site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
विपत्तिमा व्यक्तिको मात्र हैन समाज र राज्यको पनि धैर्य, सुझबुझ र बुद्धिमत्ताको कसी लाग्दो रहेछ । विसं २०७२ वैशाख १२ र त्यसपछिका भूकम्पबाट उत्पन्न विपत्ति पनि सामान्य नेपालीको मात्र हैन नेपालका शासकहरूको सोच र सुझबुझको कसी बन्न पुग्यो । कल्पनै नगरिएका व्यक्ति र समूह विपत्तिपछि उद्धार र सहायतामा सक्रिय भएको देखियो भने सरकार अपेक्षाकृत सुस्त, मन्द र ढाँट सिद्ध भयो । त्यतिमात्र हैन सरकारको बुद्धिहीनताका कारण भूकम्पपछि जोगाउन पर्ने र सकिने अमूल्य सम्पदा दिनहुँ नाश भइरहेका छन् । पुर्खाले सन्तानका लागि छाडेको नासो जोगाउनसम्म पनि सरकार असफल भएको छ ।  
 
पुरातात्त्विक महत्त्वका भवनहरूमा रहेका कलात्मक सम्पदाको संरक्षणमा अपेक्षित ध्यान दिनै खोजिएन । पुराना अमूल्य  निर्माण सामग्रीदेखि चित्र र मूर्तिसम्म दिनहुँ हराउँदै अनि मासिँदै गएका छन् । पुरातात्त्विक महत्वका सांस्कृतिक सम्पदामात्र हैन आधुनिक कलात्मक कृति पनि संरक्षण गर्न ध्यान दिइएको छैन । अधिकांश संग्रहालय क्षतिग्रस्त भएका छन् तर तिनमा संग्रहित महत्त्वपूर्ण वस्तुहरूको संरक्षणका लागि भने सरकारले ध्यान र प्राथमिकता दिएको देखिँदैन ।   बालकृष्ण समलगायतका चित्रकारहरूको अमूल्य चित्रहरू कुनै भवनको अँध्यारो कोठामा थन्क्याइएका छन् । शासकहरूले स्रष्टाका सिर्जनालाई मात्र उपेक्षा गरेका हैनन्, राजनीतिज्ञसँग सम्बद्ध सामग्रीलाई पनि उस्तै बेवास्ता गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका पर्याय मानिने विश्वेश्वरप्रसाद कोइरालासँग सम्बद्ध अमूल्य सामग्रीहरू पनि बीपी स्मृति संग्रहालय भत्केपछि त्यहीको एउटा कोठामा थन्क्याएर राखिएको छ ।  
 
राष्ट्रिय वैभवका रूपमा रहेका यस्ता अमूल्य सम्पदा संरक्षण गर्न करोडौं रुपैयाँ खर्च लाग्ने पनि होइन । तिनलाई  सुरक्षित राख्न महिनौ लगाएर विशाल महल बनाउनुपर्ने पनि होइन । केही लाख रुपैयाँ खर्च गरे केही दिनमै कम्तीमा ती कलात्मक र ऐतिहासिक महत्त्वका सामग्री सुरक्षित राख्न सकिने थियो । विडम्बना, बीपीको राजनीतिक योगदानको ब्याज असुलेर राजनीति गरेकाहरू सत्तामै छँदा पनि बीपी स्मृति संग्रहालयका महत्त्वपूर्ण वस्तुहरू सुरक्षित राख्न ध्यान दिएनन् । सरकारमा छँदा लाखौँ रुपैँया  कार्यकर्तालाई बाँड्नेहरूले संग्रहालयका वस्तु संरक्षित गर्न केही लाख रुपैयाँ दिएनन् । सरकार बदलियो तर प्रवृत्ति परिवर्तन भएन । अहिलेको सरकारले पनि तजबिजमा अपारदर्शीरूपमा पैसा बाँड्यो तर समका चित्र वा बीपीका सामग्री जोगाउन कुनै चासो देखाएन । आशा त आउने सरकारबाट पनि छैन । तैपनि, यस्ता राष्ट्रिय वैभव भविष्यका लागि जोगाई राख्ने राज्यको दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण होस् भन्ने हाम्रो अाग्रह छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  ०५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC