site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेतृत्वको टकरावमा जुट्दै फुट्दै, आज फेरि एकता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच आज एकता हुने भएको छ । अपरान्ह काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर दुवै पार्टीबीच एकता हुन लागेको हो ।
गणतन्त्र र संघीयताको विषयमा दुवै पार्टीबीच फरक मत भए पनि बृहद् राष्ट्रवादी एकताको लागि दुई पार्टीबीच एकता हुन लागेको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
एकतापछि पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा हुनेछन् भने राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा हुनेछन् । 
एकता महाधिवेशन सकेसम्म तीन महिनाभित्रै गर्ने निर्णयका साथ एकता हुन लागेको सह–प्रवक्ता श्रेष्ठले बताए ।
यस्तो छ फुट र जुटको इतिहास 
२०४६ सालको परिवर्तनपछि पञ्चायतकालिन नेताहरु सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पनि नयाँ पार्टी गठन गर्न अघि सरे । उनीहरुले पार्टीको विधान तयार पारे । तर नेतृत्व गर्ने विषयमा मतभेद देखा पर्यो । 
पार्टी दर्ता नहुँदै नेतृत्वका लागि देखिएको टकराव साम्य हुन सकेन । एउटै विधानमा दुई वटा पार्टी दर्ता भए । २०४७ जेठ १५ गते राप्रपा (थापा) र राप्रपा(चन्द) ।
२०४८ सालको आम निर्वाचनमा दुवै पार्टी आ–आफ्नै तरिकाले चुनाव लडे । चन्दले ३ सिट थापाले १ सिट जीत्न सफल भए । चन्दको पार्टीबाट डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र रामकृष्ण आचार्यले चुनाव जीते भने थापाको पार्टीबाट अकबर बहादुर सिंहले चुनाव जिते ।
त्यसपछि दुवै पार्टीका नेताहरुलाई एकताको महसुस भयो । २०४९ मा पार्टी एकता भयो । राप्रपा गठन भयो । एकतामा गएपछि २०५१ को मध्यावधीमा २० सिट जिते ।
२० सिटको पार्टीले ठूला पार्टी कांग्रेस र एमालेमा देखिएको विवादको फाइदा उठाउँदै दुइपल्ट सरकारको नेतृत्व गर्ने अवसर जुटायो ।  एमालेको समर्थनमा चन्द, कांग्रेसको समर्थनमा थापा दुवै जना प्रधानमन्त्री भए । 
तर पार्टीभित्रको यो टकरावका कारण दुवै जनता विवादित बने । अन्ततः २०५४ सालमा पार्टी फेरि विभाजन भयो ।
लोकेन्द्र बहादुर चन्दले राप्रपा राष्ट्रवादी भन्ने पार्टी गठन गरे ।  तर चुनावमा भाग लिएन । २०५६ को निर्वाचनअघि फेरि दुवै पार्टी एक भए ।
राप्रपा राष्ट्रवादी छाडेर केही नेता राप्रपामा विलिन हुन मानेनन् । त्यसको नेतृत्व राजेश्वर देवकोटाले गरे । चन्द लगायतका समुह राप्रपामा आए ।
२०५९ असोज १८ मा राप्रपाको राजनीतिले अर्को मोड लियो । राजाले कदम चाले । ०५९ असोज २५ गते लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री भइरहेका बेला राप्रपाको पोखरामा महाधिवेशन भयो । महाधिवेशनमा सूर्यबहादुर थापाले पार्टीको नेतृत्व पशुपति शमशेर राणालाई हस्तान्तरण गरे । महाधिवेशन २०६० मंसिरमा भएको थियो ।
राजाले लोकेन्द्र बहादुर चन्दपछि फेरि थापालाई प्रधानमन्त्री बनाए । २०६१ माघ १९ मा राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । त्यो भन्दा अघि आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएका बेला थापाका विरुद्ध पशुपति शमशेर राणा सडकमा निस्किए ।
दुवै नेताहरुबीच तिक्तता बढ्यो । थापाको सरकार ढलेपछि उनको सरकारमा रहेका ६ जना मन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, बुद्यिमान तामाङ, हरि बहादुर बस्नेत, सर्वेन्द्र नाथ शुक्ल र रेणु यादव राप्रपामा फर्किएनन् ।
सूर्य बहादुर थापाको नेतृत्वमा बृहद राष्ट्रवादी शक्ति अभियान बन्यो । त्यो राष्ट्रिय जनशक्ति पार्टीमा रुपान्तरण भयो ।
राष्ट्रिय जनशक्ति पार्टी गठन हुने बेला भने थापाकै सरकारमा रहेका कमल थापा त्यहाँ बसेनन् । राप्रपामा फर्किएर महामन्त्री भए । 
राजाको ०६१ माघ १९ को कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा मतभेद भयो । थापाले राजाको कदमको स्वागत गर्दै गृहमन्त्रीको रुपमा सरकारमा सहभागी भए । राप्रपाले फरक मत राखिरह्यो ।
२०६२ पुस २६ गते कमल थापाले नयाँ बानेश्वरमा राप्रपाको विशेष महाधिवेशन बोलाए । त्यहाँबाट राप्रपा नेपालको जन्म भयो ।
लगत्तै २०६२÷६३ को आन्दोलन सुरु भयो । 
२०६२÷६३ को जनआन्दोलनपछि रायमाझि आयोगले दोषी ठहर गरेर  कमल थापालाई थुनामा राखेपछि रविन्द्र नाथ शर्मा अध्यक्ष भए ।
२०६४ साल फागुनमा कमल थापा राप्रपा नेपालको अध्यक्षमा फेरि चयन भए ।  पहिलो संविधानसभा चुनावमा छुट्टाछुट्टै चुनाव लडेका राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच पनि एकता भयो ।

तस्बिरः मोहन श्रेष्ठको फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC