site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डीडीसीको नयाँ उत्पादन दाना र टि मिल्क बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडाैं दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दाना क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकार तोड्दै पहिलोपटक डीडीसीले दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि विक्री सुरु गर्ने भएको छ । 
 
संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन अनामनगरस्थित कृषि उपभोक्ता डबलीको हलमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । डीडीसीका महाप्रवन्धक गंगाप्रसाद तिमल्सिनाले संस्थानको साउन एक गते हुने वार्षिकोत्सव कार्यक्रममा उक्त उत्पादनहरु सार्वजनिक गरिने बताए । डीडीसीले चियाका लागि उत्पादन गरेको दुध फ्याट कम भएको र वाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ । 
 
डीडीसीले होटलहरु व्यवसायीहरुको मागअनुसार वजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याउन लागेको संस्थानका उपमहाप्रवन्धक इश्वरीप्रसाद अधिकारीले बताए । उनका अनुसार टि मिल्कमा फ्याटको मात्रा १.५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९.५ प्रतिशत रहेको छ । सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फ्याटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ । 
 
त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार टन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको र किसानबाट उत्साहजक प्रतिक्रिया आएको संस्थानले दाबी गरेको छ । निजी क्षत्रको तुलनामा सस्तो र गुणस्तरीय रहेकोले पनि डिडिसी दानाका लागि बजारको कुनै समस्या नरहेको पनि संस्थानका अधिकारीहरुले बताएका छन् । संस्थानले आगामी योजनाअन्तर्गत दुध तथा दुग्ध जन्य पदार्थको विविधिकरण गर्दै जाने भएको छ । मिल्क होलिडे समस्या न्यूनीकरणका लागि विराटननगरस्थित पाउडर प्लान्टको क्षमता विस्तार गर्ने, बुटवलमा युएचटी प्लान्ट स्थापनाका साथैै नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानको क्षमता विस्तार गर्ने, खुमलटारमा दही उत्पादन कारखाना स्थापना गर्ने, भुस तथा दाउरा व्वाइलर प्लान्ट सञ्चालनमा ल्याइ डिजेल खपत घटाउने लगायत रहेका छन् । संस्थानले हाल ग्रामीण क्षेत्रबाट दैनिक साढे दुइ लाख लिटर दुध संकलन गरी शहरी क्षेत्रमा दैनिकरुपमा एक लाख ८० हजार लिटर प्रशोधित दुध विक्री वितरण गर्दै आएको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  ००:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC