site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
५३ प्रतिशत रोपाइँ सकियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । समयमै वर्षा सुरु भएपछि यस वर्ष देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मनसुन पूर्ण रूपमा सक्रिय भएर सबै क्षेत्रमा एकनासले पानी परेकाले गत वर्षको तुलनामा यस वर्ष धेरै जिल्लामा रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार यस वर्ष मध्य पहाडमा ६०.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी सबैभन्दा कम तराईमा ४९.३ प्रतिशतले किसानहरुले धान रोपाइँ गरेका छन् । उच्च पहाडी क्षेत्रमा भने ५९.७३ प्रतिशतले सम्पन्न भएको छ । औसतमा मुलुकभर ५२.८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । “मौसमले साथ दिएकाले पछिल्लो दुई वर्षको तुलनामा राम्रै परिमाणमा रोपाइँ सम्पन्न भएको छ,” उनले भने, “मौसमले यही अवस्थामा आगामी असोजसम्म साथ दियो भने उल्लेख्य रूपमा धान फल्ने अपेक्षा गरेका छौं ।”
 
गत आर्थिक वर्षको सोही अवधिमा ४२ प्रतिशत र अघिल्लो आर्थिक वर्ष ०७०÷०७१ मा मुलुकभर ३२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयका अनुसार यस पटकको धानबालीलाई रासायनिक मलको आपूर्तिले पनि सहयोग गरेका कारण गत वर्षको तुलनामा बढी धान फल्ने अपेक्षा गरिएको छ ।
 
सापकोटाका अनुसार हालसम्म सबैभन्दा कम सप्तरीमा १०, सिरहामा १५, रौतहटमा २२, धादिङमा २५, सर्लाहीमा २८, महोत्तरी, ओखलढुंगा र नुवाकोटमा ३०, पर्सा र बारामा ३५, कपिलवस्तुमा ३६ र धनकुटामा ३८ प्रतिशत रोपाइँ भएको छ । यसैगरी उदयपुर, सुर्खेत र दाङमा ४०, बाँकेमा ४२, ताप्लेजुङ, धनुषा र झापामा ४५ र सुनसरीमा ४९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष पनि तराईको सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा तुलनात्मक रूपमा कम रोपाइँ भएको थियो ।
 
नाकाबन्दीको समयमा रोकिएको मल यतिबेला धान खेतीका लागि प्रयोगमा ल्याइएको छ । “तुलनात्मक रूपमा तराईमा केही कम मात्रामा रोपाइँ भएको छ,” सहप्रवक्ता सापकोटाले भने । 
 
विज्ञहरूका अनुसार धान रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्म हो । तर, यो अवधिसम्म धान उत्पादनको मुख्य थलो तराईमा अत्यन्त थोरै परिमाणमा रोपाइँ सम्पन्न भएको छ । साउन महिनापछि हुने रोपाइँले अत्यन्त कम उत्पादन दिन्छ । धान उत्पादनमा तराई क्षेत्रले करिब ८० प्रतिशत योगदान पु¥याउँदै आएको छ । नेपालमा करिब एक खर्ब रुपैयाँबराबरको धान फल्छ । मन्त्रालयका अनुसार यो अवधिमा धान खेतीयोग्य क्षेत्रफल थोरै भएकाले डोल्पा र जुम्लामा सतप्रतिशत रोपाइँ भएको छ भने कञ्चनपुर, जाजरकोट र हुम्लामा ९५, डडेलधुरा, मुगु, सल्यान र भक्तपुरमा ९० प्रतिशतको हाराहारीमा किसानले रोपाइँ गरेका छन् । अछाम, बैतडी, रोल्पा, बझाङ र दार्चुलामा ८५, डोटीमा ८२, बर्दियामा ८१, नवलपरासी, काठमाडौं, काभ्रे, तेह्रथुम, स्याङ्जा, पर्वत र म्याग्दीमा ८० प्रतिशत रोपाइँ भएको छ । अन्य बाँकी जिल्लामा ५० देखि ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कुल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर धान फल्ने क्षेत्रफलमध्ये हालसम्म झन्डै आधाभन्दा बढी क्षेत्रफल अर्थात् सात लाख ५३ हजार चार सय ६ हेक्टरमा रोपाइँ गरिएको छ । 
चालू आर्थिक वर्षमा समयमा मनसुन सक्रिय नहुँदा र नाकाबन्दी र आन्तरिक रूपमा भएको बन्द–हड्तालका कारण रासायनिक मलका साथै अन्य आवश्यक सामग्री ढुवानी हुन नसक्दा धान उत्पादनमा झन्डै १०.२ प्रतिशतले कमी आएको थियो । गत वर्ष ४२ लाख ९९ हजार टन धान फलेको थियो । मन्त्रालयका अनुसार १५ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँंदै आए पनि पछिल्लो समय खेतीयोग्य क्षेत्रफल भौतिक पूर्वाधार, प्लटिङ र अन्य प्रयोजनमा प्रयोग भएपछि हाल १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धानको खेती हुँंदै आएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC