site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीको छाउपीडा

सुनिल सापकोटा

कर्णालीलाई प्रकृतिले कन्जुस नगरी दिएको सुन्दरताको वर्णन शब्दमा हुनसक्तैन । त्यहाँ पुगेपछि थाहा हुन्छ कर्णाली त भूस्वर्ग पो रहेछ । तर कर्णाली भन्ने शब्द सुन्नेबित्तिकै पर्ने छाप चाहिँ ठीक उल्टो छ । भोकमरी, गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास, कुरीति, परम्परागत सोच भएको नर्कजस्तो ठाउँ हो कर्णाली भन्ने छाप पर्छ । सानोमा स्कुलमा पढ्दा कर्णालीका बारेमा सुनेको जानेको यस्तै थियो । हो, त्यही कर्णाली पुग्ने अवसर जुट्यो । कर्णाली त धर्तिमा स्वर्गको टुक्रा पो रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राकृतिक र भौगोलिक स्रोतका कारण अपार सम्भावना भएको कर्णालीमा गरिबी र अन्धविश्वास पनि उत्तिकै व्याप्त रहेछ । महिनावारी अर्थात् यहाँका बासिन्दाको भनाइमा ‘छुई हुने’ महिलाले छाउपडी गोठमा बस्नुपर्ने पर्ने बाध्यता यस्तै एउटा अमानवीय चलन रहेछ । छाउपडी गोठमा बसेका महिलाको दु:ख र पीडाजन्य यातना हेर्दा जङ्गली युग दोहोरिएजस्तो लाग्छ ।

छाऊ गोठमा बसेका महिलाले विषालु र हिंस्रक जङ्गली जनावरको मात्र हैन अन्य अकल्पनीय सामाजिक हिंसाको सिकार बन्नु पर्दो रहेछ । कतिपय महिलाहरु मध्य रातमा मस्त निद्रामा परेको बेला बलात्कारको सिकार बन्दा रहेछन् । यहाँका युवा मध्यरातमा सिकार खेल्न छाउपडी गोठमा जाने गरेको आरोप पनि लाग्ने गरेको छ । महिनावारीको समयमा महिलालाई घरबाट निकालेर कहालीलाग्दो एकलासमा ठाउँमा पठाउनु कहाँको न्याय हो ? देशकै पूर्वी क्षेत्रका गोठमा त पशुमात्र बस्ने गर्छन् । के पश्चिमका महिला पशु हुन् ? यस्तो परम्परा समाज विरोधी अमानवीय कार्य हो । महिलाहरू शारीरिक र मानसिकरूपमा कमजोर हुने समयमा पारिवारिक हेरचाहको आवश्यकता पर्छ । त्यही बेलामा पशुजस्तो जङ्गलमा लखेटिनु पर्ने कस्तो चलन हो ?

Global Ime bank

सहरका र अन्य ठाउँका महिला महिनावारी हुँदा घरमा परिवारसँगै बस्न हुने तर कर्णालीका महिलाका हकमा मात्र छुई हुँदा अछूत र अपवित्र मानिने पनि न्यायोचित हुनछ ? यो त सामाजिक कुप्रथा हो । यसले कर्णालीका महिलालाई छाउपडी पठाउने नाममा छाउपीडा दिनेगरेको छ । नारीलाई असुरक्षित बनाउने हुनाले यो कुप्रथा धार्मिक दृष्टिमा पाप हो भने महिलामाथि गरिने अत्याचार र यातना भएकाले छाउपडी कानुनतः दण्डनीय अपराध पनि हो । छाउपडी कुप्रथा भएकाले यस्ता छाउ गोठ तत्काल भत्काउने अभियान थालनी गर्नुपर्छ ।

सब मिलेर कर्णाली, सुदुरपश्चिम र यसका आसपासमा भएका यस्ता यातना गृह भत्काउने कार्यमा जुट्ने हो र राज्यले त्यस क्षेत्रका महिलामा चेतना बढाएर सशक्तीकरण गृन ध्यान दिने हो भने यस्तो कुप्रथा बन्द हुन्छ । साथै, त्यहीँका महिलाले यस कुप्रथाविरुद्ध विद्रोह गर्नुपर्छ । छाउपडी प्रथालाई जरैदेखि उखेलेर फाल्नु महिला मुक्तिका लागि गरिने एउटा कोसेढुंगा हुनेछ । छाउपडीको पीडाबाट अब कर्णालीका महिलाले मुक्ति पाउनै पर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC