site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । निर्यातको तुलनामा आयात बढेपछि चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा व्यापार घाटा सवा ६ खर्ब रुपैयाँ पुगेको छ ।
 
चालु आवको  जेठसम्म भारत, चीन र तेस्रो मुलुकसँगको व्यापार घाटा ६ खर्ब २२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १.६ प्रतिशत बढी हो । अघिल्लो आवको ११ महिनामा व्यापार घाटा ६ खर्ब १२ अर्ब ८६ करोड रुपैयाँ थियो । चालु आवको जेठसम्म निर्यात व्यापार २० प्रतिशत घटेर ६२ अर्ब १५ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा ७७ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निकासी भएको थियो । कुल आयात ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा आयात सामान्य घटेको छ । 
 
कुल व्यापारमा आयातको हिस्सा ९१.७ र निकासीको ८.३ प्रतिशत छ । वर्षेनी निकासी आयातबीचको खाडल बढ्दै गएको छ । भारतसँगको व्यापार ६२, चीनसँग १६.४ र तेस्रो मुलुकसँग २१.६ प्रतिशत छ । 
 
चालु आवमा भारतबाट आयात ३.८ प्रतिशतले घटेर ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । यस्तै चीनबाट आयात १२ प्रतिशतले वृद्धि भई १ खर्ब अर्ब ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिलो आवको सोही अवधिमा ९० अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 
 
तेस्रो मुलुकबाट हुने आयातमा सामान्य गिरावट आएको छ । जेठसम्म १ खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा आयात १ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ थियो ।  
 
यस्तै चालु आवको जेठसम्म भारततर्फको निकासीमा ३१.८ प्रतिशत भारी गिरावट आएर ३४ अर्ब ८७ करोड पुगेको छ । गत आवमा ५१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चीनतर्फको निकासी पनि ३०.४ प्रतिशतले घटेर १५ अर्ब २ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निकासी २१ अर्ब ५८ करोड रुपैयाँ थियो । तेस्रो मुलुकमा हुने निकासी व्यापार ४.९ प्रतिशत बढेर २५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २४ अर्ब ५६ करोड रुपैयाँ थियो ।
 
नेपाल उद्योग वाणिज्य महासंघले निकासी व्यापार १ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको थियो । १ वर्ष ९१ अर्ब रुपैयाँ पुगेकोमा त्यसपछि क्रमश घट्दै गएको छ । भारतले ६ महिना नाकावन्दी गरेपछि व्यापार ठप्प भएको थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC