site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नेपालको राजनीतिमा भारत होइन चीनको हात : मोदी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा भारतको नभई चीनको हात रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट हुने कुनै पनि हस्तक्षेप बिरुद्ध लड्ने बताएका थिए । 
भारतबाट प्रकाशित हुने द हिन्दुमा प्रकाशित समाचारमा संसद्मा अविश्वासको प्रस्ताव सामना गर्न लागेका ओलीको सरकार जोगाउन नेपालको राजनीतिक पार्टीसँग भेटघाट बढाउने भारतीय अधिकारी नभई चिनियाँ अधिकारी भएको उनले बताए ।
 
“ओली सरकारलाई विस्थापित गर्न भारतले केही पनि गरेको छैन । उनले राम्रोसँग सरकार सञ्चालन गर्न सकेनन् । गठबन्धन सरकार ढल्यो । संसदमा बहुमत नहुँदा नहुँदै पनि सत्तामा रहिरहने ओलीको इच्छा प्रजातान्त्रिक होइन । नेपालमा चीनको हस्तक्षेप छ र उनीहरु प्रत्येक राजनीतिक दलमा प्रभाव जमाउने प्रयास गरिरहेका छन्,” मोदीलाई उद्धृत गर्दै दिल्लीको उच्च स्रोतले बतायो ।
 
ओलीले नेतृत्व गरेको नौ महिने कार्यकाल पुरा गरेको गठबन्धन सरकार नेकपा माओवादी केन्द्रले केही दिन अगाडि समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ ।
 
प्रचण्डले मे महिनामा पनि सरकारबाट समर्थन फिर्ता लिएका थिए । तर पछि भएको वार्ताबाट तत्काल उक्त  कदम फिर्ता भएको  थियो ।
 
बिहीबार काठमाण्डौमा भएको राष्ट्रिय सुरक्षा गोष्ठीमा दिएको भाषणमा ओलीले दुवै प्रयास बाह्य सक्तिबाट सञ्चालित भएको संकेत गरेका थिए ।
 
षडयन्त्रको दावी
“कांग्रेस र माओवादी केन्द्रलाई प्रयोग गरेर मेरो सरकार हटाउने योजना बनाइएको छ । किनभने नाकाबन्दीको समयमा म राष्ट्र र आत्म सम्मानका लागि उभिएँ,” ४ महिने सीमानाका बन्दलाई उल्लेख गर्दै ओलीले भने ।
 
यद्यपि उच्च तहको स्रोतले यसको प्रतिकार ग¥यो । उनले भने, “ओली सरकारले राष्ट्रवाद र राष्ट्रियताको गाना गाएको आरोप लगाइयो । यदी मधेसीहरुको दुई तिहाई नभएर चार भागको तीन भाग माग मात्रै पुरा गरेको भएको पनि समस्या समाधान हुने थियो । ओली पनि यसमा इच्छुक थिए । तर चिनियाँ हस्तक्षेपका कारण हुन पाएन ।”
 
स्रोतको हवाला दिँदै हिन्दुले लेखेको छ,“चिनियाँ राष्ट्रपति सी जिनपिङले चाँडै नै नेपालको भ्रमण गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ अधिकारी पनि उक्त भ्रमणको समयमा छलफल हुने मुद्दा छान्न लागिपरेका थिए ।”
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC