site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
आजित बनाउन सक्छ अनलाइन कारोबारले

लीला घिमिरे

के तपार्इँ अस्ट्रेलिया वा अन्य कुनै देशबाट अनलाइन सपिङ साइट प्रयोग गरेर समान किन्ने, नेपालमा रहेको परिवार र आफन्तको मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्ने गर्नु हुन्छ ? गरिरहनु भएको छ वा भविष्यमा गर्ने सोचमा हुुनुहुन्छ भने विचार पुर्याउनु होला ।

मेरो अनुभव
अस्ट्रेलियाबाट गत अप्रिल ११ मा मुन्चाडटकमको अनलाइन बिल पेमेन्ट सेवामार्फत २० अस्ट्रेलियाली डलर काठमाडौंका दुईवटा प्रिपेड मोबाइलमा जम्मा गरेँ ।

Agni Group

क्रेडिटकार्डबाट गरिएको यो कारोबार मेरो अस्ट्रेलियालीे बैंकको खातामा मुन्चाडटकम ललितपुरको नाममा पैसा गएको तत्कालै देखियो । मुन्चाले अमेरिकी डलरबाट मात्रै कारोबार गर्ने भएकाले होला उक्त २० अस्ट्रेलियाली डलरको कारोबारका मैले २८.५५ अमेरिकी डलर तिर्नुपरेको देखियो । अरू बेलामा मेरो खाताबाट पैसा कट्टा हुनासाथ नेपालको मोबाइलमा पैसाजम्मा भएको सूचना आउँथ्यो । यसपटक भने आएन । पहिले तुरुन्तै जम्मा हुने पैसा अहिले किन भएन भन्ने त लाग्यो तर केहीसमय पछि भइहाल्ला नि भनेर खासै वास्ता गरिनँ ।

पहिले-पहिले पनि यसैगरी मैले अस्ट्रेलियाबाटै नेपालमा रहेका आमाबाबाको मोबाइलमा पैसा हालिदिने गरेको थिएँ । पैसा हालिसकेपछि मेरो इमेलमा मुन्चाबाट इलेक्ट्रोनिक बिल आउने गरेको थियो । यसपटक त्यस्तो बिल पनि आएन । यसपटक कार्डबाट पैसा तिरिसकेपछि मुन्चाकै अनलाइन प्लेटफर्ममा एउटा बिल देखापरेको थियो । त्यसलाई प्रिन्ट गर्न भनिएको थियो । प्रिन्टर जोड्नाको अल्छीले मैले त्यो बिल प्रिन्ट गरिन । मैले पहिलेजस्तै बिल मेरो इमलेमा आउने ठानेर प्रिन्ट गर्न जरुरी पनि ठानिन । तर मेरो इमेलमा यसपटक इलेक्ट्रोनिक बिल आएन । मेरो कार्डको विवरणमा भने त्यो कारोबार स्पष्ट देखिने भएकाले पनि बिल प्रिन्ट गरिनँ ।

Global Ime bank

मैले काठमाडौंका दुई प्रिपेड मोबाइलमा हालेको पैसा भोलिपल्ट सम्म पनि जम्मा नभएको खबर पाएँ । अस्ट्रेलियाली २० डलर को कम्तीमा पनि १६ सय नेपाली रुपैयाँ हुन्छ । रकम जम्मा नभएको थाहा पाएपछि मैले पहिले मुन्चाडटकमको ग्राहक सेवा विभागलाई सबै कुरा खुलाएर अप्रिल १२ मा इमेल गरेँ । मेरो इमेलको उत्तर अप्रिल १४ मा आयो । इमेलमा केही प्राविधिक समस्याका कारण रकम जम्मा नभएको जनाउ दिँदै यसबाट पर्न गएको कठिनाइप्रति क्षमा मागिएको थियो । छिट्टै सो रकमको कारोबार सम्पन्न गरिने पनि त्यसमा लेखिएको थियो । तै पनि पैसा जम्मा भएन ।

अर्को महिना अर्थात् मेको ५ तरिखसम्म पनि यो समस्या समधान भएन । यसबीचमा मैले मुन्चाको नेपालस्थित कार्यालयमा पनि फोन गरेको थिएँ । फोनमा एक जनाले अर्कालाई दिँदै गरेर बल्लतल्ल मुन्चाका प्रतिनिधिसँग सँग कुरा गर्न पाएँ । सबै बेलिविस्तार सुनेपछि उनले पनि एकछिन ‘होल्ड गर्नुस्’ सम्बन्धित विभागमा दिन्छु भनेर १० मिनेट जति मलाइ पर्खाए । तर त्यसपछि फोनको लाइन काटियो । मैले फेरि फोन गरेँ सोही नम्बरमा तर फोन उठेन ।

मुन्चाकै वेबसाइटमा अनलाइन कुरा गर्न मिल्ने भेनर एउटा च्याटबक्स पनि रहेको देखिन्छ । मैले त्यहाँबाट पनि कुरा गर्ने प्रयास गरे । आफ्नो नाम र इमेल दिए । कोही पनि च्याटमा आएनन् । मैले च्याट बन्द गरेँ । बन्द गरेलगत्तै इमेल आयो – ‘हामी तपाईलाई छिट्टै सम्पर्क गर्नेछौँ’ भनेर । तर सम्पर्क गरिएन । मैले मुन्चाको अस्ट्रेलियाकै सम्पर्क नम्बरमा फोन गरें ।

समस्याको बेलिविस्तार दोहोर्याएँ । मसँग भएको सबै प्रमाण, मैले मुन्चाको सेवा लिँदा प्रयोग गरेको इमेल, मेरो आफ्नै इमेल, बैंकको स्टेटमेन्टको फोटो, मुन्चाले नै पठाएको मेरो इमेलको जवाफ मुन्चाका प्रतिनिधिलाई उपलब्ध गराएँ । तर, पहिले त उनले मेरो कारोबारै पत्ता लगाउन सकेनन् । बल्ल बल्ल पत्ता लगाए पनि समस्या बुझ्नै सकेनन् । तैपनि, मलाई समस्या समाधान गरेर तत्काल फोनबाट जनाकारी दिने प्रतिबद्वता जनाए ।
‘मलाइ फोन नगर्नुहोस्, इमेलमात्रै गरेर जानाकारी दिए पुग्छ’ भनेर मैले फोन राखेँ । यसपटक पनि मैले एक घन्टाभन्दा धेरै समय फोनमा मुन्चाका प्रतिनिधिसँग कुरा गरेर बिताएँ तर समस्या समाधान भएन ।

ती प्रतिनिधिको न फोन आयो न इमेल, न त समस्या नै समाधान भयो । समाधान गर्दै होलन् भनेर मैले खासै केही पनि प्रतिक्रिया व्यक्त गरिन । यसैबीच आमाको मुख हेर्ने दिन आयो । मैले केही साथीलाई नेपालमा अनलाइनमार्फत आमालाई उपहार दिन मुन्चा पनि सजिलो माध्यम हुनसक्छ भनेको पनि थिएँ । कतै तिनले मेरो विश्वासमा मुन्चाको भर परेका भए मलाईसमेत नमजा हुनेभयो भनेर धुकचुक लागिरह्यो ।

समस्या समाधान नभएपछि मैले मे १५ बिहान मुन्चाको अस्ट्रेलियाको सम्पर्क नम्बरमा फोन गरें । दुई जनाले मसँग कुरा गरेपछि र मेरो समस्या दुबै जनालाई १०–१० मिनेट लगाएर सुनाएँ । बल्ल ग्राहक सेवामा मेरो फोन पुग्यो । त्यहाँ पनि मैले अर्को १० मिनेट खर्च गरेर समस्या सुनाएँ । मेरो इमेल आईडी दिएँ । पहिले पनि मैले सबै प्रमाण उपलब्ध गराएको छु त्यो हेर्नुहोस् भने । सबै कुरा गरिसकेपछि उनको पनि उही जवाफ अयो, “यो प्राविधिक समस्या हो, अहिले कार्यालयमा प्राविधिक कर्मचारी आइसकेका छैनन्, उनीहरु आएपछि यो सबै कुरा उनीहरूलाई जनाकारी गराइदिन्छु । अनि तिनले तपाईँलाई फोन गर्नेछन् ।”

मैले अरू केही भनिनँ । यतिमात्र भनें, “मलाई फोन गर्नु पर्दैन । यो समस्या समाधान गर्नुस् अनि मलाई एउटा सानो इमेलबाट जनकारी दिनुहोस् । त्यति भएपुग्छ ।”

उनले हुन्छ भने ।

मैले उनलाई इमलेमार्फत् थप भने, “आजै मेरो समस्या समाधान नभए मैले अन्य कुनै माध्यमबाट मुन्चाको यो कार्यको उजुरी गर्नु पर्नेहुन्छ । आज बेलुकासम्म पनि समस्या समाधान नभए म त्यस्तो पनि गर्नेछु ।”

यो गुनासोको बेलिबिस्तार सार्वजनिकरूपमा गर्नुको एउटै उद्देश्य सेवा प्रदायकले दिनुपर्ने आधारभूत सेवा नदिँदा मैले भोग्नुपरेको समस्याको उजागर गर्नुमात्रै हो । मुन्चालाई सम्पर्क गरेको फोन नम्बरमा पैसा लाग्ने रहेछ भने मैले नेपालको मोबाइलमा ट्रान्सफर गरेको २० अस्ट्रेलियाली डलरभन्दा निकै धेरै रकम मैले गुमाइसकेको हुनेछु । त्यसमा मैले प्रयोग गरेको इन्टरनेट सेवा प्रदायकको रकम अलग्गै छ ।

मुन्चाले भनेजस्तै यो प्राविधिक कारण होला । भैगो बदनियतको शंका नगरौँ । तर स्पष्ट कारण त थाहा पाउनु प¥यो नि ! अर्को मैले यो समस्याका बारेमा जनकारी गराएकै महिना दिनभन्दा धेरै भयो । हो अनलाइन र डिजिटल प्लेटफर्ममा कारोबार हुँदा यस्ता समस्या आउँछन् तर समाधान पनि भइहाल्छन् । समस्या समाधान हुन नसके त्यसरी कारोबार गरिएको रकम विनाझन्झट फिर्ता पनि गरिदिन्छन् । तर मुन्चामा भने कोही पनि जिम्मेवार भएको देखिएन ।

अन्ततः मुन्चाको इमेल आयो । इमेलमा लेखिएको थियो, “हामी तपार्इँलाई मोबाइलमा सफलतापूर्वक ब्यालेन्स ट्रान्सफर भएको जनाकारी गराउन चाहन्छौं । रिचार्ज भए नभएको जाँच गर्नुहोला ।” यस पटक पुुगेछ ।

नेपालमा यसरी अनलाइनबाट हुने कारोबारको पारदर्शी रेकर्ड राख्ने संन्यत्र पनि छैन । र कसैले बदमासी गरे कारबाही र सजायको स्पष्ट व्यवस्था पनि छैन । यस्तोमा उपभोक्ता नै सचेत हुकुको विकल्प छैन र पारदर्शिता र उत्तरदायिता बड्ढाउन उपभोक्ताले ठूलै भूमिका खेल्न सक्छन् ।

उपभोक्ता स्वयं सचेत नहुने हो भने नियमन कमजोर भएको हाम्रोजस्तो मुलुकमा कारोबारमा प्रविधिको प्रयोग जोखिमपूर्ण हुनसक्छ । तर, उन्नत प्रविधि नअपनाई त हुँदैन । यसैले नियमन र उपभोक्ता सचेतना बढाउने कार्यलाई पनि पूर्वाधारकै रूपमा लिनु आवश्यक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC