले कुरो बुझे । मन ढुक्क भयो । सन्तोषको लामो सास फेरे ।

धम्की नं. २
तत्कालीन शासकले नागरिकको अधिकारमा गिद्धे आँखा लगाए । शासन आफ्नो हातमा लिएर जनतालाई दमन गरिरहेका थिए ।   सत्ताका लागि उनीहरु जे गर्न पनि तयार थिए । केही कलाकार यसको विरोधमा सडकमा उत्रिइसकेका थिए । तर, केही भने ‘सरकार गोर्खा दक्षिण बाहु मलाई बक्सियोस’ भन्दै गोकर्ण फरेष्ट रिसोर्टमा राजालाई दाम चढाइरहेका थिए ।

राजा नारायणहिटीमै थिए । संसदमा यो छलफलको विषय थियो ।

कुनै समय थियो मनोज कुनै राजनीतिक दल निकट थिए । तर, यतिबेला उनी वाद र सिद्धान्त ‘भाँडमा जाए’ भन्दै नागरिक अगुवासँग मिसिएका थिए । नागरिक समाजले विरोधको स्वर गुञ्जाइरहेको थियो ।

त्यो समय थोरै कलाकारले मात्रै गणतन्त्रका लागि मिसन कलाकारिता गरिरहेका थिए । त्यसमा मनोजले पनि आफूलाई समर्पित गरेका थिए ।

खुलामञ्चमा नागरिक आमसभा हुने भयो । त्यहाँ केही फरक प्रस्तुती दिुनपर्छ भन्ने मनोजमा सोच आयो । स–शरिर ज्ञानेन्द्रको नक्कल गर्छु भन्ने उनको मनमा लाग्यो ।

तर,

त्यसका लागि आवश्यक थियो–ज्ञानेन्द्रको ‘गेटअप’ । ह्याट, बुट, कम्व्याट र चस्मा चाहियो । यसको जोहो पहिलो आवश्यकता थियो ।
उनले मलाई यस्तो यस्तो ड्रेस चाहिएको छ भनेपछि उनलाई उपहारस्वरुप ड्रेस पो आउन थाल्यो ।  

सेनाकै तत्कालीन कर्मचारीले ‘ह्याट जुम’ उपहार भन्दै दिए, कोरियामा काम गरिरहेका नागरिक अधिकारकर्मीले उनलाई कमब्याट पठाइदिए, बुट पनि भूतपूर्व सेनाका उच्चपदस्थ कर्मचारीले उपलब्ध गराए ।

कर्मचारी त्यो पनि तत्कालीन शाही सेनाबाटै यसरी सहयोग प्राप्त  भएपछि मनोजको मनको कुनामा रहेको डर पनि हराएर गयो । जनता मात्रै होइन कर्मचारी पनि गणतन्त्रको पक्षमा छन् भन्ने पुष्टि भयो ।

यसरी उनले स–शरीर पहिलो पटक क्यारिकेचर गरे । त्यो स–शरीर क्यारिकेचरको सुरुआती चरण थियो भने त्यसका लागि ‘भर्जिन’ समय पनि । उनले चौतर्फी वाहवाही कमाए ।

खुलामञ्चको नागरिक सभा सकियो । सवैले राम्रो भने । प्रशंसा पनि गरे ।

तर,

सँगै आउन थाले ‘थ्रेट’ का ‘कल’ पनि ।

अचम्म !

ति धम्कीका फोन कल साह्रै सिष्ट र नम्र भाषाका हुन्थे ।

–किन मौसुफ सरकारको बिरोध गरिसिन्छ ? अब यसो नगरिसिएला ।

–हजुर तपाइँ हामी किन सरकारको विरोध गर्नु ? चुप लागेर बसिसियोस् ।

–हजुरहरु त बुझ्ने मान्छे । आफैं बुझिसियोस् यसको परिणाम के हुन्छ ?

मनोज प्रायः यस्ता कल उठाउन छोडे । उनका लागि यि सामान्य लाग्न थाले । उनलाई डर पनि लाग्न छोड्यो ।
ज्यान मार्ने धम्की दिने सामुन्ने आएर धम्क्याउँछ । फोनमा लुकी लुकी धम्की दिनेहरु डरपोक हुने भन्ने उनको बुझाइ थियो । त्यसैले उनले आफ्नो गणतन्त्रको यात्रालाई घण्टाघरको सुईसँगै हिँडाए ।

\"\"

किन लाग्दैन डर ?

म अखिलको कार्यकर्ता । ०४६ सालको आन्दोलन उत्कर्षमा पुगेको थियो । म १६ वर्षको थिएँ । पद्यमोदय स्कुलमा पढ्थें । काठमाडौं स्कुलका सवै विद्यार्थीको नेतृत्वमा म थिएँ ।

चैत २४ गते काठमाडौं आन्दोलनकारीको नेतृत्वमा थियो । काठमाडौं, ललितपुर हुँदै हामी कालिमाटी पुग्यौं । म सँग एक जोर स्कुलको जुत्ता थियो त्यो पनि फाटेको थियो । त्यसैले मैले दाइको चप्पल लगाएर गएको थिएँ । आन्दोलनकारी नारायणहिटी दरबारलाई टार्गेट गर्दै दरबारमार्ग पुगेका थिए । म पनि त्यही आन्दोलनमा थिएँ ।

गोली चल्यो । हामी घण्टाघरको पछाडीपट्टटी एक जनाको घरमा हाम फल्यौं । त्यो घर सेनाका उच्च पदस्थ जर्नेल जो राजावादी थिए उनको रहेछ । गोली चल्न थालेपछि घरभेटीले कुकुर फुकाएदिए । ढोका भने खुलै रहेछ हामी त्यहीँ पस्यौं । भाग्यले हामीलाई बचायो ।
सेना पुलिसहरु आन्दोलनकारी हिँड्ने बाटो ब्लक गर्ने र आन्दोलनकारी सेना पुलिसका गाडी गुड्ने बाटो खनेर अवरोध गरिरहेका थिए ।

मैतिदेवी मन्दिर पछाडी मनोज र उनका दाइहरुको डेरा थियो । मनोज सानै थिए । दाइहरुले उनलाई तँ सानै छस् , नआइज भन्दै कोठाबाट निस्किए । मनोजको मनले मानेन । उनले दाइहरुलाई नै पच्छ्याए ।

मैतिदेबी मन्दिर र चोकको बीचमा आइपुगे । रातको साढे आठ बजेको थियो । आन्दोलनकारी पुलिसको गाडी रोक्न सडक खनिरहेका थिए । मनोज पनि खन्न थाले । डिल्लीबजार पिपलबोट छेउमा रहेको शरदचन्द्र शाहको घर नजिक पुलिसको भ्यानको साइरन बज्यो ।

“पुलिस आयौ भागौं, भागौं” भन्न थाले ।

यसो भनेको करिब ३० सेकेन्डभित्र ढुङ्गा वर्षिन थाले । कसैको टाउको, कसैको खुट्टा त कसैको जिउमा ढुङ्गा लाग्यो ।
मनोजको खुट्टामा पनि ढुङ्गाले लाग्यो । खुट्टा त अररो पो भयो । खुट्टो खोच्याउँदै उनी नजिकैको घरमा पसे । करिव १५ मिनेट पछि आर्मी पुलिसको आवाज सुनिएन । मनोजले बत्ति बाले ।

घरभेटी दिदीले भनिन्, “भाइ तपाइँहरुलाई गोली लागेको छ ।” मनोजको अररो खुट्टा अव चिसो भयो । उनी वेहोस भए । ढुङ्गा लागेको हेला भनिरहेका उनले आफूलाई गोली लागेको थाहा पाएपछि होस गुमाएका थिए ।

आयो आयो  

वीरेन्द्र झापालीको औषधी पसल ज्ञानेश्वरमा थियो । मीना पौडेल भन्ने नर्स थिइन्, आन्दोलनकारी उनीहरुले एम्बुलेन्स बोलाएर मनोज लगायत सबैलाई टिचिङ हस्पिटल पुर्याए ।

सेना प्रहरी छ्याप्ती छ्याप्ती थिए । एम्बुलेन्स रोकेर बाटोमा प्रहरीले आन्दोलनकारी भनेर रोक्न खोजेछन् । तर, उनीहरुले मैतिदेबीमा घर बनाउँदै गर्दा छत खसेर घाइते भएका मजदुर भनेर अस्पताल पुर्याए ।  मनोज लगायतका आन्दोलनकारीको त्यहीँ उपचार हुन थाल्यो । एक दिन नर्सले आयो आयो उठ्नुस् भनिन् ।

मनोजलाई साह्रै डर लाग्यो । आर्मी पुलिसले घाइते आन्दोलनकारीलाई बेपत्ता बनाइरहेका छन् भन्ने हल्ला भाइरल भएको थियो । मनोजको मुटुले ठाउँ छोड्ला झैं भयो ।

उनी उठेर नर्सको कुर्ताको फेरो समाएर “मलाई बचाउनुस् सिस्टर” भन्दै रुन थाले ।
नर्सले भनिन्,“ सेना पुलिस हैन, बहुदल आयो भनेको ।”

मनोजलाई छाती गर्वले फुलेर ठूलो भए जस्तो लाग्यो ।  

पहिला सन्तुष्टि अहिले असन्तुष्टि

माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण भयो । प्रचण्डबाट जनताले ठूलै अपेक्षा गरे । उनलाई सरप्राइज दिँदै प्रचण्डको पार्टीलाई जनताले पहिलो पार्टी पनि बनाइदिए । उनी पनि हौसिए । जनतालाई ठूलै सपना बाँडे । हुने सपना पनि नहुने सपना पनि ।

‘जसो जसो बाहुन, उसै उसै स्वाहा’

मनोज त कलाकार न परे । उनले पनि प्रचण्डलाई व्यंग्य गरे स–शरीर । पूर्वपश्चिम अन्डर ग्राउन्ड रेल कुदाए । झापाको नागरिक घरमै बसेर सिंहदरबारको जागिर खान थाल्यो । छिमेकीहरुलाई बिजुली बेचे, निलो आँखा र खैरो कपाल पालेकाहरुलाई प्रचण्डले जागिर दिए ।

स्टेजमा बसेका प्रचण्ड दङदास हुन्थे । लोकप्रिय जुँगामा ताउ लगाउँदै मुसुमुसु हाँस्थे ।

तर,

घण्टाघरको सुई रोकिएन । समय फेरियो । अवस्था फेरिएन ।

प्रचण्ड पनि फेरिए । मनोजले अन्डर ग्राउन्ड रेल कुदाउँदा उनको मुस्कान हराउँछ । उज्यालो चहेरा रातो हुन्छ । चिटचिट पसिना आए जस्तो ।

लोकमान कमसल पात्र

लोकमान ओशोको सन्यासी । मनोज ओशोको ध्यान गर्ने व्यक्ति । लोकमान र मनोजको सायद तरंग मिल्यो । त्यही भएर कमजोर भनिएका मनोजका लोकमान पात्रलाई समयक्रमले दरिलो बनाइदियो । मनोजको दुरदृष्टि देखियो ।

गएको गाइजात्रामा मनोजलाई “लोकमान अहिलेका उपयुक्त पात्र होइनन्, तिम्रो क्यारिकेचरको इतिहासकै कमजोर पात्र” भने । उनले ‘भविश्यले प्रमाणीत गर्छ’ भने ।  

नभन्दै अहिले भयो त्यस्तै । संसद्मा लोकमान, सञ्चार माध्यममा लोकमान, दूतावासमा लोकमान, चिया पसलमा लोकमान, देश नै लोकमानमय भयो । मनोजको लोकमान पात्र कमजोर होइन बलियो प्रमाणीत भयो ।

गाइजात्रा चलिरहेको थियो । मनोज आफन्त बितेर झापा गएका थिए । “मलाई खोज्दै अख्तियार आयो रे,” उनले भने, “तर मसँग भने भेट भएन ।”

मनोज र दीपकराज गिरीलाई एउटा उट्पट्याङ कुरा मनमा आयो । गाइजात्रको टोलीमा उनीहरुले हल्ला चलाए । मनोजका कारण अख्तियारले उनीसहित गाईजात्राका सबै कलाकारलाई समाएर जेल चलान गर्दैछ । हल्ला एक कान दुई कान मैदान भयो ।
सबै मनोजसँग रुष्ट भए । “यसलाई हामीले पहिल्यै भनेको, लोकमानलाई चलाउनुहुँदैन भनेर । अब आफू पनि फस्यो । हामीलाई पनि जाक्यो ।” तर, त्यो अफवाह मात्रै थियो । रमाइलोका लागि चलाइएको हल्ला मात्रै थियो ।

\"\"

भ्रममा हौसिएको दिन

अमेरिकमा स्टेज शो थियो ।  नाकावन्दीको समय थियो । भारत केन्द्रमा थियो । मोदी ‘हट केक’ हुन सक्थे । मनोजले पाएका किन छोड्थे ?

उनले मोदीको नक्कल गरे । कार्यक्रम टीभी–८४ ले लाइभ प्रशारण गर्यो । उनले ठाने नेपाली कलाकार र नेपाल विश्व माझ जाने यो एउटा अवसर हो ।  

तर,

त्यो टीभी अमेरिकामा बसिरहेका पञ्जावी मुलका भारतीयहरु जो खालिस्थान आन्दोलनमा संलग्न थिए उनीहरुले चलाएको रहेछ । उनीहरु नेपाल भारत विरोधी हो भनेर प्रमाणीत गर्न खोजिरहेका रहेछन् । मनोजले पत्तै पाएनन् । आयोजक बेखबर थियो ।
पछि थाहा भयो । एक सातापछि वासिङटन डीसीमा नाकावन्दीको विरोधमा कार्यक्रम थियो । त्यहाँ भारतीयहरु पनि थिए । त्यहाँ मनोजले नेपाल र नेपाली कलाकार भारत, भारतीय जनता र संविधानको विरोधमा नरहेको तर, आफ्नो जस्तै व्यवहार भारतबाट चाहेको बताइदिए ।

मेरो पालो कहिले ?

मनोज पत्रकार ऋषी धमलासँग नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकहाँ गएका थिए । ऋषीले उहाँ नै हो नक्कली ज्ञानेन्द्र र प्रचण्ड बनेर अभिनय गर्ने हास्य कलाकार मनोज गजुरुल भनेर चिनाइदिए ।
मेरो चाँही पालो कहिले आउँछ ? कोइरालाले प्रश्न गरे ।

म अलि होचो छु, हजुर अग्लो हुनुहुन्छ । म मोटो छु, हजुर पातलो हुनुहुन्छ,मनोजले जवाफ दिए ।
के अब म त्यसो भए धेरै खाउँ त ? कोइरालाले ठट्टा गरे ।

काम विशेषले मनोज शितल निवास पुगेका थिए । डा. रामवरण यादव राष्ट्रपति थिए ।
उनले पनि गिरिजाले जस्तै प्रश्न गरे, – मेरो पालो आउँदैन ?

हजुरले केही विवादमा आउने काम गर्नुपर्यो, केही आलोचनायुक्त काम गर्नुपर्यो । हजुरको पालो आउँछ । मनोजले जवाफ दिए ।
जनताको कलाकारले जनताको छोरालाई व्यङ्ग्य गर्दा केही फरक पर्दैन, राष्ट्रपति डा. यादवले भने ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ३०, २०७३  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC