site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । एक वर्षको अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.६ प्रतिशत अवमूल्यन भएको छ । 
 
गत वर्षको असार २९ गते १ डलर बराबर १ सय १ रुपैयाँ १४ पैसा कारोबार भएकोमा निरन्तर कमजोर भई हाल १ डलर बराबर १ सय ७ रुपैयाँ १३ पैसा पुगेको छ । एक वर्षको अवधिमा डलरसँग नेपाली रुपैयाँ ५ रुपैयाँ ९९ पैसाले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रुपैयाँ ५.३ प्रतिशत अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 
भारतीय मुद्रा (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बताउँछन् । “भारुसँग नेरु फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ त्यसको असर नेपाली मुद्रामा पनि पर्छ” उनले भने, “भारु कमजोर हुँदा नेपाली मुद्रा कमजोर भएको हो । भारु मजवुत भए नेपाली रुपैयाँ पनि मजवुत हुने थियो ।” डलरको तुलनामा नेरु कमजोर भएपछि पेट्रोलियम पदार्थ, सवारीसाधन लगायत अन्य आयातित बस्तुको भाउका साथै सरकारले लिएको ऋण तिर्नुपर्ने दायित्व बढ्ेको उनको भनाइ छ । 
 
वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउँदा, डलर लिएर नेपाल घुम्न आउने पर्यटक र निर्यातकर्तालाई फाइदा हुन्छ । भारु एक सय बराबर नेपाली १६० रुपैयाँ फिक्स दर कायम छ । भारतीय अर्थतन्त्रमा समस्या आएमा नेपाली मुद्रा कमजोर हुने गरेको छ । यो वर्ष भारतीय बजारमा डलरसँग भारुको दरमा धेरै उतारचढाव आएको थियो । डलरको तुलनमा भारु कमजोर हुँदै गएको छ । हाल १ डलर बराबर ६७ भारु छ ।   
 
पौने ४ खर्ब भारु खरिद 
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असारसम्म ३ अर्ब ४० करोड १० लाख डलर र १३ करोड ५० लाख युरो बेचेर भारतबाट ३ खर्ब ७६ अर्ब ३ करोड भारु खरिद गरेको छ । यो रकम भारतबाट वस्तु तथा सेवा भारुमा खरिद गर्ने र अन्य भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकले डलर बेचेर भारु खरिद गरेको हो । गत आवको सोही अवधिमा साढे ३ अर्ब डलर बेचेर २ खर्ब १७ अर्ब ५५ करोड रुपैयाँ भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । जसअनुसार चालु आवको साउनमा ३२, भदौमा २२, असोजमा ६, कात्तिकमा १६, मंसिरमा ३४, पुसमा २८, माघमा ३८, फागुनमा २७, चैतमा ४५, वैशाखमा ३२, जेठमा ३२ र असारमा २८ करोड डलर बेचेर भारु खरिद गरेको बैंकले जनाएको छ ।  विनिमय दर स्थिरता र तरलता व्यवस्थापन गर्न भन्दै चालु आवमा राष्ट्र बैंकले विदेशी विनियम बजारबाट ४ अर्ब २६ करोड डलर खरिद गरी ४ खर्ब ५० अर्ब ५४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । 
 
चालु आवको जेठसम्म १० खर्ब २१ ऋर्ब ७४ करोड रुपैयाँ बरारबको विदेशी मुद्रा संचिती रहेको छ । यो संचितीले १४ महिनाका लागि वस्तु तथा सेवा खरिद धान्न पुग्ने अनुमान राष्ट्र बैंकको छ । चालु आवको मौद्रिक नीतिले ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने लक्ष्य राखेकोमा संचिती लक्ष्य भन्दा धेरै रहेको केन्द्रीय बैंकको भनाइ छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC