site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई भोटको सहयोगार्थ ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
नयाँ बसपार्कमा सोमबार भारतविरुद्धको मैत्रीपुर्ण खेलको तयारीमा रहेका महिला खेलाडीलाई निलो र रातोको दुई समूह बनाई मैत्रीपूर्ण खेल खेलेका थिए । खेलमा मञ्जु गुरुङको कप्तानीमा रहेको नेपाल निलो जित हात पारेको थियो ।
 
प्रतियोगिताबाट विभिन्न खेलप्रेमीहरुको सहयोगबाट ३१ हजार रुपैया रकम संकलन भएको नेपाल भलिबल संघका सचिव तथा ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । उठेको रकममध्ये ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रबाट १६ हजार, एजेन्सीबाट १० हजार र नासा कलेजबाट नगद पाँच हजार रुपैया गरी ३१ हजार रुपैया संकलन भएको उनले जानकारी गराए ।
 
‘मैत्रीपुर्ण खेलबाट उठेको सबै रकम हामीले पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी प्रतिभा मालीलाई हस्तान्तरण गरिसक्यौ ।’ अध्यक्ष छन्त्यालले भने, ‘प्रतियोगिताबाट उठेको सहयोग रकमले प्रतिभालाई जिताउन मद्धत पुगोस भन्ने हाम्रो इच्छा हो । आशा उनले नै अवार्ड जित्नेछन् ।’ यस्तै अध्यक्ष छन्त्यालले नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको सन्दर्भमा यो खेललाई तयारीको रुपमा लिइएको पनि बताए । नेपालले भारतसँग यही साउन १३ र १४ गते दुईदिन मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । 
 
यस्तै पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइसको मनोनयनमा परेकी भलिबलकी खेलाडी प्रतिभा मालीलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिले नगद १० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।
सहयोग रकम काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र कार्यलय प्रमुख लिलाराम बस्नेतले खेलाडी प्रतिभा मालीलाई सोमबार हस्तान्तरण गरेका छन् ।  सहयोग रकम हस्तान्तरण गरेपछि समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसको मनोनयन परेका भलिबलकी प्रतिभा माली काठमाडौं बासी भएका कारण जिताउनका लागि केही रकम सहयोग गरिएको बताए ।
पिपुल्स च्वाइसको मनोनयनमा भलिबलकी प्रतिभा मालीसँगै फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन् । पिपुल्स च्वाइसको अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा छनोट गरिनेछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने १२ औं संस्करणको स्पोर्टस यही साउन ६ गते हुदैछ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC