site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै गएपछि उद्योगीले क्लिङ्कर उत्पादनमा लगानी बढाउँदै लगेका छन् । नेपालमा वार्षिक ५० लाख टन सिमेन्टको माग भए पनि उद्योगले ७० लाख टनसम्म उत्पादन गर्न सक्ने भएपछि लगानीकर्ता क्लिङ्कर उत्पादनतर्फ आकर्षित भएका हुन् । 
 
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा उद्योगको जडित क्षमताले देशको माग धान्ने भएपछि उद्योगीले क्लिङ्कर उत्पादनमा लगानी बढाएको बताउँछन् । “अहिले एक दर्जन सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनमा लगानी विस्तार गरेका छन् । सिमेन्ट बनाउन आवश्यक पर्ने क्लिङ्करको आयात बढ्दै गएपछि उद्योगीले त्यतातिर लगानी बढाएका हुन्,” थापाले बाह्रखरीसँग भने । उद्योग विभागका अनुसार हाल क्लिङ्कर उत्पादनमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न व्यवसायीहरूले अनुमति लिएका छन् । 
 
व्यवसायीका अनुसार हाल अर्घाखाँची, जगदम्बा, शिवम्, कसमस, घोराहीलगायत एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन बढाउने गरी लगानी गरेका छन् ।  
नेपाल सिमेन्ट तथा क्लिङ्कर उत्पादक संघका अनुसार नेपालकै चुनढुंगाबाट बन्ने सिमेन्टको हिस्सा २५ प्रतिशतमात्र छ । भारत र अन्य देशका सिमेन्ट र क्लिङ्करमा नेपालले वार्षिक २० अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । धेरै सिमेन्ट आयातीत क्लिङ्करबाट बन्दा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) कम भएर देशलाई कम लाभ भइरहेको छ । अहिले भारतबाट मात्र वार्षिक करिब ७ अर्ब रुपैयाँबराबरको क्लिङ्कर आयात भइरहेको छ ।
 
नेपालका साना–ठूला ४५ वटा सिमेन्ट उद्योगमध्ये एक दर्जनभन्दा बढी उद्योगले चुनढुंगा उत्खनन् गरी क्लिङ्कर बनाउने र सिमेन्ट उत्पादन गर्ने गरेका छन् । यसले नेपालका उद्योगहरूले स्वदेशी कच्चा पदार्थको व्यावसायिक उपयोग गर्न नसकेको र आफूसँग भएको स्रोतका लागि पनि परनिर्भर हुनुपरेको देखाउँछ । खानी तथा भूगर्भ विभागका अनुसार नेपालको मध्यपहाडी क्षेत्रमा मात्र देशलाई एक शताब्दीसम्म आफ्नो खपतसँगै निर्यातका लागि समेत सिमेन्ट उत्पादन गर्न पुग्ने १ अर्ब ७ करोड टन चुनढुंगाको भण्डार छ । 
नेपालको चुनढुंगाबाट उत्पादित सिमेन्ट गुणस्तर, तौल र मूल्य सबै हिसाबले राम्रो मानिन्छ । सिमेन्ट चाँडो प्रयोग गर्न पाए गुणस्तर नबिग्रिने हुनाले पनि उत्पादन हुनासाथ बजारमा पुग्नसक्ने स्वदेशी सिमेन्टले ग्राहकलाई बढी फाइदा दिन्छ । भारतबाट आयात गर्दा बाटोमै धूलो झरेर तौल घटेको र ढुवानी तथा भण्डारणको क्रममा गुणस्तर क्रमशः ह्रास हुँदै गएको हुन्छ ।
 
नेपालमा भारतबाट कच्चा पदार्थ ल्याएर सिमेन्ट उत्पादन गर्ने र आफैंले चुनढुंगा खनेर सिमेन्ट बनाउने उद्योगहरूमा करिब ३० अर्ब रुपैयाँ स्थिर लगानी भएको अनुमान छ । भारतबाट क्लिङ्कर ल्याएर स्वदेशमा सिमेन्ट बनाउने साढे दुई दर्जन उद्योगमा औसत ३० करोड रुपैयाँका दरले ९ अर्ब रुपैयाँको स्थिर लगानी भएको छ । आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योगमा भने प्रविधि हेरी एक अर्बदेखि सात अर्ब रुपैयाँ लगानी हुने सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले जानकारी दिए । 
 
सरकारबाट सञ्चालित हेटौंडा र उदयपुर सिमेन्ट उद्योगका अतिरिक्त शिवम्, अर्घाखाँची, मारुती, केपी, बुटवल र रिलायन्सले आफैं कच्चा पदार्थ खनेर सिमेन्ट बनाउँछन् । रोटरी प्लान्ट जडान गरिएका शिवम्, मारुती, अर्घाखाँचीजस्ता सिमेन्ट उद्योगको लगानी तीन अर्ब रुपैयाँभन्दा माथि छ भने भर्टिकल सफ्ट क्लिन प्रविधि भएका केपी, रिलायन्सजस्ता उद्योगमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी छ । स्वदेशी उद्योगहरूले विभिन्न ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC