विदेश
काठमाडौं । टर्कीमा गत शुक्रवार भएको असफल सैनिक विद्रोहपछि ६ हजार जनाभन्दा बढीलाई पक्राउ गरिएको न्याय मन्त्री बेकिर बोज्दालाई उद्धृत गर्दै एएफपीले आइतवार जनाएको छ । यसरी पक्राउ गरिएकाहरूमा २ हजार ७ सय न्यायाधीश पनि रहेका छन् भने ५० भन्दा बढी सेनाका उच्च अधिकारी रहेका छन् ।
सैनिक विद्रोहका क्रममा २६५ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ १९:३०
प्रतिक्रिया दिनुहोस्