site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन हुँदैछ कांग्रेसको निर्णय क्षमतामा ह्रास ?

नेपालमा लामो समयसम्म नेपाली कांग्रेसले गर्ने निर्णय र लिने अडानको पक्ष र विपक्षमा नेपालको राजनीति उभिन्थ्यो । प्रजातन्त्रकालमात्र हैन, राणाविरुद्धको क्रान्ति र पञ्चायतकालमा पनि कांग्रेसको निर्णय र अडान हेरेर अरूले रणनीति बनाउथे भने कांग्रेसको निर्णय र अडानका पक्षमा जनमत देखिन्थ्यो । कांग्रेसको यही विशिष्ट चरित्र नै निर्वाचनमा मत पाउने प्रमुख आधार हुन्थ्यो । संगठन निर्माणका लागि कांग्रेसले धेरै क्रियाकलाप सञ्चालन गर्ने गरेको त्यति पाइँदैन । राष्ट्रिय राजनीतिलाई प्रभावित तुल्याउने उसको निर्णय क्षमता नै कांग्रेसको शक्ति हुँदैआएको हो । यो निर्णय क्षमतामै उसको संगठन टिकेको हो भने पनि हुन्छ । तर, पछिल्ला दिनमा कांग्रेस बिस्तारै अनिर्णयको बन्दी बन्दै गइरहेको छ ।
राष्ट्रिय राजनीतिले संविधान निर्माणको एक वर्ष पुग्दासम्म पनि गति लिन सकिरहेको छैन । मधेस असन्तुष्ट छ । प्रमुख प्रतिपक्षी दल ‘नियतवश’ संविधान संशोधनका विषयमा नकारात्मक बनिरहेको छ । सीमांकनको विषयमा गंभीर गृहकार्य, कुनै पनि प्राविधिक संरचनामा हुनसकिरहेको छैन ।

निर्वाचनका लागि आवश्यक कानुन निर्माणको विषयलाई पनि मन्त्रालयको नियमित काममा सीमित गरिदिइएको छ । मधेसी समुदायसँग कुन कुन विषयमा संशोधन गर्ने हो भन्ने सन्दर्भमा गंभीरतापूर्वक संवादको थालनी हुनसकेको छैन । प्रचारात्मक अभिप्रायले संवाद गर्ने र त्यसमा दुवै पक्ष ‘अडिलो’ रहेको समाचार बाहिर फ्याक्ने खेलभन्दा पर गएर संवादको थालनी हुन सकिरहेको छैन । यी सबै तत्काल सम्बोधन गर्नै पर्ने सवाल हुन् । तर, पनि यी सवाललाई प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीरतापूर्वक लिएको देखिँदैन । उनको सचिवालय वा सल्लाहकार समूह (किचेन क्याबिनेट¬) कुनै गृहकार्यमा संलग्न भएको देखिएको छैन । प्रतिपक्ष दलले संविधान संशोधनको औचित्य खोज्दै सडकमा पुुग्ने चेतावनी दिइसकेको छ । संविधान कार्यान्वयनमा चुनौती देखिएको र संविधानले दिएको ‘समयावधि’भित्र चुनाव नै हुन नसक्ने अवस्था सबैले थाहा पाउने गरी उपस्थित भइरहेको अवस्थामा प्रमुख विपक्षी दललाई संशोधनको औचित्य स्पष्ट पार्न सरकार असफल देखिँदै छ । 
यी र यस्ता समस्याको चक्रव्यूहमा देश रुमलिइरहेको परिस्थितिलाई नेपाली कांग्रेसले ऐतिहासिक अवसरका रूपमा लिएर समस्या समाधानमा महत्वपूर्ण अग्रसरता लिन सक्नुपर्ने हो । तर, त्यसो देखिइरहेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले यी सवालमा महत्वपूर्ण अग्रसरता लिन नसकेको मात्र हैन वर्तमान सरकारको साझेदारका हैसियतले मात्र पनि समस्या समाधानका लागि कुनै भूमिका निर्वाह गर्न नसकेको आरोप पार्टीभित्रैका नेता कार्यकर्ताले लगाउन थालेका छन् । आन्तरिक गुटबन्दीमा जकडिएको र सानो घेरा बनाई संवादको संस्कृतिलाई बेवास्ता गर्ने प्रवृत्ति नेतृत्वमा व्याप्त भएका कारण नै कांग्रेसको निर्णय क्षमतामा ह्रास देखिएको हो । यस प्रवृत्तिको अन्त्य गरेर पार्टीभित्रको आन्तरिक संवाद प्रक्रियालाई तीव्रता दिँदै महत्वपूर्ण निर्णयका आधारमा अग्रसरता लिन कांग्रेसले अब विलम्ब गर्नु हुँदैन । इतिहास सम्झेर, वर्तमानले दिएको दायित्व बहन गरेर बलियो इच्छाशक्तिका साथ प्रस्तुत नहँुदासम्म कांग्रेस र मुलुक दुवै समस्याको चक्रव्यूहमा परिरहनेछन् । 


मधेसलाई काठमाडाैंबाट हेर्ने दृष्टिकोणले मधेसी समुदायका माग सम्बोधन गर्न सकिँदैन । मधेसी समुदायसँग सार्थक संवाद जरुरी छ । पार्टीभित्रको संवाद प्रक्रियालाई फराकिलो बनाउँदै मधेसी समुदायसँग संविधान संशोधनका विषयमा गम्भीर संवाद हुनै पर्छ । त्यसो त कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तराईको भ्रमणमा छन् । उनले त्यहाँबाट दिने सन्देशका आधारमा पार्टी सभापति शेरबहादुर देउवाले राजधानीमा हुने औपचारिक बैठकमा संविधान संशोधनका विषयमा पार्टीको धारणा प्रस्तुत गर्न सक्छन् । पौडेलको भ्रमण सकिएपछि दुई नेता बसेर संविधान सशोधनको सन्दर्भलाई कसरी टुङ्गोमा पु¥याउने भन्ने बारेमा पार्टीको आधिकारिक धारणा तय गर्न सक्नुपर्छ । र, यसरी तय गरिएको धारणामा सबै पक्षलाई सहमत बनाई देशको अवरुद्ध राजनीतिलाई गति दिलाउन सक्नुपर्छ । अहिलेलाई यतिमात्र गर्न सक्यो भने पनि कांग्रेसले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएको मान्न सकिनेछ । 

Global Ime bank


संविधान संशोधनका सम्बन्धमा आफ्नो ‘बटम लाइन’ तय गरेर सबैलाई सहमत गराउन सक्ने हो भने त्यसपछि लगत्तै चुनावको तयारी हुन्छ । अड्किएको राजनीतिलाई गतिशील बनाउँदै लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिनसक्न हो भनेमात्र लोकतन्त्र बलियो हुँदै जाने हो । लोकतान्त्रिक संस्थाहरू बलियो भए र लोकतान्त्रिक प्रक्रियाले निरन्तरता पायो भने समस्याको समाधान सहजै भेटिन्छन् । त्यतिमात्रै हैन, हामीले व्यवहारिकरूपमा अभ्यास गर्न चाहेको समावेशिताको सही अभ्यास पनि लोकतान्त्रिक प्रक्रियाको गतिशीलतासँगै गर्न सकिन्छ । त्यसकारण लोकतान्त्रिक पद्धतिको उपलब्धि अनुभूति गर्न पनि गतिशीलता जरुरी छ । त्यसका लागि पुरानो, ठूलो र लोकतन्त्रप्रति प्रतिबद्ध रहेका कारण नेपाली कांग्रेसको अग्रसरता अपेक्षित छ । यो भूमिका निर्वाहले कांग्रेसले राजनीतिक लाभ त लिन सक्ला नै सँगसँगै मुलुकको लोकतान्त्रिक अभियानमा समेत त्यसले महत्वपूर्ण योगदान पु¥याउने छ । 


विडम्बना, कांग्रेसका पछिल्ला गतिविधि हेर्दा यो भूमिका पूरा होला भनेर अपेक्षा गर्न पनि सकिने अवस्था छैन । जल्दाबल्दा विषयमा निर्णय लिन बसेको केन्द्रीय समितिको बैठक त्यसै सकियो । महाभियोगको प्रस्ताव, प्रस्ताव आउने प्रक्रिया र त्यसलाई किनारामा पु¥याउने तरिकाका सम्बन्धमा कांग्रेसले लिने निर्णय नै अन्तिम हुने हो । तर, निर्णय लिन सकिरहेको छैन । कांग्रेसकै निर्णय अभावका कारण त्यो प्रक्रिया लम्मिरहेको छ । मधेसी दलहरूमध्ये अधिकांश लोकतन्त्रवादी नै देखिन्छन् । उनीहरूसँग संविधान संशोधनका सम्बन्धमा कांग्रेसले जति सहजरूपमा संवाद गर्न सक्ला, अन्य दलले संवाद गर्न गाह्रो पर्छ । कांग्रेसले यस विषयमा अग्रसरता नलिएकै कारण समाधान पर पर धकेलिँदै गएको हो । त्यसका लागि पहिले कांग्रेस आफै स्पष्ट र बलियो इच्छाशक्ति लिएर आउन जरुरी छ । समयले फेरि पनि कांग्रेसको अग्रसरता खोजेको छ मुलुकको अग्रगतिका लागि । कांग्रेस आफ्नो विगतको क्षमता र पहिचानलाई पुनः प्रदर्शन गर्न सक्षम हुन्छ कि हुँदैन ? प्रतिक्षको विषय भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC