site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । गत आर्थिक वर्षको ११ महिनामा नेपालमा बैदेशिक लगानी ल्याउने कम्पनीले सवा ६ अर्ब रुपैयाँ लाभाँश भुक्तानी पाएका छन् । 


 
वित्तीय, सञ्चार, जलविद्युत्, औद्योगिक र सेवा क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी ल्याउने विदेशी कम्पनीलाई लाभाँशबापत यो रकम भुत्तानी गरेको हो । अघिल्लो आवको सोही अवधिमा नेपाल राष्ट्र बैंकले प्रत्यक्ष बैदेशिक लगानी स्वरूप ७ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो आवको तुलनामा लाभाँश भुक्तानीमा ९६ करोड रुपैयाँ कमी आएको छ । 
 
राष्ट्र बैंकका अनुसार लाभाँश लैजान स्वीकृति पाएका आधारमा वित्तीय क्षेत्रमा १ अर्ब ४८ करोड, सञ्चारमा १ अर्ब ६९ करोड २८ लाख , जलविद्युत्मा ३ अर्ब १५ करोड ४३ लाख, औद्योगिकमा १ अर्ब ३८ करोड ६८ लाख र सेवा क्षेत्रमा ४१ करोड रुपैयाँ लाभाँश वापत भुक्तानी भएको छ । 
 
विदेशी लगानकिर्ताले लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट डलरमा साटेर लैजाने  गरेका छन् । खिम्ती र भोटेकोसी आयोजनाले सिधै नेपाल विद्युत् प्राधिकरणमार्फत डलरमा लगानी फिर्ता गर्दे आएका छन् । यस्तै प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७० करोड रुपैयाँ नेपाल भित्रिएको छ । 
 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC