site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले १८ मेगावाटको माथिल्लो सोलु र ५ मेगावाटको खोरङाखोला आयोजनाको लाईसेन्स व्युँत्याएको छ । 
 
जलविद्युत् आयोजनाको लाइसेन्स मात्र ओगटेर बसेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वर्षअघि विभिन्न कम्पनीका नाममा रहेका १४ वटा आयोजनाको लाइसेन्स खारेज गर्न निर्देशन दिएपछि ऊर्जा मन्त्रालयले खारेज गरेको थियो । त्यसमध्ये ३७.६ मेगावाटको कावेली ए आयोजनामा सरकारको कारण ढिलाइ भएको भन्दै पहिला नै व्युँत्याइएको थियो । लाइसेन्स व्युँत्याउने विषयमा तत्कालिन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीबीच द्वन्द्व बढेको थियो । 
 
आयोजनामा धेरै काम भएको पाइएकाले विद्युत् ऐनको दफा ३५ अनुसार बेनी हाइड्रोपावर कम्पनीसंग करार सम्झौताबाट विद्यत् उत्पादन अनुमातिपत्र (लाईसेन्स) दिएको विद्युत् विकास विभागका महानिर्देशक समिररत्न शाक्यले बताए । उनका अनुसार मन्त्रिपरिषदबाट पास गरेर कम्पनीसँग करार सम्झौता भएको भएको हो । यस्तै खोरङखोला आयोजनाको पनि लाइसेन्स लाइसेन्स व्युँत्याइएको उनले जानकारी दिए । खारेज भएका केही आयोजना मुद्दामा गएको समेत उनले बताए । उनका अनुसार दुबै आयोजनाको काममा धेरै प्रगति भएको पाइएको छ ।  
 
यस्तै विद्युत् जडान सम्झौता नहुदा एक दर्जन आयोजनाको लाइसेन्स रोकिएको छ । प्रसारणलाइनको अभाव भएका कारण प्राधिकरणले जडान सम्झौता नगर्दा विभागलाई लाइसेन्सको प्रक्रिया अघि बढाउन समस्या भएको शाक्यले जानकारी दिए । प्रसारणलाइनमा ठुलो समस्या भएकाले जडान सम्झौता हुन समस्या भएको उनको भनाई छ । धेरै ठाउँमा प्रसारणलाइनको समस्या बढ्दै गएको विभागले जनाएको छ । सरकारले पर्याप्त वजेट विनियोजन गर्दे आएपनि प्रसारणलाइन निर्माणमा समस्या आएको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC