site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्स युरोकपमा शकिरीको गोल उत्कृष्ट, टप १० मा रोनाल्डोको दुई गोल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी ।
पेरीस । फ्रान्समा गत हप्ता सम्पन्न युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको १५ औ संस्करणमा स्वीट्जरल्याण्डका जार्डन शकिरीको गोल उत्कृष्ट ठहरिएको छ । युरोपियन फुटबल एसोसियसन युइएफएले बिहिबार सार्वजनिक गरेको युरोकप २०१६ का उत्कृष्ट १० गोलको सूचीमा जार्ड शकिरीको गोल उत्कृष्ट ठहरिदै शिर्ष स्थानमा रहेको हो ।
 प्रि क्वाटरफाइनल अन्तर्गत पोल्यान्डबिरुद्धको खेलमा शकिरीले पेनाल्टी क्षेत्रबाट गरेको एक्रोब्याटिक गोल युरोकपको उत्कृष्ट ठहरिएको हो । पोल्यान्डबिरुद्ध एक गोलले पछि परेको अवस्थामा शकिरीले उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । तर, स्वीट्जरल्याण्ड पोल्यान्डसंग ट्राइबेकरमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
युइएफएले सार्वजनिक गरेको युरोको उत्कृष्ट १० गोलमा उपाधि बिजेता टिम पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका गोल पनि परेका छन् । च्याम्पियन पोर्चुगलका कप्तान रोनाल्डोका दुई गोल उत्कृष्ट १० मा परेका छन् । रोनाल्डोले समूह चरण अन्तर्गत हंगेरीसँगको खेलमा गरेको गोल पाँचौं नम्बरमा परेको छ भने सेमिफाइनलमा वेल्ससँगको खेलमा गरेको गोल आठौं नम्बरमा परेको छ । 
त्यस्तै फाइनलमा फ्रान्सबिरुद्ध एक मात्र निर्णायक गोल गरेका पोर्चुगिज एडरका गोल पनि उत्कृष्ट १० मा समेटिएका छन् ।
 
फ्रान्स युरोका उत्कृष्ट १० गोल
१) जार्डन शकिरी (स्वीट्जरल्याण्ड) –पोल्याण्डविरुद्ध (अन्तिम १६)
२) हाल रोब्सन कानु (वेल्स) –बेल्जियमबिरुद्ध (क्वाटरफाइनल)
३) दिमित्री पेयट (फ्रान्स) –रोमानियाविरुद्ध (समूह चरण)
४) मारेक हामसिक (स्लोभाकिया) – रुसविरुद्ध  (समूह चरण)
५) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल) –हंगेरीविरुद्ध (समूह चरण)
६) एडर (पोर्चुगल) –फ्रान्सबिरुद्ध (फाइनल)
७) एन्टोनी ग्रिजम्यान (फ्रान्स) – आइसल्याण्डबिरुद्ध (क्वाटरफाइनल)
८) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल) –वेल्सविरुद्ध (सेमिफाइनल)
९) इडन हजार्ड (बेल्जियम) –हंगेरीविरुद्ध  (अन्तिम १६)
१०) रोमेलु लुकाकु (बेल्जियम) –रिपब्लिक अफ आयरल्याण्डविरुद्ध (समूह चरण)
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC