बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
समृद्ध मधेस कांग्रेसको चाहना–नेता पौडेल
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, मंसिर ६, २०७३
Laxmi Bank
Laxmi Bank

बर्दिवास । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन् ।

नेता पौडेलले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे ।

Duber nepal

Agani Group

आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ । संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसका एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए ।

एक फरक प्रसङ्गमा नेता पौडेलले दलको नेतृत्व गर्नेले सबैलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरे । नेता पौडेलको आजै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्