खेल
काठमाडौँ । इसिडिसी तेक्वान्दोको शाखा डोजाङमा भएको दुई दिने टिपिसि(वल्र्ड तेक्वान्दो पिस कप्र्स) ट्रेनिङ सम्पन्न शनिबार सम्पन्न भएको छ । ढुङ्गेधारास्थीत इसिडिसिको शाखा डोजाङमा भएको विश्व तेक्वान्दो महासघं(डब्लुटिएफ) का दुई प्रतिनिधीले प्रशिक्षण गराएका थिए ।
ह्विलचियर तेक्वान्दोका खेलाडीलाई कोरियाली चोसन युनीभरसिटीका प्रशिक्षक वियोङ जी होङ र लि गोङले प्रशिक्षण प्रदान गरेको डोजाङ प्रमुख कल्याण कुँवरले बताए । ह्विलचियर तेक्वान्दो ९ महिनादेखि प्रशिक्षण शुरु गरीएको थियो । हाल डोजाङमा २० ह्विलचियर तेक्वान्दो खेलाडी प्रशिक्षणरत रहेका प्रशिक्षक कुँवरले जनाए ।
विश्व तेक्वान्दो महासघंको सहयोगमा प्रत्येक वर्ष नेपालमा तेक्वान्दो खेल विकासका लागि टिपिसि ट्रेनर आउने गर्छन् । वि.स २०६६ सालदेखि डब्लुटिएफले टिपिसि टे«निङ नेपाललाई प्रदान गर्दैै आएको छ । गत वर्ष नाकाबन्दि र भूकम्पकारण नै डब्लुटिएफले टिपिसि ट्रेनर नेपालमा पठाएको थिएन् ।
टिपिसि टे«निङ काठमाडौँको विभिन्न भेगमा एक महिना सम्म चल्ने काठमाडौँ जिल्ला कार्यसमितीका सदस्य कविराज नेगी लामाले बताए । हाल अन्य दुई भेगमा पनि ट्रेनिङ सञ्चालन भएको लामाले बताए ।
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ ०८:०१
प्रतिक्रिया दिनुहोस्