site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. गोविन्द केसीलाई खुला पत्र
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
आदरणीय सर
नमस्कार 
स्वास्थ्य क्षेत्रमा देखिएका कुरीति र बेथितिविरुद्ध लड्ने तपाईँप्रति मेरो अपार श्रद्धा छ । प्रत्यक्षरूपमा आफू पनि तपाईसँग आन्दोलनमा संलग्न हुन नसक्ता आत्मग्लानि पनि भएको छ ।
सरसँग मेरो भेट करिब १७ वर्षअगाडि वीर अस्पतालको हाड जोर्नी विभागले आयोजना गरेको वर्कसपमा भएको थियो । तपार्इँको सरल मिजास र कनिष्ठहरूप्रतिको मायाले त्यही बेलादेखि नै मलाई प्रभावित बनाएको थियो । त्यसपछि करिब ७ वर्ष प्रत्यक्ष भेट नभए पनि अप्रत्यक्षरूपमा सरले गरेका कामका बारेमा जानकार थिए ।
शिक्षण अस्पताल (आईओएम)मा एमडी गर्ने ताका मैले सरलाई फेरि भेट्न पाएँ । तपाइँको कामप्रतिको लगाव र समर्पण देख्दा सबै जना प्रभावित हुन्थे । हामी रेजिन्डेट चिकित्सक प्रभावित नहुने त कुरै भएन ! बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म अस्पतालमै कुनै चिकित्सक देखिन्थे भने कि रेजिन्डेन्ट चिकित्सक हुन्थे कि डा. गोविन्द के.सी सर हुनुहुन्थ्यो । त्यतिमात्र हैन, हामी रेजिडेन्टहरूसँग पुस्तकालयमा गएर पढ्ने बानी पनि केसी सरको नियमित प्रायः थियो । हामीलाई कसैले गोविन्द सर कहाँ हुनुहन्छ भनेर सोध्दा ढुक्कैसँग भन्थ्यौँ – उहाँ कि डिपार्टमेन्टमा, कि ओपीडीमा, कि अप्रेसन थिएटरमा, की पुस्तकालयमा हुनुहुन्छ भनेर ।
शिक्षण अस्पतालमा थोरै चिकित्सकले मात्रै त्यहाँमात्र काम गर्छन् । तीमध्ये डा. गोविन्द केसी सर महत्वपूर्ण उदाहरण हुनुहुन्छ । अस्पतालमा मात्र नभएर १–२ महिनाको अन्तरालमा निःशुल्क औषधि बोकेर गाउँमा विरामी जाँच्न जाने त उहाँको नियमित चर्या नै बनेको छ । नेपालका विकट ठाउँहरूबाट उपचार लिन जनता १–२ दिन हिँड्नुपर्छ । राज्यले ती विकट गाउँमा डाक्टर र स्वास्थ्य केन्द्रको व्यवस्था गर्न सकेका छैन । 
अस्पताल र अन्य स्वास्थ्य संस्था राजधानी र जिल्लाका सदरमुकाममा थुपारिएका छन् । राजधानी र सदरमुकाममा मात्र अस्पताल तथा मेडिकल कलेज केन्द्रित हुनुहँुदैन, देशका कुनाकाप्चामा पनि अस्पताल खोलिनुपर्छ, मेडिकल कलेज विकेन्द्रित हुनुपर्छ । त्यसले गर्दा देशका सबै जनताले बराबरीको हैसियतमा अस्पतालको सेवा लिन सकुन् भनेर सरले अनशन बस्दै गर्नुभएको अहिले दसौँपटक भइसकेको छ । अधिकांश नेपाली जनता र चिकित्सक तपार्इँको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरिक छन् । तीमध्ये म पनि पर्छु । 
राज्यले पटक पटक तपाईसँग सम्झौता गर्छ, तर कार्यान्वयन गर्ने बेला सरकार पछि हट्छ । चाहे मेडिकल कलेजहरूमा लिइने भर्ना शुल्क घटाउने कुरा होस् वा भ्रष्ट पदाधिकारीको कार्वाहीको कुरा होस्, या वरिष्ठताका आधारमा डिन नियुक्तिको कुरा होसु, कुनै कुरामा प्रगति भएको देखिँदैन । वरिष्ठताको आधारमा डिन नियुक्त गर्नु उत्तम भएता पनि सर्वाेत्तम भने हैन । यसमा मेरो र धेरै साथीको मत मिलेको छ । वरिष्ठतालाई मात्र डिन वा अन्य पदाधिकारी नियुक्तिको आधार बनाइनु हँुदैन । वरिष्ठता, कार्यक्षमता र राजनीतिक आबद्धता यी तीनै कुरालाई आधार बनाइनुपर्छ । कार्य क्षमता नभए वरिष्ठताको कुनै अर्थ रहदैन । राजनीतिक आबद्धता भएका पदाधिकारी छान्दा कुनै खास पार्टीको स्वार्थमा काम गर्ने सम्भावना रहन्छ । पहिले पनि हामीले यस्तो भोगेका छौँ । त्यसैले यी तीनै पक्षलाई आधार बनाई अंक मापन प्रणाली (स्कोरिङ्ग सिस्टम) बनाइनु पर्छ । उदाहरणका लागि १० लाई पूर्णाङ्क मान्ने हो भने कार्यक्षमता लाई ६ अंक, वरिष्ठतालाई ४ अंक दिने र राजनीतिक आबद्धता प्रमाणित भए २ अंक घटाउने (–२) गर्न सकिन्छ । 
वरिष्ठताले मात्र प्रभावकारी कार्य सम्पादन हुदैन भन्ने तथ्य धेरै उदाहरणले पुष्टि गरेको छ । सर्वप्रथम सरकै उदाहरण लिऊँैं । वरिष्ठले मात्र समाज परिवर्तन, सुशासनमा टेवा दिन्थे भने सरभन्दा बरिष्ठहरूले के काम गरेका छन् ? जसले वरिष्ठलाई मात्र आधार मान्न निर्देश गरेका छन् । देशकै मन्त्रीहरूलाई हेरौँ । कैयौँ वरिष्ठहरूलाई पछि पार्दै युवा गगन थापाले परिवर्तनको आशा देखाएका छन् । कति कुरा त गगन थापाले प्रमाणित पनि गरी सकेका छन् वरिष्ठताभन्दा कार्यकुशलता र परिवर्तनमुखी सोच महत्वपूर्ण हुन्छ भनेर । अर्काे उदाहरण विद्युत् प्राधिकरणका युवा र जोसिला प्रबन्ध निर्देशक कुलमान घिmसिङ्ग छन्  । वर्षाैसम्म अन्धकारमा डुबेका हामीलाई उज्यालोमा तानिदिए् । दिनहुँ १०–१२ घन्टा हुने लोडसेडिङ्ग अहिले छैन । यो सफलता कुलमान घिसिङ्गको कार्यक्षमताले सम्भव भएको हो, वरिष्ठताले होइन । त्यसैले अब वरिष्ठताको आधारमा मात्र डिन तथा अन्य पदाधिकारी नियुक्त गर्नुपर्छ भन्ने मान्यतामा सरले पुनःविचार गर्नुहुन्छ भन्ने आशा लिएको छु । सरलाई अवगतै छ, हाम्रो देशमा विवेकशील, निःस्वार्थ र सक्षम व्यक्तिको ठूलो खाँचो छ । 
जताततै भ्रष्टाचार, नातावाद र कृपावाद मौलाएको छ । करोडपति सुजाता कोइरालालाई दिएको आर्थिक सहायता भ्रष्टाचार र कृपावादको पछिल्लो उदाहरण हो । राज्यले निमुखा जनताको उपचारमा बेवास्ता गर्ने र आफैँ उपचार गर्नसकने राजनितिक व्यक्तिहरूलाई बिनाहिचकिचाहट पैसा दिने गर्दा जनसाधारण सरकारप्रति आक्रोशित बनेका छन् । सक्षम व्यक्तिले आर्थिक सहायता लिन नपाउने र लिनै पर्ने खण्डमा पनि निश्चित मापदण्दको परिधिमा रहनुपर्ने बाध्यताकारी व्यवस्था अविलम्ब गरिनुपर्छ । 
यस्ता बेथिति कम गर्न बेलाबेलामा १–२ निःस्वार्थ व्यक्तिले प्रयाश गरेपनि नतिजा आशा लाग्दो छैन । चाहे त्यो स्वास्थ्य क्षेत्रमा होस् वा देशको समग्रतामा, इमानदार व्यक्ति भेट्टाउन कठिन छ । यस्तो अवस्थामा तपाईँजस्तो निष्ठावान् व्यक्ति स्वस्थ्य रहन आवश्यक छ । आमरण अनशन पटक पटक बस्दा सरको स्वास्थ्य निकै नै बिग्रिसकेको छ । यस देशले तपाईँजस्तो निःस्वार्थ व्यक्ति गुमाएमा ठूलो घाटा हुनेछ । जनताप्रति अन्याय हुनेछ । 
सर ! तपाईँ अझै धेरै बाँच्नुपर्छ । बाँचेर न्यायको लडाइँ लड्नुपर्छ । सरले आठाँै अनशन तोड्ने बखत भनेजस्तै अब आन्दोलन भोकै होइन खाएर गर्नुपर्छ । खाएर पनि सत्याग्रह गर्न सकिन्छ । सरसँग हातेमालो गर्न हामी सबै आतुर छौँ ।
अहिले त्रिवि कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा दोस्रो क्रममा रहेका डा.के.पी. सिंहलाई डिन नियुतm गरेको छ । सरकै एक बेलाका हितैषी डा.के.पी. सिंह नियुक्त गर्दा पनि सरले विरोध गर्नुभएको मैले छापाबाट थाहा पाएँ । सरले पहिलो नम्बरका वरिष्ठ डा. जगदीश अग्रवाल सरलाई डिन बनाउनु पर्छ भनेर अड्डी लिनुभएको रहेछ । सरको अडान नाजायज होइन । उसै पनि, डा.अग्रवाल आईओएमका चिकित्सक माझ प्रख्यात हुनुहुन्छ । टिचिङ्ग अस्पतालमा मात्र समर्पित भएर काम गर्नेमा उहाँ पनि पर्नुहुन्छ । कुनै पनि समस्याको समाधान गर्दा दुवै पक्ष ‘विनविन’ अवस्थामा आउन जरुरी पर्छ । एक पक्ष अर्थात् सर तथा हामी अनुयायी र अर्को पक्ष उपकुलपति तथा त्रिवि कार्यकारी परिषद् ।
एउटा यस्तो भनाइ पनि छ – “यति तिमी सधै सही हुन खोज्छौ भने तिमीमा नै गल्ती छ कि भन्ने प्रश्न उठ्न सक्छ ” । अग्रवाल सर र केपी सिंह सरलाई तुलना गर्दा अग्रवाल सर अल्ली खँदिलो देखिनुहोला तर केपी सिंह सरलाई नराम्रै भन्न मिल्छजस्तो लाग्दैन । केपी सरलाई पनि म विगत १७ वर्षदेखि नै चिन्छु । उहाँका केही नितान्त व्यक्तिगत पक्ष छाडेर समग्रमा उहाँ सरल, मिजासिलो, निडर र केही गर्न चाहने व्यक्तिमा गनिनुहुन्छ । केपी सिंह सर डिन हँुदा स्वास्थ्य क्षेत्र चुर्लुम्मै डुब्छ भन्नेमा कम्तीमा मलाई विश्वास छैन । त्यसै पनि उहाँको कार्यकाल ४ महिनामात्र छ । चार महिनासम्म डिन रहँदा सरसँग सल्लाह लिएर काम गर्ने सर्तमा उहाँलाई नै समर्थन गरी आमरण अनशन तोड्नु हितकर हुन्छ । स्वास्थ्य धेरै नबिग्रयोस् भनेर आमरण अनशन तोड्ने भनेको हुँ । खाएर गर्ने सत्याग्रह त छँदैछ । 
स्वास्थ्य क्षेत्रमा भइरहेको चरम व्यापारीकरण र राज्यले अपनाएको दूरदृष्टिविहीन स्वास्थ्य नीतिलाई सच्चाउन गरिने आगामी सत्याग्रहले पक्कै सफलता पाउनेछ । जनताको स्वास्थ्यमात्र नहेरी आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न सरलाई विनम्र अनुरोध छ । 
(हाल, दमौली, तनहूँ )
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC