बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ओलीले दाहाललाई भने–अबको बैठकमा संविधान संशोधनका बुँदा लिएर मात्र आउनु
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, मंसिर २, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दलबीच हुने आगामी बैठकमा संविधान संशोधनको स्पष्ट खाका लिएर आउन आग्रह गरेका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष ओलीले तीन दलको आउँदो बैठकमा संविधान संशोधनको स्पष्ट बुँदासहित आउन आग्रह गरेको स्रोतले जानकारी दियो । बाह्रखरीसँग कुरा गर्दै बालुवाटार स्रोतले भन्यो, “एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई संविधानका कुन–कुन विषयवस्तु संशोधन गर्ने हो त्यो बुँदाहरु लिएर आउनुहोला भन्नुभएको छ ।”
पूर्व प्रधानमन्त्री ओलीले बैठकमा जसरी पनि संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । 
ओलीले बिहीबार पनि संविधान संशोधनको औचित्य र आवश्यकता पुष्टि गर्न भनेका थिए । बैठकमा उनले संविधान कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि निर्वाचन आवश्यक रहेको धारणा राखेको माओवादी नेता बर्षमान पुनले जानकारी दिए । ओलीलाई उद्धृत गर्दै पुनले बैठकपछि पत्रकारहरुसँग भने, “बैठकमा केपी शर्मा ओलीज्यूले संविधान कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन संविधानमा तोकिएको मितिमा जसरी पनि गर्नुपर्छ भन्नुभयो ।”
बैठकमा प्रधानमन्त्रीले संविधान निर्माण गर्दा तीन दल एक ठाउँमा उभिएको स्मरण गराउँदै  संविधान कार्यान्वयनको बेला पनि प्रमुख तीन दल एक ठाउँमा उभिनुपर्ने बताएका थिए । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छिटो संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न दवाव दिएपछि प्रमुख तीन दलका शीर्ष नेताहरु संविधान संशोधन प्रस्तावका बारेमा छलफलमा जुटेका हुन् । 
तीन दलबीच संविधान संशोधन र कार्यान्वयनको विषयमा छलफल भए पनि ठोस निष्कर्षमा भने पुग्न सकेन ।
तीन दलको बैठकमा दाहालले मौखिक रुपमा सीमांकन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वका बारेमा सरकारले गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।
त्यसपछि ओलीले लिखित रुपमा कुन कुन धारामा संशोधन गर्ने हो भन्ने बारेमा स्पष्ट पारेर ल्याउन आग्रह गरेका थिए ।
तीन दलको शीर्षस्थ नेताहरुको बैठकमा उपस्थित माओवादी नेता पुनले भने, “प्रधानमन्त्रीले मधेशी मोर्चाले उठाउँदै आएको सीमांकन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको संख्याको बारेमा आफ्नो प्रस्ताव पेश गर्नुभयो । छलफल सकारात्मक भयो ।”
संविधान संशोधनमा कांग्रेसले ढिलाई गरेको भन्दै रुष्ट रहेको संघीय गठबन्धनले बुधबार साँझ नेपाली कांग्रेससँग यसबारेमा जवाफ मागेको थियो । बैठकमा गठबन्धनका नेताहरुले प्रधानमन्त्रीले आज, भोली भन्दा भन्दै सरकारका १ सय दिनमा पनि संविधान संशोधन प्रस्ताव दर्ता नगराएको र यसले कांग्रेस र माओवादीसँग विश्वास गुम्दै गएको बताएका थिए । उनीहरुले यसबारेमा कांग्रेसको वास्तविक धारणा मागेका थिए । जवाफा कांग्रेस सभापति देउवाले कांग्रेस संविधान संशोधनकै पक्षमा रहेको र आफूलाई विश्वास गर्न आग्रह गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए । 
कांग्रेसको बैठकमा गठबन्धन संयोजक उपेन्द्र यादवले कांग्रेसको विश्वासमा आफूहरु रहेको तर कांग्रेसले पनि धोका दिएको गुनासो गरेका थिए । गबन्धनका नेताहरुले अहिले एमाले तयार हुँदैन भने संविधान संशोधनको प्रस्ताव पहिले दर्ता गरेर पछि एमालेसँग छलफल गर्न सुझाव दिएको झाले बताए ।  
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर २, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्