site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् ।  

मोरङको उर्लाबारीमा शहनिबार अयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, –“संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने बताउँदै यदि सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।  

सीमाङ्कन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा प्रदेशको संख्या बढन सक्ने बताउँदै उनले भने, – संशोधनपछि संविधानको कार्यान्वयनसंगै मुलुक निर्वाचनमा होमिन्छ । 

Global Ime bank

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको बताए ।  रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७३  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC