विदेश
अफगानिस्तान । अफगानिस्तानको दक्षिणी हेलमाण्ड राज्यमा चलाइएको तालिवानविरुद्धको हवाई आक्रमणमा २० जना विद्रोहीको मृत्यु भएको प्रान्तिय सरकारका प्रवक्ता ओमार जावकले बताएका छन् ।
गुप्तचर अधिकारीद्वारा तालिवान लडाकुले खास्कावा इलाकामा आश्रयस्थल बनाई बसेका र आफगानिस्तानको दक्षिणमा आक्रमणको योजना बनाएको बताएपछि सरकारले उक्त क्षेत्रमा हवाई कारबाही चलाएको थियो ।
हवाई कारबाहीमा १४ जना विद्रोहीको लास्कारघामा मृत्यु भएको थियो भने बाँकी अन्यको मार्जा इलाकामा मृत्यु भएको थियो ।
अफगानिस्तानको हेलमान्ड प्रान्तमा सरकारी सैनिकलाई चुनौती खडा गर्दै आएका तालिवान समूहले घटनाबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । रासस/सिन्ह्वा
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ ११:१२
प्रतिक्रिया दिनुहोस्