site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । वीर अस्पताल स्थानान्तरण गर्न सरकारले भक्तपुरको दुवाकोटमा जग्गा फेला पारेको छ । वीरलाई पर्याप्त जग्गा भएको ठाउँमा सारेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाउने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले उपयुक्त जग्गाको खोजी गरिरहेको थियो । चालू आर्थिक वर्षको बजेटमा पनि यो कुरा उल्लेख छ । 
सरकारले घोषणा गरेलगत्तै न्याम्सले जग्गाको खोजी सुरु गरेको थियो । 
अस्पतालका लागि चाँगुनारायण नगरपालिका ११ र १४ वडामा पर्ने दुवाकोटको झौखेलको खाली जग्गालाई उपयोग गर्ने निर्णय गरेको न्याम्सका उपकुलपति प्रा. डा. गणेशबहादुर गुरुङले जनकारी दिए । 
अर्थमन्त्रीसहित गएको टोलीले जग्गाको अवलोकन गरेको थियो । ५ सय ७३ रोपनी क्षेत्रफल रहेको सो जग्गा उपयुक्त देखिएकाले खरिदको प्रक्रिया अघि बढाइने न्याम्सले जनाएको छ । 
अहिले अस्पताल रहेको स्थान साँघुरो भएकाले नयाँ ठाउँमा स्थानान्तरण गर्न लागिएको हो । केन्द्रीय सिटी अस्पतालका रूपमा अहिलेको ठाउँमा रहेको अस्पताल पनि सञ्चालनमा रहनेछ । 
नयाँ बन्ने अस्पताल एक हजार शय्याको हुने उपकुलपति गुरुङले बताए । अस्पतालको निर्माणछि सबैखाले उपचार नेपालमै हुने र गरिबदेखि धनीले एकै ठाउँमा गुस्तरीय उपचार गराउन सक्ने उनको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC