site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सबै दललाई कांग्रेसले एकठाउँमा उभ्याउनु पर्छ : नेता कोइराला
Sarbottam CementSarbottam Cement

दाङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा एमाले र मधेसकेन्द्रित दललाई कांग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताएका छन्। 

नेपाल प्रेस युनियन, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । कोइरालाले त्यसको लागि कांग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताए। “सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका कांग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ,” उनले भने। उनले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको बताए। 

Prabhu Bank
Agni Group
NIC Asia

कोइरालाले देशको हरेक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताए। 

कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताए । कोइरालाले साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने सुझाव दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC