site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सेयर बजार एक वर्षको अवधिमा झण्डै दोब्बर बढेको छ । गत असारमा ९ सय ६१ विन्दुमा रहेको नेप्से परिसूचक हालसम्म आईपुग्दा झण्डै दोब्बर बढेर १ हजार ६ सय ९० अंकमा पुगेको छ । 
 
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७२/०७३ को मौद्रिक नीतिमा पुँजी वृद्धिको निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाले हकप्रद र वोनस सेयर जारी गरेपछि नेप्से परिसूचकको ग्राफ उकालो लागेको हो । 
 
यस्तै गएको माघदेखि कागज रहित (डीम्याट) प्रणालीबाट सेयर कारोबार सुरु भएपछि सहजता बढेको र संविधान जारीपछि राजनीतिक अस्थिरता अन्त्य हुने संभावना बढ्दा सेयर बजारमा उछाल आएको बजार विश्लेषकको भनाइ छ । सेयर बजारमा उछाल आएपछि धितोपत्र बोर्डले ३ पटक विशेष सर्कुलर जारी गरेको थियो ।
 
 
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिपछि हकप्रद र वोनस सेयर बजारमा आउन थालेको र लगानीयोग्य पुँजी (तरलता) बढेपछि बैकको व्याज दर घटेकाले यसको सकरात्मक प्रभाव सेयर बजारमा परेको विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । सेयर बजार आधुनिक प्रणाली डिम्याटमा गएपछि सहज रुपमा कारोबार हुँदा पनि यसले बजार बढाउन सहयोग पुर्याएको उनको ठम्याई छ । 
 
जलविद्युत लगायत विमा र लघुवित्तको परिसूचक बढ्दा समग्र बजार माथि आएको उनको भनाइ छ । “बजार धेरै माथि पुगे पनि धेरै सच्चिने (करेक्सन) संभावना देखिदैन”, उनले भने, “आगामी आर्थिक वर्षका मौद्रिक नीतिले पनि सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) मा बजार मूल्यको ५० प्रतिशत कर्जा लगानीको व्यवस्था गरेकाले बजारमा धेरै करेक्सन हुने संभावना देखिन्दैन ।” “चालु आवको मौद्रिक नीतिले सेयर बजार बढाउन सहयोग गरेको छ”, उनले थपे, “आगामी आवको मौद्रिक नीति पनि सेयर बजार मैत्री रहेकाले बजारमा उछाल आउने संभावना पनि त्यत्तिकै देखिन्छ ।”
 
बजारमा साना लगानीकर्ता बढेकाले यसको असर नेप्सेमा परेको धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी बताउँछन् ।  हल्लैहल्लामा सेयर बजार बढ्ने गरेका बताउँदै उनले भने, “यसले लगानीकर्तामा जोखिम पनि बढाएको छ । बजार बढ्नु राम्रो कुरा हो, तर यहाँ बढ्ने अनुमान (स्पेकुलेशन) का आधारमा साना लगानीकर्ताले सेयरमा पैसा लगाइरहेका छन्, यसले बढी जोखिम ल्याउन सक्छ ।” बजार बढ्नुमा बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निश्कासन गर्नु, बजार आधुनिकीकरण हँुदा बजार बढेको उनको भनाइ छ ।
 
नेप्से परिसूचकको ग्राफ बढेसँगै बजार पुँजिकरण बढेर झण्डै कुल गाहस्र्थ (जीपीडी) को हारहारीमा पुग्न लागेको छ । हाल बजार पुँजिकरण १८ खर्ब रुपैयाँ पुगेको छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC