site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले दुई पार्टीको एकीकरणपछि नेपालमा नयाँ शक्तिको उदय भएको बताउँदै केही वर्षभित्रमा पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
राप्रपा र राप्रपा नेपालको एकतासभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकलाई प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको र राष्ट्रिय राजनीतिमा पनि वैकल्पिक मार्गचित्रसहितको शक्ति आवश्यक भएकाले आफूहरु एकता प्रक्रियामा अघि बढेको बताए ।
“मुलुकमा प्रजातान्त्रिक शक्तिको आवश्यकता छ,” थापाले भने,“राष्ट्रिय राजनीतिमा वैकल्पिक मार्गचित्रका साथ शक्ति खडा भएको छ । यो नेतृत्व मुलुकले भरोसा गर्न सक्ने नेतृत्व हो । दुरगामी सोँचाई राख्ने साहसिक नेतृत्व हो । नेपालको राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । यसले नेपाली जनतामा भरोसाको जागरण भएको छ ।” 
थापाले आफूहरुलाई धेरै हेपेको बताउँदै एकपटक इख राखेर जुरुक्क उठ्न कार्यकर्तालाई आग्रह गरे । “हामीलाई धेरै हेपेका छन्, इख राखेर एकपटक जुरुक्क उठौं । हामीले कुनै अपराध नगर्दा पनि धेरै हेपे,” थापाले भने, “इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । त्यसैले एकपटक जुरुक्कै उठौं ।” तर उनले कसले हेपेको भन्ने बारेमा भने स्पष्ट बताएनन् । थापाले पार्टी छाडेर गएकाहरुलाई पनि पार्टीमा फर्किन आग्रह गरे ।
राष्ट्रियता, प्रजातन्त्र र हिन्दुत्वको धरातल र आधार स्तम्भमा उभिएर एकता गरेको उनले बताए । “यही वैचारिक धरातलमा उभिएर केही वर्षभित्रमा नै राप्रपा नेपाल देशको सबैभन्दा ठूलो पार्टी बन्नेछ र बनाउँनेछौं,” उनले भने । यो पार्टी एकता कसैको रहर होइन । यो एकता विभिन्न स्वार्थबीचको सम्झौता पनि होइन । कसैको आदेशमा एकता भएको पनि होइन ।” 
मुलुकको वर्तमान अवस्थाका बारेमा एकपटक समीक्षा गर्न उनले सबैसँग आग्रह गरे ।
“सबैभन्दा पहिला नेपाली भएर एकपटक देशको अवस्थालाई समीक्षा गरौं,” उनले भने,“करिब दश वर्ष अघि भएको १२ बुँदे सम्झौता र परिवर्तनलाई संस्थागत गर्ने क्रममा भएका त्रुटी र कमी कमजारीका कारण देश अहिले चक्रव्युहमा फसेको छ ।” 
उनले आज नेपाललाई टुक्र्याएर अखण्ड नेपालबाट अर्को स्वतन्त्र देश बनाउनुपर्छ भन्ने विखण्डनको आवाज उठेकाले यसलाई बेलैमा नसोचे अस्तित्व खतरामा पर्ने बताए ।
थापाले राप्रपा संवैधानिक राजसंस्था वा गणतन्त्र मध्ये कुन बाटोबाट राप्रपा अघि बढ्ने भन्ने बारेमा पार्टीको आगामी महाधिवेशनबाट टुंगो लगाउने बताए । “राप्रपाले गणतन्त्रलाई आत्मसात गरेको छ भने राप्रपा नेपालले राजनीतिबाट माथि उठेको संस्था राजसंस्था चाहिन्छ भनेर राजासहितको प्रजातन्त्रको पक्षमा उभिएको छ,” थापाले भने,“पार्टीमा यो विषय आन्तरिक वहसमा जानेछन् । पार्टीको आन्तरिक महाधिवेशनबाट उपयुक्त समयमा यसको निराकरण गर्नेछौं । देश र  जनतालाई केन्द्रविन्दुमा राखेर निर्णय गर्छौं ।”
वर्तमान संविधान समावेशी र समानुपातिक दृष्टिकोणबाट अत्यन्तै प्रगतिशील रहेको छ ।  राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले एकताले उमंग र उत्साह बढेको बताए ।  देशमा विग्रँदो राजनीतिक अवस्था, भूकम्प प्रभावितको अवस्थाले पनि दुई पार्टीलाई एकतामा लैजान सहयोग पुर्याएको बताए ।
“जनभावना र कार्यकर्ताको भावनालाई समेटेर पार्टी एकता गरेका हौं,” राणाले भने,“राजनीतिमा २ र २ जोडेर ८ पनि हुन सक्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC