site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइओएममा वरिष्ठताका आधारमा डिनको नियुक्ति गर्नेलगायतका मागहरु राखेर अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य विग्रंदा पनि राज्यले अझै समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै सोलिडारिटी फर डा. केसी अलायन्सले मंसिर ८ गते बुधबार त्रिवि उपकुलपतिको कार्यालय घेराउ गर्ने भएको छ ।

आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार रहेको ठहर गर्दै पहिले ९ महिनासम्म पद खाली राखेर नियुक्ति गर्ने बेला वरिष्ठता नभई हचुवाका भरमा नियुक्ति गरिएकाले अहिले समस्या बल्झेको अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आफैं बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहँदा पदमा ल्याइएका त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा केपी सिंहलाई डिन बनाउँदा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको समेत देखिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले अब आइओएममा शंकास्पद तरिकाले बनाइएका डिन मात्र हैन उपकुलपछि तीर्थ खनियाँलाई समेत बर्खास्त गर्नुपर्ने अवस्था आएको जनाइएको छ । 

Global Ime bank

अहिले अनशनको दशौं दिनमा समेत समस्या समाधानको पहल कतैबाट नभएपछि त्रिवि उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गरिन लागेको उनले जनाएका छन् ।

त्यसमा आइओएमका विद्यार्थी, रेजिडेन्टलगायत अन्य नागरिकहरुको उपस्थिति रहनेछ ।  कार्यक्रममा सहभागी हुन सबै सचेत नागरिकहरुलाई डा केसी अलायन्स हार्दिक अनुरोध गरेको छ ।

घेराउपछि पनि समस्या समाधान भएन भने अझ सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याइने अलाइन्सले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC