site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन जान्छिन् आस्था विपश्यना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सामान्यतयाः मान्छे उमेर ढल्किँदै गएपछि योग, ध्यान तथा धर्मकर्ममा लाग्छन् । तर, यही नै विश्वव्यापी सर्वमान्य नियम भने होइन । गायिका आस्था राउत यसको उदाहरण हुन् । 
उमरले दुई दशक भर्खरै छिचोलेकी आस्था जुलाईको पहिलो चरणको विपश्यना ध्यानमा सहभागी भइन् । जुलाई एक देखि १२ तारिखसम्म भएको विपश्यनामा सहभागी भएर फर्किएकी आस्था भन्छिन्, “मनलाई बसमा राख्ने कला विपश्यनामा सिकिन्छ । हामीले अहिलेसम्म मनले जे भनेको छ, त्यसैअनुसार गरिरहेका छौं । तर, विपश्यना गएर राम्रोसँग ध्यान केन्द्रित गर्न सक्ने हो भने मनलाई नियन्त्रण गर्न सक्छौं । जीवन नै फरक तरिकाले जिउन सकिन्छ ।”
आस्थाको विचारमा हरेक चिज परिवर्तनशील छ । समतामा बसेर काम गर्न सकिन्छ । यो कला सबै विपश्यनाबाट नै सिक्न सकिन्छ । मनमा रहेका नकारात्मक सोचबाट आफूलाई मुक्त बनाउन विपश्यना सबैभन्दा राम्रो विकल्प हो । 
आस्था अहिलेसम्म चार पटक विपश्यना ध्यानमा बसिसकेकी छन् । उनी अरुलाई पनि जिन्दगीमा कम्तिमा एक पटकमात्रै भए पनि विपश्यना ध्यानमा बस्न सुझाव दिन्छिन् ।  
 
के हो विपश्यना ? 
विपश्यना गौतम बुद्धको समयमा सूत्रपात भएको हो । यो परम्परालाई वर्तमान आचार्य सत्यनारायण गोयन्काले प्रयोगमा ल्याएका हुन् । उनी भारतीय मूलका हुन् । तर, उनको जन्म बर्मामा भएको हो । विपश्यना शिविरको माग बढेको देखेर १९८२ देखि गोयन्काले सहायक आचार्य नियुक्त गर्न थालेका हुन् ।
विपश्यना १० दिनसम्म आवासीय शिविरमा सिकाइन्छ । प्रशिक्षार्थीहरू अनुशासन संहिता पालना गर्न बाध्यकारी हुन्छन् ।
शिविरमा प्रशिक्षणका तीन खुड्किला हुन्छन् ।
पहिलो खुड्किलामा साधकले पाँच तत्व पालन गर्नुपर्छ । जीव हिंसा, चोरी, झुटजस्ता विकारबाट आफूलाई मुक्त बनाउनुपर्छ ।
दोस्रो खुड्किलामा नाकबाट आउने, जाने सासतिर ध्यान केन्द्रित गरेर साधनाको अभ्यास गर्नुपर्छ । 
तेस्रो खुड्किला पुग्दा (चौथो दिनसम्ममा) मन धेरै शान्त भइसकेको हुन्छ । एकाग्र भएपछि मात्रै विपश्यनाको अभ्यास गर्न लायक हुन्छ । शिविरार्थीले १० दिनमा मंगल–मैत्रीको अभ्यास सिक्छन् ।
तस्बिरः आस्थाको फेसबुकबाट
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC