site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डोले बलोन डी ओर जित्नेछन : नेयमार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी
मड्रिड । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक बर्ष प्रदान गर्दै आएको फिफा बर्ष खेलाडी ‘बलोन डी ओर’ को उपाधि यसपटक क्रिष्टियानो रोनाल्डोले जित्ने बार्सिलोनाका स्ट्राइकर नेयमारले बताएका छन् ।
स्पेनमा ब्राजिलियन संचारमाध्यमसँग कुरा गर्दै नेयमारले पोर्चुगललाई युरोपियन च्याम्पियन र क्लबको लागि च्याम्पियन्स लिग जिताएको कारण रोनाल्डो ‘बलोन डी ओर’ को हकदार रहेको बताएका हुन् ।
“रोनाल्डोले च्याम्पियन्स लिग जितेका छन् र अहिले युरोकप पनि,” ब्राजिलियन स्टार नेयमारले भनेका छन् , “त्यसैले मलाई बिश्वास छ उनले यो प्राप्त गर्ने छन् ।
किनकि उनी अहिले राम्रो लयमा छन र रोनाल्डो महान खेलाडी पनि हुन् ।”
रियल मड्रिडका पोर्चुगिज फरवार्ड रोनाल्डोले अहिलेसम्म ३ पटक बर्ष खेलाडी बन्दै ‘बलोन डी ओर’ जितेका छन् । रोनाल्डोले सन् २००८ , २०१३ र २०१४ मा यो उपाधि जितेका छन् । र अहिले व्यक्तिगत प्रदर्शनकै कारण दुई ठुला उपाधि जितेकोले साबिकको बिजेता मेस्सीलाई पछि पार्दै रोनाल्डो फिफा बर्ष खेलाडी हुने नेयमारको दाबी छ ।
रोनाल्डोले क्लब रियल मड्रिडका लागि गएको सिजन यूएफा च्याम्पियन्स लिग जिताए । रियल मड्रिडले गत सिजन च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोको भूमीका महत्वपूर्ण रहेको थियो । त्यस्तै गत हप्ता फ्रान्समा सम्पन्न युरोकप फुटबलको उपाधि पोर्चुगलले जित्दा कप्तान रोनाल्डो नायकका रुपमा स्थापित भएका थिए । घाइते हुदै आयोजक फ्रान्सविरुद्धको फाइनलको सुरुवाती १५ मिनेट मात्र मैदानमा रहेका उनले समुह चरण र नकआउट चरणमा गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका थिए ।
 
यता बार्सिलोनाको स्टार मेस्सीले अहिलेसम्म पाच पटक ‘बलोन डी ओर’ जितेका छन् । सन् २००९ बाट १२ सम्म लगातार र सन् २०१५ को ‘बलोन डी ओर’ बिजेता मेस्सीले यसपटक बार्सिलोनालाई ला लिगा उपाधि जिताएका छन् । तर, अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलमा मेस्सीको कप्तानीमा अर्जे्न्टिना फाइनलमा चिलीसंग पराजित हुदै उपविजेता मात्र भएका थिए । त्यसलगत्तै मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC