site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जितकुण्डोमा सुदूरपश्चिमाञ्चल च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौ । सुदूरपश्चिमाञ्चलले चौथो राष्ट्रिय जितकुण्डो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ५ स्वर्ण, २ रजत र २ कांस्य जित्दै सुदूरपश्चिमाञ्चल टिम च्याम्पियन बन्यो ।
नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगतामा मध्यमाञ्चल दोश्रो भयो । मध्यमाञ्चलले ३ स्वर्ण, ५ रजत र ३ कांस्य हात पा¥यो । २ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ पश्चिमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा मध्यमाञ्चलका अल्ताप दनुवार तथा महिलामा सुदूरपश्चिमाञ्चलकी अर्चना मल्ल उत्कृष्ट खेलाडी चुनिए । मध्यमाञ्चलका राजु मगर उत्कृष्ट निर्णायक ठहरिए ।
सुदूरपश्चिमाञ्चलका लागि राजु राना मगर, दीपक ढुंगाना, अर्जुन भट्ट, प्रकाश रिमाल तथा दर्शना कुँवरले स्वर्ण जिते । अमर दनुवार, अल्ताप दनुवार र रविना दनुवारले मध्यमाञ्चललाई स्वर्ण दिलाए । पश्चिमाञ्चलबाट स्वर्ण जित्ने खेलाडीमा शितल रेग्मी र आरती दनुवार रहे ।
त्यस्तै बाँकी स्वर्ण मध्यपश्चिमाञ्चलका सुमन थापा मगर र सुमिना दनुवार तथा पूर्वाञ्चलका अनिल लामाले जिते । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्रका ८४ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् ।
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC