site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अस्तायो ५० वर्षको पत्रकारिताको इतिहास
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली पत्रकारिताका अग्रज व्यक्तित्व मदन ढकाल अब भौतिक रूपमा रहेनन् । उनको निधनमा पत्रकार किशोर नेपालले श्रद्धाञ्जली व्यक्त गर्दै लेखे, ‘एउटा मित्रको निधनमा अर्को मित्रको मन रित्तो र काँतर हुन्छ । मदन (ढकाल) दाइसँग तीन दशकभन्दा लामो मित्रता टुंगिएको छ ।’
मुलुकको पत्रकारिता विकासक्रम, संघर्षका देख्ने साक्षी थिए उनी । मोफसलको पत्रकारितको धरोहर र प्रेरणाका स्रोत पनि थिए उनी । उनै मदन अब हामी माझ रहेनन् । मान्छेका मार्गदर्शकका उत्प्रेरणा र ऊर्जाका स्रोत । कर्मठ, सत्यवादी र परोपकारी । विकास र पत्रकारितका क्षेत्रमा अमूल्य योगदान दिएका झापा निवासी वरिष्ठ पत्रकार अब सम्झनामा मात्र बाँकी रहे । 
पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको उपचारको क्रममा बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटल दुःखद निधन भयो । पत्रकारिता क्षेत्रमात्र नभएर साहित्य र समाज उनको असामयिक निधनप्रति स्तब्ध बन्यो । “उनको भौतिक शरीर नरहे पनि उनले बाँडेको ज्ञान, सीप, उत्साह, हौसला र माया अनि कर्मनिष्ठ, मायालु मन सदैव रहिरहने छ’ मदनप्रति श्रद्धाञ्जलीका शब्दहरू अर्पण भए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली साहित्य विकास समिति मेचीका संस्थापक सचिव ढकाल विदा भए । उसै गरी वरिष्ठ पत्रकार हर्ष सुब्बाले पनि मदनप्रति श्रद्धाञ्जली दिए । ‘अत्यन्तै दुःखद खबरले स्तब्ध भएँ । झापाका वरिष्ठ पत्रकार मदन दाइ बित्नु भएछ । ४० को दशकमा देशान्तरमा सँगै काम गरेको स्मृति ताजै छ । दाजुको आत्माको चिरशान्तिको कामना, शोक सन्तप्त परिवारमा समवेदना’
कलाकार विक्रम श्रीले पनि लेखे ‘झापाली सञ्चार जगतका पिता पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक आदरणीय मदन ढकालज्यू भौतिक रुपमा हामी बीच रहनु भएन । तपाईँ अभिभावकीय चेतनाका रुपमा सधैँ हाम्रो मन मष्तिष्कमा रहिरहनु हुनेछ ।’
सबैका आदरणीय मदन ढकालले ६५ वर्षको उमेरमा बिहीबार राति अन्तिम सांसारिक श्वास फेरे । एक वर्षअघिबाट मधुमेह र मृगौला रोगबाट पीडित उनलाई बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । 
जीवनको आधा शताब्दी पत्रकारिता क्षेत्रलाई समर्पण गरेका मदन ढकाल अन्तिम सयमसम्म पनि पत्रकारिता क्षेत्रमा क्रियाशील नै रहिरहे । उनको संगत गरेका धेरैजसोले उनलाई आदर्शका स्रोतका रूपमा लिन्छन् । 
पत्रकारिताका विज्ञ भानुभक्त आचार्यले मदनको सोच पत्रकारले पत्रकारिता क्षेत्रमै दत्तचित्त भएर लागिपर्नुपर्ने आदर्श भएका व्यक्तित्वका रुपमा मदनलाई लिएका छन् । उनले आफ्नो अन्तिम श्रद्धाञ्जली शब्दमा जिन्दगी भरि पत्रकारिता कर्ममा बिताएका व्यक्तिका रुपमा उल्लेख गरेका छन् । 
झापाकै पत्रकार राजकुमार दाहाल अभिलाषीले मदनको निधन पत्रकारिता जगतको ठूलो क्षति भएको उल्लेख गरे । पत्रकार ज्ञानेन्द्र निरौलाले पनि उनलाई सिद्धहस्त पत्रकार भने । 
सुव्रत आचार्यले मदन ढकालप्रति संवेदना दिँदै नेपाली पत्रकारितामा निष्ठाको पर्याय भनेका छन् । उनले भनेका छन्, ‘सरल जीवनशैली, नम्र स्वभाव र मिलनसारिताका धनी मदन सर अब धर्तीमा रहनु भएन । झापाली पत्रकारितामा एउटा प्रेरणा पुञ्जका रुपमा उहाँले साढे चारदशक पुर्याउनु भएको योगदान अविस्मरणीय छ । एउटा कलमजीविका रुपमा मैले उहाँसँग पाँच वर्ष (२०५७–२०६३) काम गर्ने सौभाग्य प्राप्त गरेको थिएँ । पत्रकारितामा उहाँसँगको सिकाइ आज पनि मेरो स्मृतिमा ताजै छ । एउटा अग्रज कलमकर्मी अभिभावक गुमाउनु पर्दाको पीडाले पिरोलिएको मेरो मनले भन्छ–मदन सरको भौतिक शरीर मरे पनि उहाँ शब्द र स्मृतिमा सधैं बाँचिरहनु हुनेछ । सहकर्मीका मन र मुटुमा बसिरहनु हुनेछ । सरको आत्माले चीर शान्ति प्राप्त गरोस् । हार्दिक श्रद्धाञ्जलि ।’
स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रूपमा २००९ साल जेठ १९ गते आइतबार अनारमनी १ मा जन्मिएका ढकालले बाँचुञ्जेल पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रको सेवा गरिरहे । 
यसरी सुरु भयो पत्रकारिता
मदन ढकाल २०२४ सालबाट पत्रिकाको सम्पादन, शनिश्चरे माविको बार्षिक मुखपत्र उषा र अर्चनाको सह–सम्पादन– कार्यकारी सम्पादक भए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश (१९ बर्षसम्म अध्यापन) गरे । २०२८ सालदेखि विवेचना अर्धसाप्ताहिक पत्रिकाको दार्जिलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न भए । प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, महासंघका केन्द्रीय पार्षद रहे । 
साहित्य यात्रा 
ढकालका गरिमा (काठमाडौं), बाडुली (शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काडमौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुची, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्य, समसामयिक राजनीतिक तथा समाजलेख रचना प्रकाशित भएका थिए ।
प्रकाशोन्मुख कृति
कविता संग्रह–१, कथा संग्रह– १, सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ । 
सम्मानित व्यक्तित्व
नवरंग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन शनिश्चरे माध्यमिक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतिराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार संघ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पुर्याए वापत शिलगढी–बागडोगररा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार (अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभन्न संघ–संस्थाहरूबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दन तथा सम्मानित व्यक्तित्व ।
भ्रमण
भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र चिनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशिया साहित्य, पत्रकारिता एवम् विभिन्न सामाजिक संघ–संस्थाको माध्यमबाट भ्रमण गर्ने अवसर पाए । 
परिवार
बुबा परशुराम ढकाल, श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, बुहारी एलिना ढकाल, छोरीज्वाइँ सीमा–लीलाप्रसाद घिमिरे, उमाचन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन ढकाल, लक्ष्मण ढकाल, अरुण ढकाल, सुरेश ढकाल र बहिनी दुर्गा आचार्य रहेका छन् ।  
                                                                 पूर्वाञ्चल दैनिकको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC