site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फास्ट ट्रयाक, रोजगारी र बिदेसिएका युवा

प्रसंग कोट्याउनुअघि मसँग यस विषयका केही प्राथमिक तथ्यांक छैनन् भन्ने जानकारी दिन चाहन्छु । यहाँ मैले जे देखेको छु र जे मनमा आएको छ त्यतिमात्र लेख्दैछु ।

फास्ट ट्रयाक फेरि स्वदेशीले नै बनाउने समाचार पढ्न पाइयो । यो सराहनीय कदम हो । पहिलो मोडल गलत थियो भन्ने सञ्चार माध्यममा धेरै चर्चा भएको थियो । म त्यसमा अहिले जान चाहन्नँ । म त फास्ट ट्रयाक आयोजनालाई बहुद्देश्यीय आयोजना बनाउन सकिन्छ भन्नेमा चर्चा केन्द्रित गर्न चाहन्छु ।

करिब तीन वर्षअघिको कुरा हो । धनकुटा जिल्लामा साना सहरी खानेपानी आयोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण हुँदा इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको थिएँ । आयोजना समापन हुने चरणसम्म त्यहाँ बस्न नपाए पनि दुई वर्षअघि सो आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएको थियो । करिब दुई वर्षअघि समाप्त गरी हाल खानेपानीको सुविधा उपलब्ध गराइरहेको धनकुटा खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत करिब ३० करोडको हाराहारीमा थियो । मलाई लाग्छ, त्यसको २० देखि ३० प्रतिशत रकम अदक्ष कामदारका लागि थियो । आयोजना बनाउने ठेक्का पाएको निर्माण कम्पनीले करिब ८-१० करोडको त्यो काम गर्न धनकुटामा मान्छे पाएन । किनभने, अहिले मुलुकमा काम गर्ने युवा जमात छैन । सो कामका लागि निर्माण कम्पनीले भारतबाट समेत कामदार ल्यायो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रसंग कोट्याउनुको एउटामात्रै उद्देश्य के हो भने मझ्यौला स्तरको मानिने त्यस आयोजनाका लागि समेत आवश्यक जनशक्ति नेपालमा नभएपछि र जनशक्ति आयात गर्नुपरेको थियो । ट्रकमा आएर करिब एक महिना काम गरेर ती कामदार घर फर्कन्थे । त्यसपछि अर्को समूह आउँथ्यो । त्यतिबेला अदक्ष कामदारको प्रतिदिन मूल्य जिल्ला दररेटअनुसार (मलाई सम्झना भएसम्म) धनकुटा जिल्लामा ५०० देखि ७०० रुपैयाँको बीचमा थियो । अर्थात्, महिना दिन काम गर्ने हो भने करिब बीस हजार रुपैयाँको हाराहारीमा कमाइ हुन्थ्यो ।

अब अर्को प्रसंग । भरखरै सञ्चार माध्यममा आएअनुसार विदेश जाने नेपाली कामदारको संख्या घटेको छ तर रेमिटेन्स सामान्य बढेको छ । मलेसियाले रोजगारीका लागि (पहरेदार) नेपालीभन्दा बंगलादेशीलाई बढी प्राथमिकता दिने भन्ने पनि समाचारमा आएको छ । बाहिर गएका कामदारको पनि मासिक आम्दानी ३० हजारको हाराहारीमा छ । हामीले अहिले नै बाहिरिएका जनशक्ति राज्यभित्र कसरी व्यवस्थापन गर्ने भनेर विचार नगर्ने हो भने पछि जटिलता थपिँदै जाने अवश्यम्भावी छ । बाहिरको खर्चको तुलना गर्ने हो भने र धनकुटाको मैले पेस गरेको उदाहरण लिने हो भने अदक्ष कामदारको आम्दानी देश बाहिर र भित्र खासै फरक भने छैन । अचम्म मान्नुपर्ने विषयचाहिँ आफ्नो परिवार चलाउन बाध्यतावश युवा जनशक्ति बिदेसिँदै छ, अनि हामी सोही अनुपातको पारिश्रमिक दिएर जनशक्ति आयात गरिरहेका छौँ ।

Global Ime bank

हाम्रो देश यिनै बाहिर गएकाको पसिनाले चलेको छ भन्दा खासै फरक नपर्ला । अब राज्यको तर्फबाट पनि सोच्ने बेला आएको छ । फास्ट ट्रयाकजस्ता आयोजनालाई किन यिनको रोजगारीको अवसर नबनाउने ? फास्ट ट्रयाक एउटामात्रै आयोजनामा अदक्ष कामदार १० हजारकै हाराहारीमा आवश्यक पर्लान् । नेपाल सरकारले आयोजनाहरूलाई विकास र राष्ट्रिय गौरवको आयोजनाको रूपमा मात्र नहेरेर रोजगारीको अवसरका रूपमा पनि हेर्नुपर्ने बेला आइसकेको छ । बाहिरी मुलुकमा पसिना चुहाएर देशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष योगदान गर्ने नेपाली नागरिकलाई राज्यले रोजगारीको अवसर दिन सक्छ । केही व्यवस्थापकीय विषयमा ध्यान दिन सक्ने हो भने सरकारलाई फाइदा पनि हुन सक्ने देखिन्छ । साथै हाल आयोजना निर्माणमा भइरहेको ढिलासुस्ती र टेन्डरमा विभिन्न चरण पार गर्नुपर्ने बाध्यताका कारणले गर्दा पनि एक-दुर्इवटा आयोजनालाई फरक ढंगले सञ्चालन गरी हेर्नु सान्दर्भिक हुने देखिन्छ । हालै संशोधन गर्ने भनिएको खरिद ऐन र नियमावलीमा राज्यका आयोजनालाई रोजगारीको अवसरका रूपमा हेरेर पनि लागत अनुमान तयार गर्न सकिने भन्ने खालका प्रावधानहरू रहेका छैनन् ।

यस्ता आयोजनामा बाहिरिएका जनशक्तिको उपयोग गर्न अहिले देखिएको सबैभन्दा ठूलो चुनौती त्यस्ता जनशक्तिले के-कस्ता क्षमता लिएर फर्केका छन् भन्ने अभिलेख नहुनु पनि हो । बाहिरबाट रोजगारीबाट फर्केकाको नामनामेसी (रोस्टरिङ) तयार गर्नु आवश्यक हुन्छ । काममात्र नभर्इ उनीहरु केही क्षमता पनि बोकेर फर्केका हुन्छन् । र, राज्य त्यस्तो क्षमतालाई तिखार्नेतर्फ अग्रसर हुनु जरुरी देखिन्छ । बाहिरको रोजगारीबाट फर्केकाहरू सामान्यतः निर्माणकै काममा लागेका छन् । एक किसिमले त्यसमा उनीहरू अनुभवी पनि छन् । सो अनुभवलाई आयोजना निर्माणकत्र पूर्वचरणमा थोरै तालिमका माध्यमबाट तिखारिदिने हो भने कामदारको अभावमा विकासको काम रोकिन बन्द हुनेछ । त्यसले अब हुने विकासमा लुब्रिकेन्टको काम गर्न सक्छ ।

जलविद्युत् जस्ता आयोजनामा रोजगारीसँगै सेयरको व्यवस्था पनि गरे त्यसले कामपछि सामाजिक सुरक्षा रकमको पनि काम गर्न सक्छ र राज्यको आर्थिक भार घटाउनेतर्फ पनि सहयोग पुग्न सक्छ ।

विदेशबाट फर्केकामध्ये कसले रोजगारी पाउने, प्राथमिकता कसरी निर्धारण गर्ने भन्ने हुन चुनौतीपूर्ण बन्न सक्छ । तर, राज्यले पहल गरेको खण्डमा क्षेत्रीय, बाहिर रहँदा गरेको कामको दक्षता र अन्य मापदण्डका अनुसारछुट्याएर अवसर दिन सकिन्छ । अब बन्ने आयोजनाले युवा जनशक्तिको उपयोगमा पनि ध्यान देओस् र बिस्तारै आयातित जनशक्ति प्रतिस्थापित गर्न सकियोस् भन्नेमा ध्यान दिइनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC