site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । चौध अनाथ बालबालिका पढाइदिने भन्दै बिचल्ली बनाउने धनकुटाकी चिनीमाया ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ । ब्लोनलाई प्रहरीले पक्राउ गरी मानव बेचविखन तथा ओसार पसारको अभियोगमा मुद्दा चलाएको छ । 
 
उनले मापदण्ड विपरित अनाथ आश्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ । ब्लोनले गरिब तथा असहाय बालबालिकालाई पढाइदिने भन्दै विभिन्न जिल्लाबाट बटुलेर जवरजस्ती धर्म परिर्वतन गर्न लगाएको समेत भेटिएको प्रहरीले जनाएको छ ।
 
६१ वर्षीया ब्लोनले ६ वर्षदेखि धनकुटामा ‘माया’ नामक अनाथ आश्रम खोलेर जाजरकोट, रुकुम, तेह्रथुम र धनकुटाका बालबालिका जम्मा गरेको र पढाइदिने भन्दै धर्म परिवर्तन गर्न लगाउने रहस्य खुलेको प्रहरीले जनाएको छ ।
 
ब्लोलले सञ्चालन गर्दै आएको अनाथ आश्रम अवैध भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला बालकल्याण समिति लगायतले बन्द गर्न सुझाव दिएका थिए ।
 
“प्रहरी, प्रशासन कार्यालय र बालकल्याण समितिले जति भने पनि उनले मानिनन्,” महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बाह्रखरीसँग भने,“अनाथ आश्रम बन्द गरेर त्यहाँ भएका बालबालिका परिवारको जिम्मा लगाउ भन्दा उनी १४ बालबालिका लिएर फरार भइन् ।”
 
धनकुटाबाट ९ बालक र ५ जना बालिकासहित काठमाडौं आएकी ब्लोनलाई प्रहरीले शंखमुलबाट पक्राउ गरेको हो । शंखमुलको साल्बेसन चर्चबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 
४ देखि १४ वर्षसम्मका बालबालिकालाई जबरजस्ती धर्म परिवर्तन गराउने प्रयास भएको पनि प्रहरीले जनाएको छ । ब्लोनले आफूले हुर्काएका बालबालिका खोसिने डरले काठमाडौं ल्याएको बताएकी छन्  ।
 
ब्लोनले धनकुटाबाट ल्याएका १४ जना बालबालिकालाई अवैध रुपमा चर्चमा राखेर जबरजस्ती धर्म परिर्वतन गर्न लगाएको भेटिएपछि प्रहरीले र्चचका पास्टर ३६ वर्षीय हरिलाल तामाङलाई पनि पक्राउ गरी अनुसन्धान थालेको एसएसपी अधिकारीले बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC