site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यी हुन् अमेरिकाबाट धेरै हतियार किन्ने मुलुक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्सटिच्युट (सीप्री)ले सार्वजनिक गर्दै आएको प्रतिवेदनमा लामो समयदेखि हतियार निर्यातको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । विश्वव्यापी हतियार निर्यातमा अमेरिकाको हिस्सा ३३ प्रतिशत छ । तर अमेरिकाले विक्री गरेको हतियार कुन मुलुकहरुले खरिद गर्दैै आएका छन् त ?
 
२०११ देखि २०१५ सम्मको अवधिमा अमेरिकी हतियार खरिद गर्नेमा साउदी अरेबिया पहिलो स्थानमा रहँदै आएको सीप्रीले जनाएको छ  ।
 
अमेरिकी हतियार खरिद गर्ने अन्य मुलुकहरुमा टर्की, दक्षिण कोरिया, अस्ट्रेलिया, ताइवान, भारतल, सिंगापुर, इराक र इजिप्ट शीर्ष स्थानमा रहदै आएका छन् ।
 
केही समयका लागि मध्यपूर्व हतियार निर्यातको पहिलो गन्तव्य हुने विज्ञहरुको विश्वास छ । हाल यो क्षेत्रले अमेरिकाको हतियार निर्यातको ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ ।
आईएसआईएसको उपस्थितिलाई आधार मान्दै यो क्षेत्रका मुलुकहरुले ठूलो परिमाणमा हतियार खरिद गर्नु परेको बताउँदै आएका छन् ।
 
अमेरिकी निर्यातमा सानादेखि लिएर लडाकु विमान, ट्यांक र प्याट्रियोट मिसाइलसम्म हुने गरेका छन् ।
 
अमेरिका बाहेक अन्य मुलुक पनि हतियार निर्यातमा संलग्न रहँदै आएका छन् । हतियार निर्यातमा प्रमुख मानिएका अन्य मुलुकहरुमा रुस, चीन, फ्रान्स र जर्मनी रहेका छन् ।
पछिल्लो समयमा आएर चिनियाँले पनि हतियार निर्यातको मामिलामा अमेरिकासँग प्रतिस्पर्धा गर्न थालेका छन् ।
 
चीनले २००६ देखि २०१० सम्मको अवधिमा विश्वव्यापी हतियार निर्यातमा आफ्नो हिस्सा ६० प्रतिशत भन्दा बढीले बढाएको सीप्रीले जनाएको छ ।
 
चीन विशेषगरी ड्रोन प्रविधिम सक्रिय छ । चीनले नाइजेरिया, इराक र पाकिस्तानमा ड्रोनको निर्यात गर्दै आएको छ । -एजेन्सी
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC