बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक सोमबारदेखि बस्ने 
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, मंसिर ५, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक सोमबारदखि काठमाडौंमा बस्दैछ । नयाँ शक्ति पार्टी, नेपालले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएको छ । यसअघि कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकको निर्णयानुसार गठित विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका एजेण्डाहरुमाथि बैठकमा छलफल हुनेछ ।
३ दिन चल्ने बैठकमा विभिन्न कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका घर–आँगनमा नयाँ शक्ति कार्ययोजना, राष्ट्रिय तथा सामाजिक अभियानको कार्ययोजना, स्थानीय निकाय निर्वाचन केन्द्रित कार्ययोजना, संगठन विस्तार तथा अधिवेशन अभियान कार्ययोजना, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापना कार्ययोजना आदि एजेण्डाहरुमाथि छलफल हुने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, मंसिर ५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्