site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बोल्न नसक्नेको अकल्पनीय अन्त्य
Agni Group
Global Ime bank
प्रतीक प्रधान
 
राजस्व अनुसन्धान विभागको कार्यालयमा एकजना हाकिम दुवै खुट्टा टेबलमाथि पसारेर बसेका छन् । मानौं त्यो कुनै सरकारी कार्यालय होइन सिनेमामा देखाइने गुन्डाको अखाडा हो । त्यहाँ उभिएका छन् ओठ सुकेका, त्रासले अनुहार निलो बनाएका व्यक्ति । उनको दुई हात जोडिएको जोडियै छ, चिप्लेर हात खुस्क्यो भने अहिल्यै मृत्युदण्डको भागिदार होइन्छ कि भन्ने डर भएझैँं । टेबलमा बसेका व्यक्ति बडो रोबदार ढंगमा बसेका छन् । उनको अनुहारको भाव हेर्दा लाग्छ अगाडि बस्ने व्यक्तिको मृत्यु र जीवनको डोरी उनैको हातमा छ ।
“तँ मु.... ले के खोजेको ? सारा देश बिगार्ने, देश सिंगै तिमीहरू खाने । अब हेर म देखाउँछु तिमीहरूको नानीको ताईं,” हाकिम सा’ब बोेले ।
“हैन हजुर यसो मिलाइदिनुप¥यो । कर त सबै तिरेकै हो, अलिअलि हिसाब राख्न नजानेको मात्र हो, यसो हेरेर मिलाइदिनुप¥यो,” व्यापारीजस्ता देखिने व्यक्तिले सुकेको मुखमा मुस्किलले अलिकति थुक ल्याएर बोले । 
“अँ, मिलाउने ? के के मिलाउने ? कति कति मिलाउने ? हामीलाई जागिर खानु छैन । अब तँजस्तालाई नांगेझार बनाउने हो । अरू केही मिल्दैन,” ती हाकिम अझ कडा ढंगले बोले ।
“तर हजुर, केही अपराध नगरीकन त्यसै हामीलाई दुःख दिनु त अख्तिायर दुरुपयोग भएन र?” मर्नुभन्दा अघि बेस्सरी चिच्याएको बोकाको जस्तै आवाज व्यापारीको मुखबाट निस्क्यो । 
“हा हा... अख्तियार । अख्तियारको भाग नलागी अहिले कतै काम हुन्छ ? छोडिदे अख्तियारको धम्की । थुनीदिन्छु दस दिन अनि थाहा पाउँछस्,” हाकिम कूटिल हाँसो हाँसे ।
यो काल्पनिक घटना होइन । एक जना व्यापारीले भोगेको घटना हो । उनले न त आफ्नो नाम बताउन सके न ती कर्मचारीको । नाम नलेख्ने सर्तमा पत्रकारसँग दुःख पोख्ने आँट मात्र गरे । सत्य घटनालाई कतैबाट प्रमाणित गरेर समाचार बनाउन नसकेपछि त्यसलाई  व्यक्त गर्न लेखको सहारा लिनुपर्ने हुन्छ । 
यस्ता घटना अनेकौं छन् । अहिले देशमा सरकारको होइन अख्तियारको शासन चलेको छ । कुनै पनि ठेक्का, टेन्डर, निर्माण, खरिद केही पनि अख्तियारको इसारा नपाईकन हुँदैन । “कर्मचारीले कुनै पनि विकास निर्माणको काममा जिम्मेवारी लिएर सही गर्दैन । अख्तियारको लाइन नआएसम्म कर्मचारीको कलम डेग चल्दैन । जुन कर्मचारीमाथि अख्तियारको आशीर्वाद हुन्छ वा लाइन आउँछ उ भटाभट सही गर्छ, भटाभट रकम उठाउँछ । कता कता दिन्छ, कसरी मिलाउँछ ऊ नै जानोस्,” एक जना वरिष्ठ भन्सार अधिकृतले बताए ।
कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले शक्तिको दुरुपयोग ग¥या ेभने केसम्म गर्नसक्छ भन्ने उदाहरण बनेको छ अहिलेको नेपाल । जहाँसुकै गए पनि, जे सुकै गरे पनि अख्तियारको डर र त्रास छ । जुन जुन व्यक्तिले अख्तियारको त्रासका कारण कुनै समस्या भोग्नुपरेको छैन तिनलाई लाग्दो हो, भ्रष्टाचारीमाथि कारबाही भएको छ, ठिकै त छ । तर अवस्था तिनले सोचेजस्तो छैन । भ्रष्टाचारीलाई होइन अख्तियारले फैलाएको सन्त्रासबाट अप्रभावित व्यक्तिलाई त्रसित पार्ने कार्य हुँदैछ । भ्रष्टाचारी त अख्तियारको आर्शीवाद लिएर मस्त भ्रष्टाचार गर्दैछ । तर, कोही पनि विरोधमा बोल्यो भने त्यसविरुद्ध कुन सरकारी निकाय प्रयोग गर्ने त्यो काम अख्तियारलाई राम्ररी थाहा छ । व्यापारी बोल्यो भने राजस्व अनुसन्धान विभाग, अरु बोले प्रहरी । अख्तियारले कुैनपनि सरकारी संस्थालाई निर्देशन पठाउने चलन बनाएको छ । कर्मचारी पनि सरकारको आदेशभन्दा अख्तियारको निर्देशनमा बढी आत्तिन्छन् । सरकारले हदै गरे दुर्गममा सरुवा गर्छ तर अख्तियारले तुरुन्त बयान दिन बोलाएर हिरासतमा राख्न सक्छ । अब यस्तो अत्यन्त बलियो बनाइएको अख्तियारले रावणमनमा काम गरेपछि के हुन्छ भन्ने प्रश्नको उत्तर सर्वत्र व्याप्त भएको छ । तर बोल्न कोही सत्तैmन । 
यो समाजलाई अख्तियारको त्रासद शासनबाट बाहिर निकाल्न एक जना निडर र हक्की व्यक्तित्व, इस्पातको छाती र फूलको मन भएको दृढ देश प्रेमी चाहिएको थियो । धेरै अख्तियार पीडितले डा. गोविन्द केसीमा त्यो अदम्य साहस र जनताका लागि मरिमेट्नसक्ने इच्छाशक्ति देखेको कारण नै अहिले नेपाली समाज स्वदेशमा र विदेशमा सबैतिर उद्वेलित भएको छ । 
कतिपयलाई लागेको छ, डा. गोविन्द केसीलाई किन अख्तियारको विरोध गर्नुप¥यो ? अख्तियारले एउटा गल्ती नै गरेको भए पनि महाभियोग किन लगाउनु प¥यो ? यस्तो कुरा दुईथरीका मान्छेको मनमा बसेको छ । एउटा साँच्चिकै मनमा कुनै स्वार्थ नभएका तर अख्तियारको सन्त्रासमा परेर दुःख नपाएका मान्छे । अर्कोथरी भने अख्तियारको प्रभाव क्षेत्रमा समाहित भएर देश र गरिब जनता चुस्ने कार्यमा संलग्न हुन कत्ति नहिच्किचाउनेहरू । डा. गोविन्द केसीको मागको मर्म बुझ्नेले पहिलो थरीलाई विस्तारै सम्झाउन सक्लान् तर कुनै पनि तवरले पैसा र शक्तिको नजिक हुन चाहने व्यक्तिलाई कसैले सम्झाउन सत्तैmन । पञ्चायत सँगै जसरी धेरैको रवाफ गयो यिनको पनि त्यही हविगत हुन्छ । तर शक्तिमा भएको बेला कसैलाई पनि मेरा पनि दूर्दिन आउँछन् भन्ने लाग्दैन । यिनका लागि राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।
व्यक्तिगत स्वार्थ नभएकालाई यो कुरा बुझाउन गाह्रो छैन । कुनैबेला देशमा भएका भ्रष्टाचार र विकृतिविरुद्ध आँैला उठाउन किन मदन कृष्ण र हरिवंशले जोखमिपूर्ण कोसिस गर्नुपरेको थियो ? सन्तोष पन्तजस्तै बीचको बाटो रोजेको भए भइहाल्थ्यो नि ! काजीका सन्तान, ठमेलमा त्यत्रो सम्पत्ति भएका गणेशमानले राजाको विरुद्धमा दुम्जाली कोइराला बाहुनको समर्थन किन गर्नुपथ्र्यो ? केशरजंग रायमाझीको वा तुलसी गिरीको बाटो समातेकाा भए रजाइँ गर्थेे । तिनलाई नपुगेको के थियो र ? लमजुङका ती निरपराध शिक्षक मुक्तिनाथ अधिकारीलाई किन माओवादीको विरोध गर्नुपथ्र्यो ? अन्य शिक्षकझैं माओवादीलाई लेभी बुझाएको भए भैहाल्थ्यो नि । तर एउटा सार्वभौम इज्जत, देशको माया र त्यागको भावना भएका व्यक्तिलाई कुनै पनि लोभ, लालच र माया मोहले देश र जनताको हितमा बोल्न रोक्न सक्दैन । डा. गोविन्द केसी त्यही अदम्य साहस र जनहितका लागि प्राण उत्सर्ग गर्नसक्ने दृढता बोकेका व्यक्ति हुन । उनलाई कुनै नरभक्षी बाघले घोक्य्राएर पठाएको ब्वाँसाहरूले गलाउन सत्तैmनन् । 
दुःख त केमा लागेको छ भने अहिले पदमा भएका धेरैलाई आफू कहिल्यैे मर्दिन र आफ्नो व्यक्तिगत हितका लागि जे पनि गर्छु भन्ने सोच जागेको छ । आफ्नो पद केही महिना जोगाउन जति पनि सुरक्षाकर्मी जुनसुकै कामका लागि दिने सुरक्षा निकाय, कसैको विरुद्ध नक्कली फाइल बनाउने कर्मचारीतन्त्र र सधैँ कुनै सुरक्षाको आवरणमा बस्न चाहने विकृत सोचका राजनीतिक नेतालाई नेपाली जनताले कति सराप्लान् भन्ने अलिकति पनि हेक्का नभएको देख्दा कविशिरोमणी लेखनाथ पौड्रयालको यो कविता सुनाउनबाहेक के नै गर्न सकिन्छ र ?
मै खाउँ, मै लाउँ 
सुख सयल वा मोज मै गरुँ
म हाँसु, मै नाँचु
अरु सब मरुन् दुर्बलहरू
भनि दाह्रा धस्ने अबुझ शठदेखि वरिपरि
चिता खित्का छाडी अभयसँग हास्यो मरीमरी ...
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC