site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी लगानीबाट ३ सय २४ मेगावाट बिजुली उत्पादन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । निजी क्षेत्रबाट अहिलेसम्म ५० वटा जलविद्युत् आयोजना सम्पन्न भई ३ सय २४ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारले २०४९ सालमा विद्युत् ऐन ल्याएर जलविद्युत्मा निजी लगानी खुला गरेको थियो । ऐनअनुसार २०५२ सालदेखि निजी क्षेत्रका लगानीकर्ताले जलविद्युत् आयोजनामा लगानी गर्न थालेका हुन् । 
 
निजी क्षेत्रको लगानीबाट हालसम्म ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको माथिल्लो भोटेकोसी, २२ मेगावाटको चिलिमे, २२ मेगावाटको सानिमा माई, १० मेगावाटको तल्लो मोदी, १० मेगावाटको सिप्रिङ खोलालागायत ५० वटा आयोजना सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जानकारी दिए । 
 
प्रतिमेगावाट औसत १५ करोड रुपैयाँ लागत मान्दा आयोजनामा निजी क्षेत्रबाट ४८ अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानीबाट नर्वेको लगानीमा ६० मेगावाटको खिम्ती आयोजना सम्पन्न भएको छ । यो आयोजनाबाट बिजुली उत्पादन गर्न सरकारले २०५१ चैतमा लाइसेन्स दिएको थियो । त्यसपछि अमेरिकाको पाण्डा इनर्जीको लगानीमा माथिल्लो भोटेकोसीलगायत विदेशी लगानीमा आयोजना निर्माण सुरु भए पनि सरकार–माओवादी द्वन्द्वका कारण एक दशकसम्म जलविद्युत्मा विदेशी लगानी आउन सकेन । 
 
निजी क्षेत्रबाट ५ सय किलोवाटदेखि ६० मेगावाटसम्मका आयोजना निर्माण भएका छन् । पछिल्लो समय निजी क्षेत्रको लगानी विद्युत् आयोजनामा बढेको छ । प्रसारणलाइनको समस्याले भने धेरै आयोजना प्रभावित हुने अवस्था छ । हालसम्म सार्वजनिक र निजी लगानीबाट तापीय प्लान्टसमेत गरी जडित क्षमता ८ सय ६० मेगावाट पुगेको छ । विद्युत् प्राधिकरण र निजी क्षेत्रलाई गरी सरकारले २ हजार ७ सय २२ मेगावाट बिजुली उत्पादन गर्न १ सय ९ आयोजनाको उत्पादन लाइसेन्स दिएको छ । ऊर्जा मन्त्रालयले न्यूनतम ५ सय किलोवाटदेखि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माणका लागि लाइसेन्स दिएको छ । यी सबै आयोजना आगामी सात वर्षमा सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धक कम्पनीको छ । 
 
३४.५ मेगावाट बिजुली थप 
गत असार मसान्तसम्ममा निजी लगानीबाट ७ साना आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ३४.५ मेगावाट बिजुली थप भएको छ । योसमेत गरी विद्युत् उत्पादन ८ सय ६० मेगावाट पुगेको छ । गत आवमा अपि पावर लिमिटेडको साढे ८ मेगावाटको नौगाड आयोजना, कुथेली बुखरी साना जलविद्युत्को १ मेगावाटको सुस्पाबुखरी, सानिमा माई हाइड्रोपावर लिमिटेडको ७ मेगावाटको माईक्यासकेड, छ्यान्दी हाइड्रोपावरको २ मेगावाटको छ्यान्दी, १० मेगावाटको माथिलो माईखोला, खानीखोला हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको टोङगन ठोस्ने र २ मेगावाटको खानीखोला आयोजना सम्पन्न भएको विद्युत् विकास विभागले जनाएको छ । प्रतिमेगावाट औसत १५ करोड रुपैयाँ लगात मान्दा यी आयोजना बनाउन निजी क्षेत्रबाट झण्डै साढे ५ अर्ब रुपैयाँ लगानी भएको छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC