site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मिसबाह शतक बनाउने सबैभन्दा बुढा कप्तान, छैटौं बुढा ब्याट्सम्यान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
लण्डन । पाकिस्तान क्रिकेट टोलीका कप्तान मिसबाह उल हक सबैभन्दा धेरै उमेरमा शतक बनाउने कप्तान बनेका छन् । इंग्ल्यान्डको लडर्समा जारी इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टेस्टको पहिलो दिन बिहीबार शतक बनाउँदै मिसबाह शतक बनाउने बुढा कप्तान भएका हुन् ।
 
पहिलो दिनको खेल सकिदा अविजित रहँदै १ सय १० बनाउँदा मिसबाह ४२ वर्ष ४७ दिनका थिए । पाकिस्तानी कप्तान मिसबाहले अस्ट्रेलियाका कप्तान बब सिम्पसनले बनाएको किर्तिमान भङ्ग गरेका हुन् । सन् १९७८ मा भारतविरुद्ध एडिलेडमा शतक बनाउँदा उनी ४१ वर्ष ३ सय ५९ दिनका थिए ।
 
मिसबाहको यो आठौं शतक पनि हो । मिसबाहले ४० वर्ष कटेपछि मात्रै ५ वटा शतक बनाएका छन् । ति सबै शतक उनले कप्तान भएपछि बनाएका हुन् । अहिलेसम्म कुनै पनि कप्तानले ३ भन्दा बढी सतक बनाउन सकेका छैनन् ।
 
 
यस्तै कप्तान मिसबाह सबैभन्दा बुढा उमेरमा शतक बनाउने छैटौं खेलाडी समेत बनेका छन् । सबैभन्दा बढी उमेरमा शतक बनाउने खेलाडीको किर्तिमान भने अष्ट्रेलियाका पूर्वब्याट्सम्यान सर ज्याक होब्सको नाममा रहेको छ । होब्सले सन् १९२९ मा इंग्ल्यान्डबिरुद्ध शतक बनाउँदा ४६ वर्ष २८ दिनका थिए ।
 
जारी टेस्टको पहिलो दिनको खेल सकिदा मिसबाहले शतक बनाएको खेलमा पाकिस्तानले इंग्ल्यान्डविरुद्ध ६ विकेटको क्षतिमा २ सय ८२ रन बनाएर खेलिरहेको छ । एजेन्सी 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC