site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सम्पादकीय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ यो सरकारको बदनियत र मूर्खताको पछिल्लो उदाहरण हुन पुगेको छ । नेपालको संविधान, २०७२ अक्षर र भावनाविपरीत मात्र हैन यो निर्देशिका जस्केलाबाट जारी गरिएको छ । एकातिर 'अनलाइन सञ्चारमाध्यम' भन्ने र अर्कातिर त्यसलाई व्यवस्थित गर्न 'सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४' अन्तर्गत निर्देशिका बनाउने कार्य आफैँमा रकमी फट्याँइ हो । यस्तो रकमी बाटो राजनीतिक नेतृत्वलाई कर्मचारीले देखाएको हुनसक्छ । यसैले पत्रकार वा अरू कसैले अदालतमा चुनौती दिएपछि खारेज गर्नुभन्दा राजनीतिक नेतृत्वले नै निर्देशिका फिर्ता लिनु बुद्धिमानी हुनेछ । 
 
नेपालको संविधान, २०७२ को धारा १९. ले स्पष्ट गरेको छ संविधानले सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन प्रसार गर्न कानुनबमोजिम बाहेक पूर्व प्रतिबन्ध नलगाउने, सञ्चारमाध्यममा कुनै सामग्री मुद्रण, प्रकाशन, प्रसारण गरेबापत बन्द, जफत वा दर्ता खारेज नगर्ने र अवरुद्ध नगर्ने प्रत्याभूति गरेको छ । यस धारासँग स्पष्ट बाझिने गरी अनलाइन सञ्चारमाध्यम बन्दसम्म गर्न सकिने लेखिएका हुनाले यो निर्देशिका स्वतः बदरभागी छ ।  सरकारले सञ्चारमाध्यमसम्बन्धी प्रचलित ऐनमा टेकेर वा नयाँ ऐन बनाएर यसलाई व्यवस्थित गर्न खोजेको भए त्यसमा छलफल आवश्यक र उचित हुन्थ्यो । तर, यो निर्देशिका त सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ अन्तर्गत पो जारी गरिएको छ । निर्देशिकाको प्रस्तावनामा उल्लेख गरिएको छ - "अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्न आवश्यक भएकाले सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ ।" सरकारले टेकेको सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ मा लेखिएको छ - "निर्देशिका वा दिग्दर्शन बनाउन सक्न निर्देशिका वा दिग्दर्शन बनाउन सक्ने : नेपाल सरकारले सरकारी कार्यालयको काम कारबाहीलाई प्रक्रियागत ढङ्गबाट छिटो, छरितो र मितव्ययी रुपमा सञ्चालन गर्न वा कार्य सम्पादन गर्न आवश्यक निर्देशिका वा दिग्दर्शन बनाई लागु गर्न सक्नेछ ।" यसैले पनि यो निर्देशिका छलफलका लागिसमेत योग्य छैन ।
 
अनलाइन सञ्चारमाध्यम भए पनि यसको व्यवस्थापन गर्ने निर्देशिका सरकारी काम कारबाहीको प्रकियागत सरलताभित्र पर्छ भन्ने रकमी तर्क गर्न सकिएला तर त्यो हास्यास्पद तर्कमात्र हुन्छ । यसैले संविधानको अक्षर र भावनाको सम्मान गर्ने हो भने सञ्चारमाध्यमलाई पत्रकार आचार संहिताअनुसार नियमन र नियन्त्रणका लागि आत्मानुशासनप्रति प्रवृत्त गराउनुपर्छ । कुनै माध्यमबाट अपराध भएका खण्डमा मूलतः सञ्चारसम्बन्धी ऐननियमअनुसार कानुनबमोजिम कारबाही गरे हुन्छ । संविधानले निर्देश गरेअनुसार संसद्ले ऐन बनाएर थप नियमन गरे हुन्छ तर अर्कै प्रयोजनका लागि बनेको ऐनले दिएको अधिकार प्रयोग गरेर यस्तो निर्देशिका जारी गर्नु लोकतान्त्रिक सरकारलाई सुहाउँदैन । यो त अधिनायकवादी शासकले अपनाउने कायरतापूर्ण उपाय हो । यसैले सरकारले फिर्ता लिएर निर्देशिकासम्बन्धी विवादबाट मुक्त हुनु बुद्धिमानी हुनेछ । संविधान कार्यान्वयनको आरम्भमै यस्तो गलत बाटो अपनाउँदा लोकतन्त्र सुदृढ हुँदैन । 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC