site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
नयाँ दिल्ली । उत्तरी भारतमा विषाक्त मदिरा सेवनबाट ज्यान जानेको सङ्ख्या २१ पुगेको समाचार छ । भारतको उत्तर प्रदेशमा घरैमा निर्माण गरेको मदिरा पिउँदा २१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 
 
यसका कारण अझै केही व्यक्ति अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 
 
भारतीय प्रहरीले जनाएअनुसार उत्तर प्रदेशको इताह जिल्लामा शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा बान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 
 
उपचारकै क्रममा आइतबार अपराह्नसम्म १७ जनाको ज्यान गएको बताइएको थियो । तर साँझ यो सङ्ख्या बढेर २१ पुगेको बताइएको छ । 
 
इताह जिल्लाका एक जना प्रहरी अधिकारी विसर्जन सिंह यादवले भने– यसअघि शुक्रबारको विषाक्त रक्सी सेवनबाट गम्भीर रुपमा बिरामी परेका व्यक्तिमध्ये १७ जनाको ज्यान गएको थियो र आइतबार साँझ यो सङ्ख्या बढेर २१ पुगेको छ । 
 
यस्तो रक्सी उत्पादन गर्ने र स्थानीय मदिरा बिक्रेतालाई प्रहरीले शनिबारै केहीलाई पक्राउ गरी मुद्दा दायर गरेको छ । 
 
भारतमा हरेक बर्ष घरेलु रक्सी सेवनबाट सयौँ मानिसको अकालमा मृत्यु हुनेगर्छ । बर्सेनि यसरी घरेलु तर विषाक्त हुने गरेको रक्सीको सेवनबाट कैयौँको ज्यान जाने गरेको र यसमा संलग्नलाई कारबाही पनि गर्ने गरिएको छ । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC